काठमाडौं- उपत्यकाका असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला ? ५० हजारदेखि १ लाखसम्म । हाम्रो अनुमान यही हुन्छ । चल्तीको दर पनि यही हाराहारी छ ।
तर, असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र छ । पाटन दरबार स्क्वायर क्षेत्रमा गुठी संस्थानका दर्जनभन्दा बढी घर छन् । असन क्षेत्रमा पनि त्यत्तिकै संख्यामा रहेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको संस्थानका मुख्य प्रशासक नारायण चौधरीले जानकारी दिए ।
व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले पनि पाटन दरबार स्क्वायर क्षेत्रमा घरको भाडा अहिले पनि २५ रुपैयाँसम्म रहेकाले सम्झाइबुझाइ गरेर पनि प्रचलित कानुनअनुसार भाडा लिनुपर्ने बताए ।
राणाकै पालामा 'बहाल बुझाएसम्म सन्तान, दरसन्तानसम्म भोगचलन गर्नू' भन्ने लेखिदिएकै भरमा उनीहरूले भोगचलन गर्दै आएका छन् । त्यसवापत संस्थानलाई मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म भाडा बुझाउने गरेको संस्थानका सहप्रशासक हेमराज सुवेदीले जानकारी दिए ।
'हामीले पटकपटक समयसापेक्ष रूपमा भाडा दिनुपर्छ भनेका छौं,' उनले नागरिकसँग भने, 'उहाँहरू संगठित हुनुहुन्छ । आफ्नै अडान राखेर सहमतिमा आउनै चाहनुहुन्न ।'
उनका अनुसार त्यहाँबाट घर हेरी ६, १०, १५, २५ रुपैयाँसम्म संस्थानलाई उठ्ने गरेको छ । तर, कतिपय सटरमा व्यापार गर्नेले भने अहिले चलनचल्तीमा रहेको भाडा बुझाएका छन् । उनीहरूले बुझाएको रकम कसले उठाउँछ, कहाँ बुझाउँछ भन्नेसम्म पनि जानकारी नभएको चौधरीले बताए ।
'सरकारले अहिले बिरामीलाई औषधि दिँदा पनि विश्वास नगरेर नखाने अवस्था छ,' मन्त्रालयका सचिव रेग्मीले समितिको बैठकमा भने, 'उनीहरूलाई सम्झाएर बुझाएर भाडा दिनुपर्छ भन्ने बनाउनुपर्छ ।'
उनले यस्तै कारणले गुठी संस्थान रूपान्तरण हुन नसकेको उल्लेख गर्दै रूपान्तरण वा खारेज नै अहिलेको आवश्यकता भएको बताए । 'सांस्कृतिक सम्पदा मास्ने भनेको होइन,' रेग्मीले भने, 'तर, काम बाँडफाँट गर्नुपर्ने अवस्था छ ।'
स्रोतका अनुसार गुठी संस्थानलाई बुझाउनुपर्ने भाडा सरकारले बुझाएको छैन ।
विभिन्न स्थानका जग्गा भोगचलन गरेवापतको साढे दुई अर्ब रुपैयाँ सरकारले नै बुझाउन बाँकी छ ।
१२७ मठमन्दिरमा क्षति
संसदको समितिले भूकम्पबाट क्षति भएका गुठी संस्थानअन्तर्गतका ऐतिहासिक धार्मिक, पूरातात्िवक सम्पदाको संरक्षण र पुनर्निर्माणसम्बन्धी आगामी योजनाको सम्बन्धमा छलफल गरेको थियो । समितिको बैठकमा भूमिसुधार मन्त्रालय, पूरातत्व विभाग, गुठी संस्थान लगायतका प्रतिनिधि सहभागी थिए ।
बैठकमा गुठी संस्थानका प्रशासक चौधरीले भूकम्पबाट क्षति भएका सम्पदाको विवरण र संरक्षण योजनाका बारेमा जानकारी गराएका थिए । उनका अनुसार भूकम्पबाट १ सय २७ वटा मठ, मन्दिर, देवदेवीस्थल, सत्तल, पाटी पूर्ण रूपमा क्षति भएका छन् । १ सय ७७ मा आंशिक र १९ वटामा सामान्य क्षति पुगेको छ ।
सबैभन्दा बढी काठमाडौंमा रहेका सम्पदामा क्षति पुगेको छ । काठमाडौंमा मात्र ४३ सम्पदा पूर्ण क्षतिग्रस्त छन् । भक्तपुरमा २१, ललितपुरमा ११, नुवाकोटमा १९, धादिङमा १२ सम्पदामा पूर्ण रूपमा क्षति पुगेको छ । माजु देवल, हनुमानढोका, जंगहिरण्य हेमनारायण, कालमोचन, रातो मच्छिन्द्रनाथ, बुंगमती लगायतका सम्पदा क्षतिग्रस्त छन् ।
क्षतिग्रस्त सम्पदा खोजतलास गरी महत्वपूर्ण र बहुमूल्य सामग्री सुरक्षित राख्ने काम भइरहेको छ । पूरातत्व विभागका महानिर्देशक भेषराज दाहालका अनुसार सम्पदा पुनर्निर्माणमा ८ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
गुठी संस्थानका प्रमुख प्रशासक चौधरीका अनुसार तराईमा ६७ हजार बिघा, पहाड र उपत्यकामा गरी साढे ५ लाख रोपनी जग्गा संस्थानको नाममा रहे पनि भोगचलन गर्न संस्थानले पाएको छैन । 'संस्थानसँग रहेको जग्गा जग्गा हेर्नका लागि मात्र भएको छ, भोग्नका लागि होइन,' उनले भने ।
कतिपय जग्गा भाडामा लगाइएको भए पनि समयमा सरकारले नै भाडा नतिर्दा झनै समस्या परेको छ । तराईमा २ हजार बिघा र पहाड तथा उपत्यकामा ३० हजार रोपनी जग्गामा मात्र मन्दिर, पौवा, बगैंचा रहेका छन् ।
यसैबीच, समितिले गुठी संस्थानअन्तर्गतका क्षतिग्रस्त एवं भत्किएका संरचनाबाट हराएका वस्तुको खोजी कार्य तीव्र पार्दै भत्किन लागेका सम्पदाबाट काम नलाग्ने वस्तु निकाली संरक्षण गर्न भूमिसुधार मन्त्रालय र गुठी संस्थानलाई निर्देशन दिएको छ ।
भूकम्पबाट क्षति भएका गुठी संस्थानअन्तर्गतका सम्पूर्ण धार्मिक पूरातात्िवक सम्पदाको विवरण संकलन कार्यलाई छिटो पूर्णता दिई विवरणको यकिन सुची तयार पार्ने र तिनीहरूको सही वर्गीकरण गरी मर्मतसम्भार गरेर संरक्षण गर्न सकिने खालका सम्पदालाई शीघ्र मर्मत गर्न निर्देशन दिएको छ ।
नेपाल सरकारले पुनर्निर्माणका लागि छुट्टै कोष खडा गर्न उपयुक्त देखिएकाले सांस्कृतिक, धार्मिक, पूरातात्विक सम्पदा पुनर्निर्माणका लागि 'स्मारक संरक्षण कोष' खडा गर्न सरकारलाई निर्देशन दिएको छ ।