बिहीबार साँझ अपहरणमा परेकी बालिकाको २४ घण्टा पश्चात उद्धार भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौक निवासी ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि मण्डल शुक्रबार साँझ भेटिएकी छिन्।
विदेह नगरपालिका ८ बफैयबाट बालिका भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार बालिकाको बुवा जनकपुर पुलचोकस्थित डेरा गरी पूरा परिवार सँगै बस्दै आएका छन्। सोही घरमा भाडा लिएर बस्दै गरेका कमला नगरपालिका ८ का गंगाप्रसाद दासका छोरा अभिषेक दासले अपहरण गरी लागेको अनुसन्धानबाट खुलेको छ।
उनका अनुसार घटनामा संलग्नता देखिएको पाँच जनालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान बनाइरहेको छ। बालिकाको मेडिकल जाँचपछि आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ।