कलैया उपमहानगरपालिकाको एक वडाध्यक्षलाई बारा प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
बैंकिङ्ग कसुर मुद्दामा कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जैसवाललाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले वडाध्यक्ष जैसवालले सिद्धार्थ बैंकको २० लाख, १० लाख र ८ लाख गरी तीन वटा चेकबाट ३८ लाख रुपैयाँ भुक्तानी गरेको तर पीडितले महिनौदेखि रकम नपाएको उजुरीको आधारमा अनुसन्धान गर्दा उनले बैंकिङ्ग कसुर गरेको भेटिएपछि पक्राउ गरिएको बताए।
वडाध्यक्ष जैसवाललाई थप अनुसन्धान गर्न उच्च अदालत जनकपुरको वीरगन्ज ईजलाशबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थापाले बताए।
पक्राउ परेका जैसवाल एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।