भूकम्पपीडितलाई नयाँ घरको आशा
०८ जेष्ठ २०७२
•
८ मिनेट पाठ
भूकम्पपीडितलाई नयाँ घरको आशा
इलाम/पाँचथर/ताप्लेजुङ- स्थानीय प्रशासनले 'हचुवाका भरमा राहत नदिने' बताइरहे पनि मेची पहाडका सयौं भूकम्पपीडितले नयाँ घरको आश गरेका छन्। दुई शक्तिशाली भूकम्पले पूर्णरुपमा घर क्षति भएका पीडितले सरकारबाट सहुलियतमा ऋण पाउने आशा राख्दै नयाँ घर चाहेका हुन्।बेनुपराज भट्टराई/गिरिराज बास्कोटा/खगेन्द्र अधिकारीसरकारले अति प्रभावित क्षेत्रलाई मात्रै प्राथमिकता दिन नहुने भन्दै बस्नै नहुने घर भएका पूर्वका पीडितलाई पनि नयाँ घर निर्माणमा प्राथमिकता दिनुपर्ने माग गरेका हुन्।

जिल्लास्थित दैवी प्रकोप उद्दार समितिका अनुसार, इलाम, पाँचथर र ताप्लेजुङमा वैशाख १२ यताका भूकम्पले झण्डै चार सय घर बस्नै नमिल्ने गरी चर्के–भत्केका छन्। इलाममा ३ सय १३, पाँचथरमा २९ र ताप्लेजुङमा ५५ घर भूकम्पले पूर्ण क्षतिग्रस्त छन्। घर भत्किएपछि मानिसहरु त्रिपाल र अर्काको घरमा आश्रित जीवन बिताउँदैछन्। भूकम्पले आंशिक क्षति पुगेर डराउँदै बस्नुपर्ने घरको संख्या त्यसको धेरै गुणा बढी छ।

भूकम्पले अति प्रभावित राजधानी र आसपास जिल्लामा मात्र राहत केन्द्रित भइरहेको अवस्थामा मेची पहाडका पीडितले '२०६८ असोजको भूकम्पमा समेत चित्तबुझ्दो राहत नपाएको' गुनासो गर्दै यसपल्ट त्रिपाल, भाँडाकुँडा र लुगाफाटोमा सीमित गर्न नहुने बताइरहेका छन्। पटक–पटकको भूकम्पीय धक्काले घर बस्न नहुने भएपछि तत्काल पुननिर्माण गर्न स्रोत नभएको र सरकारले सहुलियतमा ऋण दिँदै सघाउनुपर्ने उनीहरुको माग छ।

भूकम्पपीडितका लागि राहतस्वरुप देश विदेशबाट नगद तथा जिन्सी सामग्री उपलव्ध हुनेक्रम कायमै रहेको अवस्थामा धेरैले 'चित्तबुझ्दो राहत पाउने' आशा राखेका छन्। जिल्लास्थित दैवीप्रकोप उद्दार समितिले क्षतिग्रस्त घरको फोटो हेरेर र स्थलगत निरीक्षण गरेर मात्र राहतका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने तयारी गरिरहँदा भूकम्पपीडितले 'नयाँ घर बनाउनसक्ने खालको' राहत मागिदिन पनि सरोकारवालालाई गुहार्दैछन्।

समितिका अध्यक्ष तथा इलामका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल भूकम्पपीडितको लगत संकलन गरी राहतका लागि केन्द्रमा सिफारिस गर्ने र जे उपलव्ध हुन्छ, त्यो पारदर्शी वितरण गर्ने बताउँछन्। 'हामीले पीडितको अवस्था खुल्ने गरी क्षतिको विवरण समेटेर राहतका लागि सिफारिस गर्ने हो,' दाहालले बिहीबार नागरिकन्युजसँग भने, 'केन्द्रबाट जे जति उपलब्ध हुन्छ। क्षतिका आधारमा पीडितलाई त्यो वितरण गछौं।'

पाँचथरका भूकम्पपीडितले 'सरकारको आँखा आफ्नो क्षेत्रमा नपरेको' गुनासो गर्दै बस्नै नहुने घर भएका पीडितलाई जतिसक्दो चाँडो नयाँ घरमा निर्माण गर्ने कार्यमा सघाउन आग्रह गरेका छन्। सरकारले भूकम्पीय क्षतिको बास्तविक अध्ययन गरी त्यसैका आधारमा सन्तोषजनक राहत दिनुपर्ने र दीर्घकालीन प्याकेजका कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ। पाँचथरमा धेरैवटा घर 'बस्न नमिल्ने' अवस्थामा पुगेका छन्।

भूकम्पले घर पूर्ण क्षति भएका परिवारलाई पाँच हजार रुपैयाँ र त्रिपाल दिईंदैछ भने बस्नै नहुने गरी क्षति भएका परिवारलाई तीन हजार रुपैयाँ र त्रिपाल दिइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए। 'स्थानीयवासी, प्रहरी र गाविस कार्यालयको विवरणका आधारमा गाउँ पुगेरै राहत दिइएको हो,' कँडेल भन्छन्, 'पीडित धेरैले नयाँ घरको आश गरे पनि दुई सय ४९ पहिलो चरणमा सामान्य राहत दिइएको छ।'

ताप्लेजुङ कालिखोलाका भूकम्पपीडित शुकराज बेघा सरकारले धेरै केही नदिए पनि नयाँ घर बनाउन निब्र्याजी ऋण दियोस् भन्ने पक्षमा छन्। वैशाख १२ को भूकम्पले लच्किएको उनको घर वैशाख २९ को अर्को भूकम्पले लडेको छ। क्षतिको विवरण टिपाउन छिमेकीसँगै दुई दिन हिँडेर ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनी भन्छन्, 'सोच्दै नसोचेको विपत्ति आइलाग्यो, आफूसँग सम्पति छैन, सरकारले नयाँ घर बनाइदियोस्।'

सरकारी निकायको ध्यान बढी प्रभावित क्षेत्रमा केन्द्रित हुँदा आफूजस्ता घर भत्किनेको बिल्लीबाठ हुन लागेको दुःखेसो गर्दै ताप्लेजुङकै खोक्लिङ– ८ का तुलाराम मेन्याङवोले पनि नयाँ घरको आश गरेका छन्। भूकम्पले दुई तले कच्ची घर लड्न लागे पनि उनको परिवार त्यहँ आश्रित छ। मेन्याङ्वो भन्छन्, 'भागेर कहाँ जानू र अर्काकोमा कति दिन सुत्नु? सरकारले नयाँ घर बनाइदिने ग्यारेन्टी नगरेसम्म यहीँ बसिरहन्छु।'

ताप्लेजुङकै लेलेप–६ का तेञ्जिङ शेर्पाको तीन तले घर पनि तत्काल बस्न नहुने अवस्थामा छ। गल्र्याम्म लडेको छैन तर जुनसुकै बेला लड्नसक्ने देखिन्छ। तर, दैवी प्रकोप उद्दार समितिको अनुगमनमा उनको घर 'आशिंक क्षति'को सूचीमा मात्रै परेको छ। शेर्पा भन्छन्, 'छँदा खाँदाको घरबाट परिवारै विस्थापित छौं, सरकारले नयाँ घर नबनाइदिएसम्म खेतीपाती सम्हालेर गरिखानसक्ने उपाय छैन, यसमा ढिलाई गर्नुहुँदैन।'

प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाका अनुसार, भूकम्पले ताप्लेजुङमा बिहिवारसम्म एक हजार ७० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ। फर्जी तथ्याङ्क आउन नदिन विवरण संकलन गर्दा क्षति भएको भौतिक संरचनाको फोटो समेत अनिवार्य गरिएको छ। कोइराला भन्छन्, 'ताप्लेजुङमा ८-१० घरको क्षति भेरिफाइ हुन बाँकी छ, ५५ घरमा चाहिँ बस्नै नमिल्ने गरी क्षति भएको पक्कापक्की हो।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस