पाल्पा-म्याग्दीमा पहाड खसेर कालीगण्डकी थुनिए पछि आठ जिल्लाका नदी किनाराका बस्ती खतरामा परेका छन्। गृह मन्त्रालयले आठ जिल्लामा उच्च सतर्क रहन सर्कुलर गरेको छ। पहिरोले नदी थुनिएर जलासय बनेको छ। थुनिएको गण्डकीको जलासय फुटेर जुनसुकै बेला बाढी आउन सक्नेभन्दै नदी किनाराका बस्ती खालि गरिएको छ।सुरक्षाकर्मीले म्याग्दी सदरमुकाम बेनीबजार खाली गराउन आग्रह गर्दै माइकिङ गरेको त्यहाँबाट बिष्णु शर्माले ट्विटरमा लेखेका छन्। स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेनी बजारमा मानिसहरूलाई उच्च सतर्कमा रहन भनिएको छ। स्थानीय प्रशासनले त्यहाँ नबस्न भनेको सेतीबेनीकी लिजता न्यैपानेले नागरिकन्युजलाई टेलिफोनमा बताइन्। उनले भनिन, ‘नदी सानो छ। पानी घटेर बगर देखिएको छ। हामी के गर्ने भन्ने अन्योलमा छौं। कालीगण्डकी थुनिँदाको असर म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी जिल्लामा पर्ने भन्दै गृहले ‘हाइ एलर्ट’मा रहन भनेको स्थानीय प्रहरीले जनाएको छ।
नदी किनार वरपरका बासिन्दा अग्लो ठाउँमा सुरक्षित रहनु उपयुक्त हुने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख सुमनकुमार तिम्सिनाले बताए। उनले पाल्पाका जोखिम बस्तिहरूमा खबर गर्ने काम सुरू भएको र नदी किनाराका सबैलाई सतर्क रहन भनिएको बताए। पाल्पाका प्रहरी प्रमुख तिम्मिसिनाले गाउँ नै सार्नु पर्ने अवस्था रहेमा सतर्क रहेको बताए।
राती तीन बजे आफूलाई सर्कुलर आएको भन्दै पाल्पाका विभिन्न जोखिम बस्तिहरूमा प्रहरी परिचालन गरिएको उनले बताए । 'निकै जोखिम बढ्यो भने थप सुरक्षाकर्मी, सेना सबै गएर गाउँ खालि गर्नु पर्ने अवस्था पनि आउन सक्छ,' उनले भने ।