काठमाडौं– आध्यात्मिक संस्था हेभेन्ली पाथले गत बैशाख १२ गते नेपालमा आएको बिनाशकारी महाभूकम्प प्रभावित जिल्लामा राहत वितरण अभियान संचालन गरेको छ। हिज होलीनेस मास्टर गड्यान्जलको नेतृत्वमा हेभेन्ली पाथले भुकम्प प्रभावित क्षेत्रमा ४५ लाख भन्दा बढीको राहत वितरण गरेको हो।हेभेन्ली पाथले थप २० लाख बराबरको राहात वितरणको तयारी गरेको जनाएको छ। हेभेन्ली पाथले बैशाख १४ गते देखि नै गोरखा, सिन्दुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, रसुवा, रामेछाप र ओखलढुङ्गाका दुर्गम स्थानमा पुनस्थापना कार्यक्रम संचालन गरेको हो।
हेभेन्ली पाथका हिज होलीनेस मास्टर गड्यान्जलले देश दुखिरहेको समयमा निस्वार्थ सेवा भावले राहत वितरण र पुनस्थपनामा जुटन आफ्ना अनुयायीलाई आग्रह गरेको बताए। ...यो घडीमा सबैले प्रेमभाव, करुणा भावका साथ सहयोगी हात अगाडी बढाउन आग्रह गर्दछु,' उनले भने।
हेभेन्ली पाथका प्रणेता समेत रहेका हिज होलीनेस मास्टर गड्यान्जलले सबै धर्मका धर्मगुरुको सहभागितामा सर्वधर्म पूजा गरिने बताए। उनले भूकम्प प्रभावित कुनै ठाउमा राहत नपुगेको थाहा भए, आफू राहत लिएर सो ठाउमा जाने बताए।
उद्धार टोलीले रसुवाको अति प्रभावित रसुवाको अति प्रभावित गाबिस हाकुको मैलुङ, गोगने र तिरु गाउमा पीडितलाई शव उत्खलन तथा दाह संस्कारमा सहयोग गरेको थियो। यस्तै काभ्रेको बालुवापाटी गाबिसमा धरापमा रहेका घर भत्काउन र पुरिएका अन्नपात निकाल्न मद्दत गरेको थियो।