काठमाडौं-वैशाख १२ को शक्तिशाली भूकम्प र लगातार अनुकम्पनबाट असुरक्षित महसुस गर्दै राजधानीबाट १० लाखभन्दा बढी बाहिरिए पनि यही कारण आश्रयविहीन भएका अति प्रभावित विभिन्न जिल्लाका करिब ४ हजार विस्थापित राजधानीमा आश्रय लिइरहेका छन्।अनुकम्पनको शृंखला नरोकिएपछि सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा बास गुमाएकाहरू गाउँका गाउँ उठेर उपत्यका छिरेका थिए। उनीहरू काठमाडौं, भक्तपुर र ललितपुरका खुला स्थानमा अस्थायी शिविर बनाएर बसिरहेका छन्। यस्ता अधिकांश शिविर सरकारी जग्गामा बनाइएका छन्। नदीकिनारका जग्गा र निजी जग्गामा समेत अस्थायी शिविर थपिने क्रम बढ्दो छ।
सरकारले उपत्यकाकै भूकम्प प्रभावितका लागि तोकेका १६ अस्थायी शिविर भने अधिकांश रित्तो भइसकेका छन्। तीनै जिल्लाका खुला स्थानमा आएर बस्नेको संख्या भने चढ्दो छ। महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्यांकअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा सिन्धुपाल्चोक, रसुवा र नुवाकोटका घरविहीनको २१ वटा अस्थायी क्याम्प बसिसकेका छन्। त्यहाँ अहिलेसम्म ३ हजार ९ सय ५९ जना बसिसकेको आयुक्त कार्यालयको तथ्यांक छ।
‘भूकम्पपछिको अनुकम्पन नरोकिँदै दैनिक काठमाडौं भित्रिने प्रभावितको संख्या बढ्दो छ,' आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले नागरिकसँग भने, ‘अहिले सिन्धुपाल्चोक, रसुवा र नुवाकोटबाट आउनेको संख्या बढी छ।'
विभिन्न जिल्लाबाट उपत्यका छिर्नेमध्ये सिन्धुपाल्चोकका सबैभन्दा बढी छन्। सिन्धुपाल्चोक, रसुवा र नुवाकोटबाट आएका २ हजार ३ सय ७१ जना १२ स्थानमा अस्थायी शिविर बनाएर बसेका छन्। तीमध्ये १० वटा शिविरमा सिन्धुपाल्चोकका बढी छन्।
काठमाडौं, डाँछीस्थित सरकारी चौरमा मात्रै सिन्धुपाल्चोकका ४ सय जना अस्थायी शिविर बनाएर बसेका छन्। त्यहाँ केही दोलखाबाट आएका पनि छन्। काठमाडौंकै गुह्ेश्वरीको नौतलेचौर, बौद्ध टाउनप्लानिङ, थलीचौर मिलनचोक, मनोहरा, गोकर्णेश्वरको जगडोल र नयाँपाटीस्थित डिचिङ गुम्बा र नाम्गेलमा सिन्धुपाल्चोकबाट आएका विस्थापित छन्। गोकर्ण नाम्गेलपछाडि नुवाकोटबाट आएका ३७ जना र पहेंलो गुम्बा, नाम्गेलमा रसुवाबाट आएका २ सय ३८ भूकम्प प्रभावित छन्।
भक्तपुरका ८ स्थानमा सिन्धुपाल्चोकबाट आएका पीडित बसिरहेका छन्। आयुक्त कार्यालयका अनुसार भक्तपुर, बोडे एकै ठाउँमा १ हजार १ सय ४ जना सिन्धुपाल्चोकवासी छन्।
भक्तपुरकै चाँगुनारायण नगरपालिका ११ र १४ वडा र लिंगेश्वर, बालकोटमा एक स्थानीयको प्लटिङ जग्गा, सल्लाघारी, कलेज बिहार भिकेटार, चाँगुनारायाणमा रहेको माया बस्नेतको जग्गा र गोपाल भँडेलको जग्गामा समेत सिन्धुपाल्चोकबाट विस्थापित अस्थायी शिविर बनाएर बसेका छन्। भँडेलको जग्गामा बसेका ४० जना पीडितले भने जग्गा भाडामा लिएका हुन्। ललितपुर उपमहानगरपालिका–१४, रानीबुमा सिन्धुपाल्चोकका ४१ जना छन्।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका आएर बसेकाहरुको लगत लिने र उनीहरु वास्तविक पीडित हुन्/होइनन् अनुगमन सुरु भइसकेको जानकारी दिए। उनले आफूखुसी उपत्यका भित्रिएका वास्तविक पीडितको पहिचानपछि जिल्ला फर्काएर त्यतै बसोबासको प्रबन्ध गर्ने पनि जनाए।
‘उपत्यकामा बिस्तारै बाहिरी जिल्लाबाट आएर बस्ने क्रम बढेको देखिन्छ,' उनले भने, ‘यसरी आएकाहरु पीडित हुन्/होइनन्, पहिचान गरेर नक्कलीलाई हटाउने, वास्तविकलाई जिल्ला फर्काउनेछांै।'
अनुकम्पन नरोकिएपछि उपत्यकाका निजी तथा खाली जग्गामा त्रिपालको संख्या बढ्दो छ। तोकिएका १६ सरकारी शिविर भने अधिकांश रित्ता छन्। वैशाख १२ को भूकम्पलगत्तै विस्थापितलाई राख्न केन्द्रीय दैवीप्रकोप उद्धार समितिले उपत्यकामा १६ वटा शिविर तोकेको थियो।
ती शिविर राजधानीको टँुडिखेल, दशरथ रंगशाला, कीर्तिपुर, सानोगौचरन, नारायणचौर, शंखपार्क, हलचोक, बलम्बु, सिनामंगल, सिनामंगल, जावलाखेल, खुमलटार, सेन्टजेभियर्स स्कुल, पुल्चोक इन्जिनियरिङ कलेज, भक्तपुरका तीनकुने सल्लाघारी, दरबार स्क्वायर र सरस्वती मावि, कमलविनायकमा छन्।
सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बल हलचोकमा खोलिएका शिविर त बन्दै भइसके। सरकारी शिविरमध्ये टुँडिखेल, नारायणचौर, दशरथ रंगशालाका शिविरमा रहेका पालमुनि भूकम्प प्रभावित देखिए पनि अन्य शिविर अहिले सुनसान भइसकेका छन्।
प्रहरी तथ्यांकमा उपत्यकाका शिविरमा बस्नेहरुको संख्याका आधारमा चुच्चेपाटीको ह्यात होटल चौरको शिविर सबैभन्दा ठूलो हो। ह्यातको पर्खाल भत्किएपछि प्रभावितहरु आफैं त्यहाँ बस्न थालेका थिए। सरकारले नतोके पनि उक्त शिविरमा अहिले पनि २ हजारभन्दा बढी आश्रित छन्। एआइजी शर्माका अनुसार उपत्यकाका सरकारी र पीडित आफैं बसेका स्थानमा रहेकाहरुको संख्या २ लाख ५० हजार हाराहारी छ।
‘शिविरमा रहेकाहरुको संख्याका आधारमा ह्यात चौरको शिविर ठूलो हो,' एआइजी शर्माले भने, ‘सरकारी शिविर प्राय खाली भइसकेे, चोक–चोकमा बसेकाहरुको संख्या अझै गणना हुन बाँकी छ।'
भूकम्पबाट ६ लाख विस्थापित भएको अनुमान गरे पनि गृह मन्त्रालयले कहाँ, कति बसेका छन् भन्ने एकीकृत तथ्यांक भने राखेको छैन। आफैं शिविरमा बसेकाको संख्या मात्र होइन, सरकारी शिविरमै बसिरहेकाहरुमा पनि वास्तविक पीडित कति छन्, मन्त्रालयसँग त्यसको रेकर्ड छैन।
शिविरहरु खुला स्थानमा कुनै सुरक्षा घेराबिनाका छन्। प्रहरीले समय मिलाएर गस्ती गर्ने गरे पनि त्यहाँ कुनै सुरक्षा प्रबन्ध छैन। अस्थायी शिविर बिस्तारै सुरक्षा चुनौती बन्दै गएको सुरक्षा अधिकारी बताउँछन्। ठूलो संख्या एकै स्थानमा बस्ने र महिला र पुरुषको शिविर नछुट्टिँदा महिला र साना बालबालिका जोखिममा रहेको उनीहरुको विश्लेषण छ।
प्रहरी कार्यालयसम्म आइपुगेका घटना विवरणअनुसार पनि शिविरहरुमा बलात्कार, यौन उत्पीडन र चोरीजस्ता आपराधिक घटना बढेको देखिन्छ। महानगरीय प्रहरी कार्यालयको वैशाख १३ देखि जेठ १० सम्म उपत्यकामा ८९ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् जसमा चोरी र बलात्कारका घटनासमेत छन्।
वैशाख १२ पछि काठमाडौंमा ५ वटा बलात्कार घटना भएका छन्। जेठ १२ मा प्रहरीले ५ वर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा जोरपाटीका सन्तोष घिमिरे पक्राउ परे। जेठ ३ मा टुँडिखेलमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा टुडिँखेल शिविमै आश्रित „ुव भण्डारी पक्राउ परेका थिए। भण्डारीमाथि दिउँसै एक महिलाको टेन्ट प्रवेश गरेर बलात्कार प्रयास गरेको आरोप छ।
काठमाडौं, नयाँबजारमा जेठ ४ गते ५ वर्षीया बालिका बलात्कार आरोपमा स्थानीय राकेश महर्जन पक्राउ परेका थिए। यसैगरी, पाँच वर्षीया बालिकालाई अश्लील चलचित्र देखाएर बलात्कार प्रयास गरेको आरोपमा वैशाख १७ गते मा दुई जना किशोर पक्राउ परेका थिए। भूकम्पको त्रासले सुनसान घरमा एक्लै रहेकी एक महिलालाई बलात्कार प्रयास गर्दा महाराजगन्जमा सुजित मानन्धर पक्राउ परेका थिए।
अस्थायी शिविरमा पछिल्लो समय चोरीका घटनासमेत बढेका छन्। बेलुका अपरिचितहरु शिविरमा आएर टेन्ट च्याएर हेर्ने, शौचालय जाँदा पछि लाग्ने, संवेदनशील अंग छुनेलगायत गतिविधि हुने गरेका गुनासा प्रहरी कार्यालय आउने क्रम पनि बढ्दो छ।
एआइजी शर्माले अस्थायी शिविरमा सुरक्षा घेरा बनाई वास्तविक पीडित पहिचान गरी व्यवस्थित नगरिए अस्थायी शिविरले सुरक्षा चुनौती बढाउने बताए। ‘सादा पोसाकमा प्रहरी खटाउने र नियमित गस्ती गरिरहे पनि सुरक्षा घेरा अभावमा जो पनि सहजै शिविरमा जान सक्ने हुँदा समस्या आइरहेको छ,' उनले भने, ‘महिला र पुरुषका लागि निश्चित स्थान तोकेर निश्चित व्यक्ति, तोकिएको समयभित्र मात्रै प्रवेश गर्न सक्ने प्रबन्ध नगर्ने हो भने समस्या बढ्छ।'
गृहप्रवक्ता ढकाल शिविर सुरक्षालाई प्राथमिकता दिन प्रहरीलाई बेलैमा निर्देशन दिइएकाले आपराधिक गतिविधि नियन्त्रणमा रहेको बताउँछन्। शिविर अनुगमन गरी वास्तविकलाई सुरक्षित शिविरमा राख्ने र त्रासले बसेकालाई घर फर्कन प्रोत्साहित गरिने पनि उनले जानकारी दिए।
‘घरबास गुमाएर बस्ने ठाउँ नै नभएका हुन् या त्रासले आएर बसेका हुन् भन्ने विवरण राख्ने काम सुरु भइसकेको छ,' ढकालले नागरिकसँग भने, ‘तथ्यांक संकलन काम सकिएपछि वास्तविक पीडितलाई शिविरमा सुरक्षित रुपमा राख्ने काम सुरु गर्नेछौं।'

सिन्धुपाल्चोकका बढी

सरकारी क्याम्प रित्तो

महिला र बालबालिका जोखिममा