हराउँदै दुधकोसी बेसिनका हिमनदी
१३ जेष्ठ २०७२
•
५ मिनेट पाठ
हराउँदै दुधकोसी बेसिनका हिमनदी
काठमाडौं-तापक्रम बढ्ने क्रम नरोकिए सन् २१०० सम्म सगरमाथा क्षेत्रका ७० देखि ९९ प्रतिशतसम्म हिमनदी हराउन सक्ने पछिल्लो एक अध्ययनले देखाएको छ। अध्ययनले तापक्रमका कारण हिमनदीका हिउँ पग्लिन्छन् र हराउँछन् भनेको छ।बुधबार ‘दि क्राइसफेयर' साइन्स जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनले यसको पुष्टि गरेको छ। इसिमोडका ग्लासियर हाइड्रोलोजिस्ट जोसेफ सेआले नेतृत्व गरेको अनुसन्धानकर्ता समूहले यो तथ्य सार्वजनिक गरेको हो। 

‘हिमनदीहरु परिवर्तन हुँदैछन् भन्ने कुरा स्पष्ट छ। तर हामीले अनुमान गरेको अनुपातमा तापक्रम बढ्ने हो भने धेरै हिमनदी हामीमाझबाट हराउन सक्छन्,' सेआले बुधबार प्रकाशित जर्नलमा उल्लेख गरेका छन्। उनको समूहमा फ्रान्स, नेदरल्यान्ड्स र नेपालका अनुसन्धानकर्ता सम्मिलित छन्। यो समूहले हरित गृह ग्यास कसरी बढिरहेको छ र त्यसले त्यस क्षेत्रको तापक्रम, हिमपात र वर्षामा के फरक पार्छ भन्ने विषयलाई प्रमुख आधार मानेर यो अध्ययन गरेको हो। 

‘हाम्रो निष्कर्षबाट के देखिन्छ भने तापक्रममा हुने परिवर्तनले त्यहाँको हिमनदीलाई धेरै असर गर्छ। यसबाट त्यहाँ सङलिनेभन्दा पग्लिने हिउँको मात्रा बढी हुन्छ,' सेआले भनेका छन्। उनले बढ्दो तापक्रमले हिउँ पग्लिने दर बढ्ने मात्र होइन, हिउँ र पानी पर्ने क्रमसमेत परिवर्तन हुने बताएका छन्। 

‘यसले दुवै हुन्छ, हिमनदीको वृद्धि पनि घटाउँछ र हिम पग्लिने क्षेत्र पनि बढाउँछ,' सेआले भनेका छन्। यो क्षेत्रमा एसियाकै सबैभन्दा बढी हिमनदी र हिउँ भएको मानिन्छ। अनुसन्धानकर्ताको समूहले दुधकोसी नदीको बेसिनका हिमनदीको अध्ययन गरेको हो। यसलाई विश्वकै उच्च हिमशिखरहरुको घर पनि मानिन्छ। यहाँ सर्वोच्च शिखर सगरमाथा छ। यहाँका ४ सय वर्गकिलोमिटर क्षेत्रमा हिमनदी छन्।

अध्ययनमा संलग्न अनुसन्धानकर्ता समज्वल बज्राचार्यले भने, ‘सन् २१०० सम्म ६ हजार मिटरतलका ९९ प्रतिशत हिमनदी हराउँछन्। त्यसमाथिका ७० प्रतिशत हिमनदी हराउन सक्छन् भन्ने अध्ययनको निष्कर्ष हो।'

उनले तापक्रम वृद्धिका कारण हिमनदी हराउने क्रम बढेको बताए। ‘विगतका अध्ययनले समेत यस क्षेत्रमा हरेक वर्ष हिउँको मात्रा घट्दै गएको देखाउँछन्,' बज्राचार्यले भने। उनका अनुसार अध्ययन समूहले सन् २१०० सम्म यस क्षेत्रको तापक्रम ३ दशमलव १ डिग्री सेल्सियसले बढ्ने र पानी पर्ने क्रम २ दशमलव ८ मिलिमिटरले बढ्ने अनुमान गरेको छ। ‘हामीले विगतका तथ्यांक विश्लेषण गरेर यो प्रक्षेपण गरेका हौं,' बज्राचार्यले भने, ‘हाम्रो अध्ययन मोडलले यही प्रक्षेपण गर्छ।'

उनका अघिल्ला अध्ययन अनुसार सन् १९९० मा दुधकोसी बेसिनमा क्षेत्रमा ४५६ वर्गकिलोमिटर हिउँ थियो। सन् २००७ मा यो क्षेत्रफल घटेर ४२७, सन् २०१० मा ३९१ वर्गकिलोमिटरमा झर्योष। तर यो अध्ययनको मोडेलले अहिले पनि ४ सय वर्गकिलोमिटर हिउँ क्षेत्र देखाएको छ। 

‘सन् १९८० देखि २०१० सम्म यस क्षेत्रमा २७ प्रतिशतले हिउँ घटेको छ,' अध्ययनको निष्कर्ष उल्लेख गर्दै बज्राचार्यले भने, ‘हिउँ जम्मा हुनेभन्दा पग्लिने दर बढी देखिएको छ। आम्दानीभन्दा खर्च बढी भएको अवस्था हो।' समग्रमा नेपालमा हिउँको मात्रा सन् १९८० देखि २०१० मा २१ प्रतिशतले घटेको देखिन्छ। 
‘दुधकोसी बेसिन कोसी नदीको पानीको प्रमुख स्रोत हो। यहीँबाट हिउँ पग्लिएर आएको पानी कोसीमा बग्छ, त्यसैले यहाँका हिमनदीमा भएको परिवर्तनले तल्लो तट हुँदै बग्ने कोसी नदीको पानी बहावमा पनि परिवर्तन गर्छ,' टोली नेता सेआले भनेका छन्। हिमनदीमा आएको परिवर्तनले पानीको उपलब्धता कम हुन थालेपछि कृषि र जलविद्युत उत्पादनमा समेत प्रभाव पर्ने सेआको भनाइ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस