काठमाडौं-सरकारले जेठ अन्तिमदेखि पर्यटकका लागि उपत्यकाका सांस्कृतिक सम्पदा खोल्ने भएको छ। महाभूकम्पले बढी मात्रामा क्षति भएका यस्ता क्षेत्र अवलोकनका लागि मात्र खोल्ने तयारी सरकारले गरेको हो।भूकम्पपछि निजी क्षेत्रको पहलमा सरकारले यस्तो तयारी गरेको पुरातत्व विभागले जानकारी दिएको छ। नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा सरोकारवाला, निजी क्षेत्र र नेपाल पर्यटन पुनरुत्थान कमिटीको छलफलपछि सोमबार यस्तो निर्णय भएको हो।
‘हामीसँग सबै सम्पदा कामै नलाग्ने भएका होइनन्,' दाहालले भने, ‘त्यसैले बाँकी रहेकामा जोखिम कम गरेर हेर्न मिल्ने व्यवस्था गर्न लागिएको हो।' उनका अनुसार पशुपति मन्दिर क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र लगायत उपत्यकामा रहेका पर्यटकीय क्षेत्र खोल्ने तयारी गरिएको हो।
‘दरबार क्षेत्रमा रहेका संग्रहालयमा छिर्न दिने कुरा हुँदैन। त्यसबाहेक भग्नावशेषमा पनि उनीहरु प्रवेश गर्न पाउँदैनन्,' उनले भने, ‘खतरा रहेका क्षेत्रमा निषेधको संकेत लेखेर घुम्ने व्यवस्था गरिन्छ।' दाहालले बौद्धनाथ स्तुप, बूढानीलकण्ठ र पशुपति अहिलेकै अवस्थामा पनि पर्यटकका लागि सुरक्षित रहेको बैठकमा बताएका थिए। यही अवस्थामा राखिरहे पर्यटन व्यवसायलाई धक्का पुग्ने महसुस भएकाले खोल्ने तयारी भएको उनले बताए।
अन्तर्राष्ट्रिय मिडिया तथा सेलिबे्रटीलाई यस्ता क्षेत्र घुम्न भनेर अन्य पर्यटक पनि आउने वातावरण तयार गर्न सचिव श्रेष्ठले सुझाएका थिए। पुनरुत्थान कमिटीका प्रवक्ता सुमन पाण्डेले यस्ता क्षेत्रमा पर्यटक खुला गर्ने तयारी सुरु भएको उल्लेख गरे। उनले जोखिम क्षेत्रमा मार्क गरेर पर्यटकलाई हेर्न मिल्ने वातावरण बनाउन लागिएको बताए। ‘अहिले पनि हामीसँग पर्यटकका लागि हेर्ने दृश्य बाँकी छन्, त्यसमाथि भत्किएका क्षेत्रमा पर्यटकलाई पनि हेर्न खुला गर्नुपर्छ,' पाण्डेले भने, ‘क्षतिको अध्ययन भइसकेको छ। त्यसको अवस्था हेर्दा पर्यटकले हेर्न सक्ने थुप्रै क्षेत्र बाँकी रहेको देखिन्छ।'
जेठ ३२ सम्म असुरक्षित क्षेत्रमा पनि सुरक्षा प्रबन्ध गरेर पर्यटकलाई पुर्यारउने तयारी रहेको उनले बताए। ‘भत्किएका क्षेत्र पनि व्यवस्थापन भइरहेका छन्,' उनले भने, ‘विपत्ति आयो भनेर सधैं चुप लाग्न नसकिने हुँदा जतिसक्दो चाँडो खोल्ने तयारी गरिएको हो।'
युनेस्कोले विश्व सम्पदामा सूचीकृत उपत्यकाका सात स्मारकमा महाभूकम्पले परेको असरको एक सातादेखि अध्ययन गरिरहेको छ। अध्ययनपछि क्षति भएका र पुनःनिर्माण आवश्यकता तथा पुनःनिर्माण गर्नुपर्ने स्मारकको भूकम्पीय जोखिम कम तथा प्रवर्द्धनका लागि दीर्घकालीन रणनीति पनि बनाइने युनेस्कोले जनाएको छ।
वैशाख १२ र २९ को विनासकारी भूकम्पले उपत्यकाका मठमन्दिर, पाटीपौवा, सत्तल, दरबार लगायत सम्पदालाई धेरै असर गरेको विभागले बताउँदै आएको छ। काठमाडौं विश्व सम्पदामा सूचीकृत सात स्मारक स्थलमध्ये हनुमानढोका दरबार क्षेत्रमा ९० प्रतिशत क्षति पुगेको विभागको प्रारम्भिक अध्ययनले देखाइसकेको छ। विभागले महाभूकम्पले प्रभावित जिल्लाका ६० भन्दा बढी पुरातात्विक सम्पदा पूर्ण रुपमा क्षति भएको बताइसकेको छ। २ सय ५० भन्दा बढी स्मारकमा आंशिक क्षति भएको छ। भूकम्पले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायत जिल्लाका सम्पदामा बढी असर गरेको छ।