भूकम्पले पाल्पा कारागारमा बिचल्ली
१४ जेष्ठ २०७२
•
५ मिनेट पाठ
भूकम्पले पाल्पा कारागारमा बिचल्ली
पाल्पा–जिल्ला कारागार पाल्पामा भूकम्पको क्षतिले कैदी बन्दी असुरक्षित रूपमा बस्न बाध्य छन्। विक्रम सम्वत् १९८३ मा निर्माण गरिएको कारागार पहिले पनि जीर्ण अवस्थामै थियो। बैशाख १२ र २९ गतेको भूकम्पमा चर्किएर क्षति पुगेपछि अहिले बस्नै नमिल्ने अवस्था रहेको भन्दै कैदी बन्दी र उनीहरुका आफन्तले सुरक्षित ठाउँमा स्थानान्तरणको माग गरेका छन्।कारागारको भवन ३ र ४ पूर्णरूपमा क्षति भएको छ भने अन्य भवनसमेत केही अंश भत्किएको र चर्किएको कारागार प्रशासनले जनाएको छ। कारागारको बन्दी क्षमता १ सय ५० जनाको छ। क्षमताभन्दा दुई गुणा बढी बन्दी छन्। कारागारामा २ सय ८९ जना पुरुष बन्दी असुरक्षित रूपमा बस्न बाध्य छन्। ८५ जना महिला छन्। भत्किन तयार अवस्थाको ढुंगा माटोबाट निर्माण गरिएको दुईतले कच्ची भवनबाट कैदी बन्दी हटाइएको छैन। भूकम्पले क्षति पुर्‍याएपछि बन्दीलाई कहाँ लैजाने भन्ने पिरलो थपिएको कारागार प्रमुख धीरेन्द्रराज पन्तले बताए। महिलाहरुलाई भने नयाँ भवनमा सुरक्षितरूपमा बसोवासको व्यवस्था मिलाइएको उनले बताए।




'पुरुषहरुको भवन पहिले पनि निकै खतरा थियो,' बन्दीका नाइको बिष्णुप्रसाद श्रेष्ठले भने, 'त्यसमा पनि भूकम्पले क्षति पुर्याएपछि कति बेला के हुने हो भन्ने त्रासमा बस्न बाध्य छौं।' कारागारका तीनवटा भवन बस्नै नमिल्नेगरी क्षति भएपछि बन्दीहरूलाई कोचाकोच राखिएको र जुनसुकै बेला भवन भत्किन सक्ने अवस्थामा रहेको नाइके श्रेष्ठले बताए। भूकम्पपछि अहिलेसम्म आफूहरूको अवस्थाबारे बु‰न सारोकारवालाहरु नआएको भन्दै कैदी बन्दीहरुले सुरक्षित बस्न पाउने अधिकार रक्षा गर्न माग गरेका छन्।

सयको संख्यामा कैदीबन्दीका परिवार र आफन्तले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जुटेर प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाएका छन्। उनीहरुले भूकम्प पछि ९० सालमा आम रिहाई गरिएको भन्दै अहिले पनि रिहाइको माग गरेका छन् । भुकम्पले सिंगो देश असुरक्षित भएका बेला आफ्ना आफन्त जोखिमपूर्ण रुपमा बन्दीगृहमा बस्नु परेको भन्दै उनीहरुले आम रिहाइको माग गरेका हुन् ।

देशमा विद्यमान कारागारहरु अत्यन्तै जीर्ण भएको अवस्थामा भूकम्पले ती घरहरु जुनसुकै बेला भत्किन सक्ने अवस्था रहेको भन्दै सरकारले कैदीबन्दीको सुरक्षातर्फ खासै चासो दिन नसकेको उनीहरुको गुनासो छ। ९० सालमा भुकम्पपछि आममाफी दिइएको उदाहरण दिँदै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा प्रस्ताव लैजान आग्रह गरेका छन् । रिहाईको माग र सुरक्षित आवासको मागसहितका विभिन्न नारा लेखिएका प्लेकार्डसहित नाराबाजी गर्दै आफन्तहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । भूकम्पले देशका कैयौं कारागार भवन जीर्ण भएपछि अहिले कैदी बन्दीहरुको आवास व्यवस्थापन देशभरकै चुनौतीको विषय रहेको प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले बताए। उनले माथिल्लो निकायमा यहाँको स्थितिबारे जानकारी गराएको बताए।

यसैबीच इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलसहितको टोलीले कारागारको स्थलगत अनुगमन गरेको छ। कारागारका बन्दीलाई बस्नै नमिल्ने अवस्थाको भवनमा जबरजस्ती असुरक्षित रुपमा राखिएको संयोजक खकुरेलले बताए। 'कैदीबन्दीहरूलाई तत्काल अन्यत्र सुरक्षितरूपमा बसोवासको व्यवस्था मिलाउनु पर्ने देखियो,' खकुरेलले भने, 'हामीले कारागारमा निकै जोखिम देखेका छौं।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस