काठमाडौं-वन मन्त्रालयले सामुदायिक वनबाट अधिकतम काठ निकाल्न र भूकम्पले भत्काएका घरका पुराना काठ सहजै ओसारपसार गर्न दिने भएको छ। भूकम्पमा भत्किएका घर पुनःनिर्माणलाई सहज बनाउन मन्त्रालयले यी व्यवस्था गर्न लागेको हो।‘हामीले यी दुई व्यवस्थालाई सरलीकृत गर्दैछांै,' वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले भने, ‘हामी निर्णय प्रक्रियामा छौं। छलफल भइरहेको छ।' उनले भूकम्प पीडितको माग तत्काल सम्बोधन हुने गरी झन्झटिला प्रक्रिया सरलीकृत गर्न लागेको जानकारी दिए।
आचार्यका अनुसार अहिले सामुदायिक वनको वार्षिक वृद्धिदरका आधारमा अहिले पचासदेखि साठी प्रतिशत काठ निकाल्न पाइने व्यवस्था छ। यसलाई बढाएर शतप्रतिशत निकाल्न पाइने व्यवस्थाको तयारी भइरहेको छ। यसैगरी पुराना काठ ओसारपसार गर्ने प्रक्रिया पनि त्यत्तिकै झन्झटिलो छ। मन्त्रालयले यसलाई पनि सरलीकृत गरिरहेको छ।
यता, वन विभागले पनि काठ तत्काल उपलब्ध गराउन देखिएका नीतिगत र प्रक्रियागत व्यवधान हटाउन मन्त्रालयलाई आग्रह गरेको छ। आवश्यक मात्राका काठ उपलब्ध गराउन नीतिगत व्यवधान धेरै भएको उल्लेख गर्दै विभागले नीति, नियम र प्रक्रिया सरल बनाइदिन आग्रह गरेको हो।
‘छिटो काठ उपलब्ध गराउन सकिने प्रक्रिया उल्लेख गरेर विस्तृत खाका मन्त्रालयमा पठाएका छांै,' वन विभागका महानिर्देशक राजन पोखरेलले भने। तीन दिनअघि खाका मन्त्रालयमा पठाएको उनले जानकारी दिए। बिहीबारदेखि यसमा छलफल भइरहेको छ।
पोखरेलले काठ आपूर्ति तत्काल सहज बनाइएन भने फडानीको सम्भावना बढ्ने बताए। ‘काठ संकलन र आपूर्तिका व्यवधान तत्काल हटाएनांै भने वन फडानी हुनसक्छ। अहिले नै सर्वसाधारण जंगल पस्न थालेका छन्,' पोखरेलले भने।
विभागले पाँच लाख नयाँ घरलाई आधार मानेको छ। चर्किएका घर पनि त्यत्तिकै छन्। उनका अनुसार भत्किएका घरलाई ५० क्युबिक फिट र चर्किएकालाई ३० क्युबिक फिट काट दिँदा कम्तीमा ३ करोड क्युबिक फिट काठ लाग्छ।
‘यो हामीले न्यूनतम मापदण्ड राखेका हौं। योभन्दा धेरै काठ लाग्न सक्छ,' पोखरेल भन्छन्। उनले आवश्यक काठ आपूर्तिका लागि राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी, निजी वन लगायत सबैबाट काठ निकाल्नुपर्ने बताए।
पोखरेलले हालको व्यवस्था अनुसार जेठ १५ पछि वनजंगलबाट काठ संकलनको अनुमति दिन पाइँदैन। जेठ मसान्तपछि त जंगल छिर्न नपाइने व्यवस्था छ।
‘यस्ता व्यवस्थाले गर्दा पनि पीडितलाई तत्काल काठ उपलब्ध गराउन कठिनाइ आउन सक्छ,' उनले भने। प्रवक्ता आचार्य भने आपतविपतका बेला काठ निकाल्न कुनै पनि नीतिनियमले नरोक्ने बताउँछन्। वन नियमावलीमा निकाल्न मिल्ने स्पष्ट व्यवस्था छ।
सरकारले वैशाख २५ गते पाँच वर्षअघिको निर्णय उल्ट्याउँदै चुरेका सामुदायिक वनका ढलापडा रुखबाट मात्र काठदाउरा संकलन गर्ने र यसरी संकलन गरेर आन्तरिक खपतपछि पनि बचेका काठदाउरा व्यावसायिक प्रयोजनका लागिसमेत बिक्रीवितरण गर्न सक्ने निर्णय गरेको छ।
यसैगरी ढलापडा रुखबाट मात्र आन्तरिक माग पूरा हुन नसक्ने अवस्थामा उपभोक्ता समूहहरुले मरेका, मर्न लागेका, रोग लागेका र बांगाटिंगा रुखबाट समेत काठदाउरा निकाल्न पाउने व्यवस्था गरेको छ।
‘यो निर्णयले पनि धेरै हदसम्म भूकम्प पीडितको मागको सम्बोधन हुन्छ,' प्रवक्ता आचार्य भन्छन्, ‘सरकार निर्णय कार्यान्वयनलाई पारदर्शी र वैज्ञानिक बनाउन वन मन्त्रालयले यसका प्रक्रिया र कार्यविधि पनि तयार गरेको छ। यसअन्तर्गत चुरेका सामुदायिक वन उपभोक्ता समूहहरुले काठदाउरा निकाल्न पाउँछन्।'
उनले चुरे क्षेत्रको दीर्घकालीन गुरुयोजना तयार गरी कार्यान्वयनमा नआउन्जेल यो व्यवस्था लागु हुने बताए। ‘पछि गुरुयोजना अनुसार वनको व्यवस्थापन, सदुपयोग र संरक्षण हुन्छ,' प्रवक्ता आचार्यले भने।