सर्लाहीको धनकौलमा गत शनिबार भएको अग्नि काण्डका पीडितलाई प्रदेश मन्त्रीले राहत सामग्री बाँडेका छन्। सर्लाहीको धनकौल गाउँपालिका ५ को दलित बस्तीमा भएको आगलागीका पीडित परिवारलाई मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले राहत सामग्री प्रदान गरेका छन्।
मन्त्री सिंह अग्निपीडितको घरमा पुगेर त्रिपाल, कम्बल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिन्डर, औषधि लगायतका सामग्री प्रदान गरेका छन्।
यसैगरी नेपाल रेडक्रस सोसाइटी मलंगवा, बागमती सेवा समाज तथा वल्र्ड भिजनको समन्वयमा पनि अग्निपीडितलाई राहत प्रदान गरिएको छ। अग्निपीडितलाई ३० थान त्रिपाल, ३० थान कम्बल, प्रत्येक परिवारलाई एक एक बोरा चामल, भाँडाकुँडा तथा कपडा लगायतका सामग्री प्रदान गरिएको हो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित सर्लाहीको सुरक्षा निकायका अन्य अधिकारी तथा सरोकारवालाहरु अग्निपीडितलाई सहयोग र सहानुभूति दिन अग्निपीडित बस्तीमै पुगेका छन्।
अग्निपीडित परिवारलाई अन्य संघसंस्था तथा समूहले सहयोग गर्ने तत्परता देखाइरहेका छन्।
प्रदेशका मन्त्री तथा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु अग्निपीडितहरुलाई भेटेपछि घर बनाउन सहयोग पुग्नेमा पीडितहरु केही विश्वस्त हुन थालेका छन्।