काठमाडौँ– देशका विभिन्न भागमा वैशाख १२, १३ र २९ गते आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या शनिबारसम्ममा ८ हजार ६ सय ९२ पुगेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ। घाइतेको संख्या २२ हजार ४ सय ९१ पुगेको छ।
भूकम्पबाट ज्यान गुमाउने मध्ये काठमाडौं उपत्यकामा १ हजार ७ सय २९, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६ हजार ४ सय ५३, पश्चिम क्षेत्रमा ४ सय ५१ र मध्यपश्चिम क्षेत्रमा २ जना छन् । घाइते हुने मध्ये काठमाडौं उपत्यकामा १३ हजार १२, पूर्व क्षेत्रमा ४ सय ५२, मध्य क्षेत्रमा ७ हजार ७ सय ४३, पश्चिम क्षेत्रमा १ हजार २ सय ४६, मध्यपश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा २ जना छन्। मृतक ८ हजार ६ सय ६४ जनाको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ४ हजार ६ सय ५५ जना विभिन्न अस्पतालमा उपचाररत छन्।
विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १ सय ८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी ३२ र विदेशी पर्यटक ५० जनाको संख्यासमेत कुल मृतककाे संख्यामै समावेश गरिएको प्रहरीले जनाएको छ। हालसम्म नेपाली नागरिक १ सय ९५ विदेशी नागरिक ८० जना बेपत्ता भएका छन्।
भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १ सय ८८, पूर्व क्षेत्रमा ४५ हजार ९ सय ३०, मध्य क्षेत्रमा २ लाख ८ सय ६२, पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ३ सय २६, मध्यपश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १ सय ४८ गरी कुल ४ लाख ६९ हजार ५ सय ३९ भौतिक संरचनाहरु क्षती भएका छन्।
प्रहरीले काठमाडौं उपत्यकालगायतका प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण गरिरहेकाे बताएकाे छ। भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएको जानकारी दिएको छ।