कोठामा राखेको बम विस्फोट हुँदा इटहरीमा दुई जना घाइते भएका छन्।
सोमबार साँझ इटहरी वडा नं. २ नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षे रबिन थापा र लमजुङ वडा नं. ५ ढोडेनी भई इटहरीमै बस्दै आएका २३ वर्षे शेरजङ् गुरुङ् घाइते भएका हुन्। थापाको डेराभित्र राखेको बम एक्कासी विस्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। थापा स्थानीय अमित श्रेष्ठको घरमा २५ दिनदेखि कोठा भाडा लिएर बस्दै आएका थिए।
‘बम कोठामा राखेको विषयमा अनुसन्धान थालिएको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले भने। रविनले भने अरु नै साथीले ल्याएर राखेको प्रहरीलाई बयान दिएका छन्। घाइते थापासहित दुवै जनाको उपचार भइरहेकाले अस्पतालले डिस्चार्ज गरेपछि थप प्रस्ट हुने डिएसपी खड्काले बताए। घाइते दुवैको अवस्था भने सामान्य रहेको छ।
घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपालको पर्चा समेत बरामद गरेको छ। हिमाल सुरक्षा परिषद भर्खरै सशस्त्र युद्धको घोषणा गरेको संगठन हो। फागुन १५ गते यो संगठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो।
यही परिषदको नाममा झापाको बिर्तामोड र दमकमा बम आतंक सिर्जना गर्दै आएको छ। माओवादीको जनयुद्धताका होस् या त्यसपछि विभिन्न भूमिगत समूहले सञ्चालन गरेका हिंसात्मक गतिविधिमा संलग्न समूहले इटहरीलाई सेल्टर स्थान बनाउँदै आएका छन्। यसरी सेल्टर स्थान बनाउँदा प्रहरीले नियन्त्रणका नाममा अभियान सञ्चालन गर्दा सर्वसाधारणले समेत मार खेप्नु परेको छ। अर्र्कातिर सशस्त्र गतिविधिमा संलग्न समूहले पनि कोठामा सुरक्षित ढंगले बम राख्दा ठूल्ठूला दुर्घटनामा घटना हुने गरेका छन्।