इलाम–भूकम्पले ऐतिहासिक बालमन्दिर क्षतिग्रस्त भएपछि अवरुद्ध बनेको दृष्टिविहीन विद्यार्थीको पठनपाठन अझै सुचारु भएको छैन । भूकम्पले सदरमुकामस्थित ३४ वर्ष पुरानो बालमन्दिर भवन बस्न नमिल्ने गरी चर्के–भत्केपछि त्यहाँ आश्रित दृष्टिविहीन विद्यार्थी घर फर्केका छन् ।जिल्ला शिक्षा कार्यालयसहित सरोकारवाला विभिन्न संघ संस्थाको सहयोगमा बालमन्दिरलाई आश्रयथलो बनाएका विद्यार्थी बैशाख १२ को भूकम्पपछि घर फर्केका हुन् । २०३८ मा निर्माण भई अर्को वर्षदेखि सञ्चालनमा आएको बालमन्दिर भूकम्पपछि ताला लागेको छ ।दृष्टि क्षमता नभए पनि पढ्ने उमेरका बालबालिकालाई बालमन्दिरमा आश्रय दिइ नजिकका विद्यालयमा पठनपाठन व्यवस्था गरि"दै आएकोमा भूकम्पपछि उनीहरु आश्रयथलो नपाएर घर फर्किएका हुन् । इलामका विभिन्न गाउ"बाट सदरमुकाम आइ बालमन्दिर बस्ने विद्यार्थी संख्या ८ थियो ।
दृष्टिविहीन विद्यार्थीको हेरचाह गर्दै आएकी दिलु बस्नेतका अनुसार, बालमन्दिरमा जमुना गाविसका सञ्जिता थेवे, संवृद्धि थेवे र शिला राई, दानावारीका सुरेश देवान र रसिला देवान, बरबोटेका समी लावती, सम्राट लावती र सविन सेन्च्युरी आश्रित थिए । त्यसअघि १२ जनासम्म त्यहाँ बस्थे।'भूकम्पपछि बालमन्दिर बस्नै नमिल्ने गरी चर्कियो र उनीहरुलाई आ–आफ्नो घर पठाइयो,' बस्नेतले भनिन्, 'आवासको अर्को व्यवस्था नभएसम्म उनीहरुलाई बोलाइने छैन ।' बालमन्दिरलाई आश्रयथलो बनाई सबैजसो विद्यार्थी सदरमुकामकै आदर्श उच्चमावि अध्ययनरत थिए ।
नेपाल बाल संगठन इलामको स्वामित्वमा रहेको बालमन्दिर तत्काल मर्मत गर्ने सम्भावना नभएकाले विद्यार्थीलाई घर पठाइएको संगठनका अध्यक्ष नारायण श्रेष्ठले बताए । 'भूकम्पपछि भवन त क्षतिग्रस्त भयो नै, विद्यार्थीमा पनि त्रास फैलियो,' श्रेष्ठले भने, 'अब पुनः पठनपाठन सुरु हुनेछ ।'भूकम्पपछि दृष्टिविहीन विद्यार्थीको पठनपाठन सुचारु गर्नेबारे सरोकारवाला निकायको बैठकले नजिकैको बालमन्दिर प्राविकै एउटा भवनलाई आश्रयस्थल बनाउने सहमति गरेको थियो । त्यो भवनसमेत भूकम्पले चर्केको छ । विद्यार्थीका लागि नयाँ भान्सा कोठा बनाउने अर्को सहमति छ ।
'सहमति त भयो तर कार्यान्वयन भएको छैन' बस्नेतले सुनाइन्,' 'विद्यार्थीहरु कहिलेदेखि पढाई हुन्छ भन्दै सोधिरहेका छन् ।' जेठ १५ देखि नै दृष्टिविहीन फिर्ता बोलाउन गरिएको निर्णय कार्यान्वयन नहु"दा विद्यार्थीसमेत चिन्तित छन् । उनीहरु सुरक्षित स्थलमा आश्रय लिई बिगतजस्तै अध्ययन गर्न चाहन्छन् ।