काठमाडौं- हनुमानढोका क्षेत्रको गद्दी बैठक दरबारबाट कलात्मक तथा ऐतिहासिक सामान झिक्न सकिएको छैन। भूकम्पले दरबारबाहिरका पिलर भत्किने अवस्थामा छन् भने बाहिरी भाग चर्किएको प्रष्टै देख्न सकिन्छ।भूकम्पपछि दरबार क्षेत्र हेर्न देश तथा विदेशका प्राविधिकसमेत पुगे। पुरातत्व विभागले दरबार क्षेत्रमा ९० प्रतिशत क्षति भएको बताए पनि त्यहाँ अहिलेसम्म पुग्ने र विस्तृत जानकारी लिने काम भएको छैन। गद्दी बैठकको साँचो गृह मन्त्रालयसँग रहे पनि त्यहाँभित्रका ऐतिहासिक चिह्नहरु बचाउन कसैले ध्यान दिएको छैन।
गद्दी बैठक सन् १९०८ मा निर्मित हनुमानढोका क्षेत्रकै छुट्टै शैलीको दरबार हो। त्यहाँ बेल्जियमबाट ल्याइएका ६ वटा झार, यही बेला नै सिंहदरबारस्थित बेलायती बैठक कोठामा पनि झार ल्याइएको पुरातत्वविद विष्णुराज कार्की बताउँछन्। 'त्यो एउटा विशाल बैठक कक्षसहित विदेशी पाहुनालाई राख्ने ठाउँ हो,' उनी भन्छन्, 'त्यहाँ हात्तीको दाँतबाट बनेको फ्रेम, कष्ठकलाका सामग्री, पेन्टिङ लगायत ऐतिहासिक महत्वका बस्तु छन्।'
बर्सेनि विभिन्न जात्रा/पर्व अवलोकनका लागि राष्ट्रपति लगायत विदेशी पाहुनालाई गद्दी बैठक दरबार खुला गर्ने गरिन्छ। जीवित कुमारी देवीको घरको अगाडि सेतो बेलायती शैलीको यो दरबार निकै जीर्ण रहेको प्राविधिकले सल्लाह दिइसकेको सुरक्षामा संलग्न सेनाले बताए।
गृह मन्त्रालय अन्तर्गतको समारोह प्रबन्ध फाँटले व्यवस्थापन गर्दै आएको गद्दी बैठकमा भूकम्पपछि जान सकिने अवस्था नभएको सुरक्षामा खटिएका नेपाली सेनाका प्रतिनिधिले बताए। 'गद्दी बैठकमा पस्न सक्ने अवस्था नै छैन, त्यहाँ बलियो टेका नलगाई सामान झिक्न पनि अप्ठेरो पर्छ,' एक सैनिकले नागरिकसँग भने, 'बाहिरका पिलर कमजोर देखिन्छन्। पर्खाल पनि बाहिरबाटै जीर्ण देखिन्छन्।'
ती सेनाका अनुसार गद्दी बैठकबाहेक हनुमानढोका संग्रहालय अन्तर्गतका सिंहासन र हतियार कक्ष पनि निकै जोखिमयुक्त छन्। 'मान्छे सिधै गएर झिक्न सक्ने अवस्था छैन,' उनले भने, 'क्रेन र रेस्कु टिमको व्यवस्था भए मात्र त्यहाँका सामान सुरक्षित झिक्न सकिन्छ। त्योबाहेक संरचनालाई आड लगाउन पनि जरुरी छ।'
राजाले राज्याभिषेक गर्ने सिंहासन रहेको दरबार भने वैशाख २९ को कम्पनले झन् क्षति पुगेको थियो। 'अब ऐतिहासिक बस्तु कसरी बचाउने भन्नेबारे सोच्नु जरुरी भइसकेको छ,' कार्कीले भने।
हनुमानढोका दरबार संग्रहालयले विभागलाई त्यहाँका सामग्री बचाउन आग्रह गरेपछि एक साताअघि सेनाको उद्धार समूह आएर हेरेको थियो। 'राजसंस्था रहेसम्म सिंहासन प्रयोग भइरह्यो, अहिले यो इतिहास भइसकेको छ,' उनले भनिन्, 'सिंहासनका केही कलाकृति मल्लकालीन रहे पनि कसले ल्याएको भन्ने पत्ता लाइसकेको छैन। अनुमान पनि गर्न सकिएको छैन। त्यसैले पनि यसको थप महत्व बढाउँछ।'
उनका अनुसार केही दिनदेखि टेका लगाउने काम सुरु भइसकेको छ। त्यसपछि खट लगाएर ऐतिहासिक सामान उद्धारको काम सुरु हुने उनले बताइन्। 'सेनाले अत्यन्त जोखिम रहेको भन्यो। त्यसपछि उनीहरुले दरबारहरुमा पहिले टेका र खट लगाएपछि सामान झिक्न सकिने बताएको छ,' संग्रहालय प्रमुख सरस्वती सिंहले भनिन्, 'पहिले हामीले त्यसको व्यवस्थापन गर्छौं। अनि सेना बोलाउँछौं।'
यसबाहेक संग्रहालयभित्रका त्रिभुवन कक्ष, वीरेन्द्र कक्ष र महेन्द्र कक्षबाट पनि सामान झिक्नुपर्ने अवस्था रहेको उनले बताइन्। 'हामी हाम्रो क्षेत्रको सामान सुरक्षित ठाउँमा सार्छौं,' उनले भनिन्, 'गद्दी बैठकका सामग्री पनि सार्नुपर्ने देखिन्छ। यो गृह मन्त्रालयले बाहेक हामीले केही गर्न मिल्दैन।'
महाभूकम्पले धरापमा रहेका पुरातात्विक धरोहरको क्षति कम गर्न भन्दै विभागले वैशाख अन्तिमदेखि जोगाउने अभियान थाले पनि हनुमानढोका क्षेत्रमा सुरु हुने दिनको टुंगो छैन। भूकम्पको अनुकम्पनले थप क्षति हुनेे भन्दै ४ सय ५० भन्दा बढी आंशिक क्षति पुगेका भूकम्प प्रभावित क्षेत्रका पुरातात्विक मठमन्दिर, पाटीपौवा र दरबारमा यस्तो अभियान थालिएको विभागले जनाएको थियो।
हनुमानढोका दरबारसहित भक्तपुर दरबार, पाटन दरबार, गोरखा दरबार, नुवाकोट दरबार, स्वयम्भू, काभ्रे लगायत क्षेत्रमा पनि टोली लागिरहेको विभाग प्रवक्ता रामबहादुर कुँवरले बताए। 'हनुमानढोका सबैभन्दा बढी क्षति भएको क्षेत्र हो,' उनले भने, 'टेका लगाएर सकिएपछि तत्काल सेनालाई खबर गरेर पुराना सम्पपित्त सुरक्षित स्थानमा सार्छौं।'