पाल्पा- भूकम्प पीडितलाई सघाउन जिल्लामा क्रियाशील दलबीच होड चलेको छ। दलहरू निर्माण अभियानमा जुटेपछि भूकम्प पीडितले राहत पाएका छन्। भूकम्पले अत्यधिक क्षति पुर्याछएका गाउँ, बस्तीमा पुगेर जिल्लाका चार सभासद् पनि निर्माण अभियानमा जुटेका छन्। सभासद् निर्माण अभियानमा जुटेपछि स्थानीय खुसी छन्।जिल्लामा क्रियाशील ठूला राजनीतिक दलले जिल्ला स्तरबाटै गाउँमा स्वयंसेवी टोली परिचालन गरेका छन्। टोलीले अस्थायी टहरा निर्माण गर्ने र भग्नावषेश सफा गर्ने काम गरिरहेको छ। साना दलका कार्यकर्ता भने केन्द्रीय टोलीमा सहभागी भई बढी प्रभावित जिल्लामा खटिएका छन्।
एमालेको युवा संघ नेपाल कोलडाँडामा घरटहरा निर्माण गर्न जुटिरहेको छ। अध्यक्ष देवी बस्यालका अनुसार त्यहाँ १० अस्थायी टहरा निर्माण गरिएका छन्।
केही समयअघि बारीमा पाल टाँगेर बसेकी कोलडाँडा–७ की माया विकको परिवार टहरामा सरेको छ। 'टहरा बनाउन सहयोग गर्नुभयो,' मायाले भनिन्, 'दुःखका बेला सघाउँदा राहत पायौं।'
एकीकृत माओवादी नेता–कार्यकर्ता पनि जिल्लाका तीन निर्वाचन क्षेत्रमा बाँडिएर जनता सघाऊ अभियानमा जुटेका छन्। भत्केका घर सम्हाल्न र नयाँ टहरा निर्माण गरेर अस्थायी बसोबासको व्यवस्था मिलाउन युवासहित जिल्ला तहका नेता गाउँ पुगेका हुन्। 'पीडितको घरदैलोमा पुगेर स्थिति बुझ्ने र सहयोग गर्ने गरेका छौं,' वाइसिएल जिल्ला अध्यक्ष कृष्ण भुसालले भने, 'जनताका तत्कालका आवश्यकता पूरा गर्ने हाम्रो मुख्य उद्देश्य हो।' जिल्लाका ठिमुरे, कोलडाँडा, गल्धालगायत अतिप्रभावित गाउँमा पार्टीको नेतृत्वमा टोली परिचालन गरिएको पार्टी सचिव प्रभावकुमार आरसीले बताए।
कांग्रेस जिल्ला सभापति वीरबहादुर रानासहितको टोलीले यम्घा दर्पुकका माझी समुदायका घर बनाएर फर्केको छ। 'माझी गाउँमा घरहरु बनाएर सकियो,' रानाले भने, 'आवास नभएर साँच्चिकै समस्या भोगेका गाउँहरूमा टोली खटिएको छ।' तरुण दल र नेविसंघको अगुवाइमा निर्माण अभियान चलेको उनले बताए।
सभासद हरि नेपाल, सोमप्रसाद पाण्डे, राधाकृष्ण कँडेल र तुल्सा राना पनि टोलीसहित निर्माण कार्यमा खटिएका छन्। 'दलहरू आपसमा प्रतिस्पर्धा गरी नागरिकलाई प्रत्यक्ष फाइदा भएको यो राम्रो उदाहरण हो,' नागरिक समाजका जिल्ला अध्यक्ष वासुदेव अर्यालले भने, 'जनताको मन जितेर राजनीति गर्ने संस्कार बस्ने हो भने भूकम्प देशका लागि अवसर बन्न सक्छ।' दलीय स्वार्थका लागि मात्रै नभएर दुःखी गरिब जनतालाई सघाउने राजनीतिक संस्कार विकास हुनुपर्ने उनले बताए।