काठमाडौं-वैशाख १२ गतेको ठूलो भूकम्प र त्यसपछिको अनुकम्पनले चर्केर बस्न नहुने बनेकामध्ये १ हजार ७ सय ५२ घर भत्काउन विदेशबाट विशेषज्ञ टोली तथा उपकरण झिकाउनुपर्ने भएको छ। उपकरण नहुँदा नेपाली सेनाले यस्तो भवन भत्काउन नसक्ने जनाउ दिएपछि विशेषज्ञ तथा उपकरण विदेशबाट ल्याउनुपर्ने भएको हो।विशेषज्ञ टोली तथा उपकरण विदेशबाट झिकाउनुपर्ने भएपछि काठमाडौं उपत्यकाभित्र रहेका यस्ता घर भत्काउन केही समय लाग्ने भएको छ। ‘हामीसँग भएको उपकरणले ३/४ तले घरमात्र भत्काउन सकिन्छ, जुन काम अहिले सेनाले गरिरहेको छ,' नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने, ‘काठमाडौं उपत्यकाभित्र भूकम्पका कारण चर्केकामध्ये केही घर सुरक्षा फौजको क्षमताभन्दा बाहिर छन्।'
सेनाका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गरिएको सर्वेक्षणमा क्रमशः १ हजार ४ सय ५१, १ हजार ९ सय ९८ र ६ सय ५ वटा जोखिमयुक्त घर भत्काई व्यवस्थापन गर्नुपर्ने देखिएको छ। हालसम्म सेनाले काठमाडौंमा २ सय १४, भक्तपुरमा ४ सय ७ र ललितपुरमा २ सय ३७ वटा यस्ता जोखिमयुक्त घर भत्काई व्यवस्थापन गरिसकेको छ।
‘अब काठमाडौंमा ८ सय २२, भक्तपुरमा ६ सय ३० र ललितपुरमा ३ सयवटा यस्ता जेखिमयुक्त घर छन्। ती सुरक्षा फौजको क्षमताभन्दा बाहिरका हुन्,' सैनिक प्रवक्ता पोखरेलले भने।
सेनाले आफ्नै टोली खटाई उपत्यकाभित्रका तीन जिल्लामा जोखिमयुक्त घरहरूको तथ्यांक निकालेको थियो। त्यसैको आधारमा क्षमताभित्र रहेका चर्केका घरहरू सेनाले भत्काउँदै लगेको छ भने केही बाँकी नै छन्। सेनाले आफूसँग रहेका र विभिन्न निकायसँग रहेका क्रेन र एक्स्काभेटरको सहायताले जोखिमयुक्त घरहरू भत्काउँदै आएको छ।
‘ठूला क्रेन र एक्स्काभेटर हुने हो भने यस्ता घर भत्काउन सक्छौं, तर हामीसँग उपकरण छैन,' सैनिक प्रवक्ता पोखरेलले भने। पोखरेलका अनुसार सहरी विकास मन्त्रालयसँगको समन्वयमा सेनाले जोखिमयुक्त घर भत्काउँदै आएको छ। सेनाले खास गरी पुरातात्विक महत्व र सरकारी भवनलाई प्राथमिकतामा राखेको छ। ‘निजी ठूला जोखिमयुक्त घर भत्काउँदा वरपरका घरको सुरक्षा पनि हुनुपर्छ। अन्य घरलाई क्षति नपुर्याआई जोखिमयुक्त घर मात्र भत्काउनुपर्छ, यसका लागि विशेष प्रविधि र उपकरण चाहिन्छ। जुन अहिले हामीसँग छैन,' उनले भने।
निजी घरहरू भत्काउँदा लाग्ने खर्च घरवाला वा सरकार कसले व्यहोर्ने भन्ने पनि स्पष्ट गरिएको छैन, जसले गर्दा थप अप्ठेरो परेको छ। ठूला अग्ला जोखिमयुक्त घर भत्काउँदा विस्फोटक पदार्थ प्रयोग गर्ने हो भने हालको कानुनमा नै परिवर्तन गर्नुपर्ने देखिन्छ। विद्यमान कानुनले विस्फोटक पदार्थ प्रयोग गरी घर भत्काउन पाउने व्यवस्था गरेको छैन। विस्फोटक पदार्थ कहाँबाट ल्याउने, विस्फोटक पदार्थ प्रयोग गर्ने विशेषज्ञ कहाँबाट झिकाउने भन्ने निर्णय पनि सरकारले गर्नुपर्ने हुन्छ।
‘विस्फोटक पदार्थ प्रयोग गरी घर भत्काउन नीति, नियम चाहिन्छ, हामीकहाँ यो व्यवस्था छैन। यतातिर पनि बेलैमा ध्यान पुर्या उन जरुरी छ,' सैनिक प्रवक्ता पोखरेलले भने।
सहरी विकास मन्त्रालयका सहायक प्रवक्ता कवीन्द्रविक्रम कार्कीका अनुसार सेनाले भत्काउन नसकेका काठमाडौं उपत्यकाका जोखिमयुक्त घर भत्काउने सम्बन्धमा सामन्य छलफल भइरहेको छ, निर्णय भने भएको छैन। ‘अहिलेसम्म खास ठोस निर्णय भइसकेको छैन, छलफल चलिरहेको छ,' उनले भने, ‘अग्ला घर भत्काउन अग्लै क्रेन, एक्स्काभेटर लगायतका उपकरण चाहिन्छ, हामीसँग छैन। यस्ता उपकरण झिकाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कि भन्ने पनि कुरा भइरेहेको छ।'
सहरी विकास मन्त्रालयको संयोजकत्वमा जोखिमयुक्त क्षतिग्रस्त भवन भत्काउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सम्बन्धित नगरपालिका/गाविससमेत अहिले संलग्न छन्। फिल्डमा जोखिमयुक्त भवन भत्काउने कार्यको नेतृत्व नेपाली सेनाले गर्दै आएको छ।
यसै क्रममा सोमबार बिहानसम्म सेनाले धादिङमा ४ सय १४, नुवाकोटमा ५ सय ६०, रसुवामा ७२, मकवानपुरमा ८४, दोलखामा ७५, रामेछापमा ८६, सिन्धुलीमा २ सय ३८, गोरखामा ३ सय ३२, सिन्धुपाल्चोकमा ४ सय ६१, काभ्रेपलान्चोकमा ८ सय २१ र ओखलढुंगामा १ सय ९९ वटा जोखिमयुक्त घर भत्काएको छ।
त्यसै गरी नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, जगतनारायण मन्दिर, धरहरा, भीमसेन दरबार, जैसीदेवल, दरबार हाइस्कुल, पशुपतिनाथ, जयबागेश्वरी, टोखा, टेकुस्थित बमबिकटेश्वर महादेव मन्दिर, बज्रयोगिनी मन्दिर, स्वयम्भू, बालाजु, इन्द्रायणी, भक्तपुर एवं पाटन क्षेत्र गरी १७ स्थानको पुरातात्विक महत्वका संरचनाको भग्नावशेष व्यवस्थापन गरिसकेको छ।
हनुमानढोका, नारायण मन्दिर सत्तल, नेपाल राष्ट्र बैंक, विश्व निकेतन विद्यालय, साँखु, बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर र चाँगुनारायण मन्दिर गरी ७ स्थानको भग्नावशेष व्यवस्थापन गर्ने कार्य अहिले भइरहेको छ। केही दिनमा छाउनीस्थित राष्ट्रिय संग्रहालय, हनुमानढोका संग्रहालय र शंखरापुर साँखुस्थित ४ वटा मन्दिरको भग्नावशेष व्यवस्थापन कार्य सुरु गर्ने योजना सेनाको छ।