काठमाडौं–गत वैशाख १२ र २९ गतेको भूकम्पले लोकसेवा आयोगको नियमित कामलाई प्रभावित पारेको छ। आयोगले दरखास्त आह्वान गरेका विज्ञापनका परीक्षा रद्द भएका छन् भने परीक्षाफल प्रकाशित गर्ने मिति समेत प्रभावित भएको छ।
कार्यतालिकाअनुसार डेढ महिना ढिला भएको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले जानकारी दिए। 'भूकम्प कारण डेढ महिनासम्म आयोगको काम प्रभावित बन्यो,' अध्यक्ष मैनालीले नागरिकन्युजसँग भने,'अहिले हामी दिनरात काम गरेर यो समयपूर्ति गर्दैछौं।'
आयोगले निजामतीतर्फ ६ सय १७ नायवसुब्बा, स्वास्थ्यतर्फ ६ सय ३३ र निजामतीतर्फ विभिन्न पदमा ३ सय ६३ बढुवाको लागि बैशाख २२ गतेदेखि परीक्षा लिने तयारी गरेको थियो। १२ गतेको भूकम्पका कारण ती परीक्षा स्थगित गरिए। अहिले अवस्था सामान्य हुँदै गएपछि आयोगले रोकिएका सबै परीक्षा जेठ २९ गतेदेखि संचालन गर्ने तयारी गरेको छ। त्यसका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको आयोगले जनाएको छ।
परीक्षाफल प्रकाशित हुन बाँकी रहेका पदको काम पनि धमाधम भइरहेको अध्यक्ष मैनालीले जानकारी दिए। 'असार मसान्तसम्म रोकिएका सबै काम पूरा गर्न सकेमात्र आयोगको वार्षिक कार्यतालिकामा असर पर्दैन,' अध्यक्ष मैनालीले नागरिकन्युजसँग भने,'त्यो लक्ष्य भ्याउने गरी हामी काम गरिरहेका छौं ।'
भूकम्पकै कारण राजपत्राकिंत तृतीय श्रेणी (शाखा अधिकृत)को परीक्षाफल प्रकाशित हुन सकेको छैन। सो परीक्षाफल प्रकाशित हुन केही समय लाग्ने आयोगले जनाएको छ। 'परीक्षाफल प्रकाशित गर्न द्रुतगतिका काम भइरहेको छ', आयोग प्रवक्ता गीतादेवी होमागाईंले नागरिकन्युजसँग भनिन्,'अबका केही दिनमा परीक्षाफल प्रकाशित हुन्छ।'
१२ गतेको भूकम्पपछि आयोगको काम केही दिनसम्म प्रभावित बनेको थियो। आयोगको भवनमा सामान्य क्षति भए पनि सुरक्षित स्टिकर टाँसिएको छ।

शाखा अधिकृतको परीक्षाफल केही दिनमै