काठमाडौं-भूकम्पले ध्वस्त बनाएका संरचनाबाट उडेको धुलोका कारण आँखाका बिरामी बढ्न थालेका छन्। भग्नावशेषबाट उडेको धुलो र बढ्दो तापक्रमका कारण आँखाको एलर्जी र सुक्खापनका बिरामी बढेको चिकित्सकले जनाएका छन्। उनीहरुले आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न पनि सुझाव दिएका छन्।‘बढ्दो गर्मी र धुवाँ–धुलोबाट जोगिन कालोचस्माको प्रयोग उपयोगी हुन्छ,' चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बिपी कोइराला नेत्र अध्ययन केन्द्रका विभागीय प्रमुख डा. आनन्द शर्माले भने।
डा.शर्माले आँखा सुरक्षाको नाममा जथाभावी कालोचस्मा लगाउने प्रचलन बढेको भन्दै कमसल चस्माको प्रयोगले भने आँखालाई हानि गर्ने बताए। ‘सूर्यबाट आउने परावैजनी किरण (अल्ट्राभाइरेट रे प्रोटेक्टिभ) बाट आँखामा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्नसक्ने खालको चस्मा प्रयोग गर्नुपर्छ,' उनले भने।
भूकम्पपछि बढ्दो वायु प्रदूषण र धुलोका कारण गर्मीमा आँखा रातो भएर हुने एलर्जी, सुक्खापन, मसिना बालुवा र माटोका कण प्रवेशलाई चस्माले रोक्ने उनले बताए।
तिलगंगा आँखा प्रतिष्ठान वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.रुहित सैंजुले कालो चस्माले घाम, धुलो र धुवाँबाट आँखाको रक्षा गर्ने बताए। उनले अल्ट्राभाइरेट रेको प्रभावलाई रोक्ने राम्रो चस्मा प्रयोगले मोतियाविन्दु र आँखाको ढकनीको झिल्लीमा हुने क्यान्सर घटाउने बताए। ‘बढी घामकै कारण तराईमा मोतियाविन्दु हुने औसत उमेर ४० वर्ष छ, पहाडमा ५५ वर्ष छ,' उनले भने, ‘जति गर्मी र घाम बढ्छ, उति नै कालो चस्मा उपयोगी हुन्छ।'
चिकित्सकका अनुसार घाम बढी लागेको समयमा आँखाको नानीको आकार सानो हुन्छ। नानीको व्याससमेत सानो हुन्छ। कमसल चस्मा लगाउँदा आँखामा अँध्यारो बढ्ने भएकाले नानी वरपरको व्यास ठूलो हुन्छ। व्यास ठूलो भएको अवस्थामा कमसल र जथाभावी किनेको चस्मा लगाउँदा बढी प्रकाश नानी र पर्दासम्म पुग्छ। जसले झन् बढी हानि पुर्यााउने चिकित्सकको भनाइ छ। ‘लो गुणस्तरका चस्माले परावैजनी किरणलाई फिल्टर गर्न सक्दैन र तर व्यास ठूलो बनाइदिन्छ र हानिकारक लाइट बढी छिर्छ,' डा.शर्माले थपे।