मौलाउँदै साइबर ठगी
१८ चैत्र २०७८
•
३ मिनेट पाठ
मौलाउँदै साइबर ठगी
सञ्चार विकासले फड्को मारिरहँदा अपराधको दायरा पनि सोहीअनुसार बढ्न थालेको छ। विकसित हुँदै गएको यही सूचना प्रविधिलाई आपराधिक मानसिकता भएकाहरूले अवैध कमाइको धन्दा बनाएका छन्। यसमा सामान्य व्यक्तिदेखि मैं हुँ भन्ने जानकारसम्म ठगिन थालेका छन्।




कानुनी अपूर्णताले यस्तो ठगीलाई बढावा दिँदै लगेको छ भने प्रहरी अनुसन्धानले दोषी पत्ता लगाउनै नसकिने अवस्था छ। ठगीको जालो घटनाहरूमा नजानिँदो किसिमले विदेशसम्म जोडिने गरेको छ। जसको कुनै पहिचान नै हुँदैन। ठगीमा आएको यो आधुनिक आयामले दिनहुँ तमाम मानिस ठगिने गरेका छन्। प्रहरीले दोषीहरू पत्ता नै लाउन नसक्दा कारबाहीको दायरामै ल्याउन सकिरहेको छैन।

महानगरीय अपराध महाशाखाका अनुसार उपत्यकामा वर्षेनी साइबर ठगीका घटना उकालो लागिरहेका छन्। गत आर्थिक वर्ष महाशाखामा २ सय ४४ वटा साइबर ठगीका उजुरी परेका थिए। जसमा ७ करोड ७८ लाख ३४ हजारभदा बढी रूपैयाँ ठगी भएको पीडितले दाबी गरेका थिए। चालु आर्थिक वर्षका ८ महिनामै ३ सय १५ वटा उजुरी परेका छन्। जसमा ६ करोड ५५ लाख ३२ हजारभन्दा बढी रकम ठगी भएको पीडितले दाबी गरेका छन्।

महानगरीय अपराध महाशाखाले उपत्यकाका तीन जिल्लाबाट लिएका उजुरीको विवरण हो यो। यीमध्ये पनि बढीजसो फेसबुक, इमो, भाइबर, वाट्सएपजस्ता सामाजिक सञ्जालमा ठुलो रकम चिट्ठा पर्‍यो भनेर त्यो लिन ट्याक्स रकम भनेर ठग्नेहरूका उजुरी बढी परेका छन्। यस्ता उजुरी गत वर्ष ४४ वटा परेकामा यस वर्ष ६१ वटा परेका छन्। यो ढंगले दुई आर्थिक वर्षमा दुई करोड ६७ लाखभन्दा बढी रकम ठगी गरेर लिएको पीडितहरूको दाबी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

यस्तै सामाजिक सञ्जालमार्फत विदेशी नागरिक भन्दै मायाप्रेम र आत्मीयता बढेको भन्दै महँगो गिफ्ट पठाउने र त्यसका लागि चाहिने ‘राजस्व, भन्सार करलगायत रकम तिरेर पार्सल पुर्‍याउनेलाई दिनु’ पैसा हत्याउने घटना पनि उस्तै छन्। यसमा गत आर्थिक वर्ष ४३ वटा ठगिएका व्यक्तिहरूको उजुरीमार्फत १ करोड २४ लाखभन्दा बढी रकम ठगहरूले असुलेको देखिएको छ भने यस वर्षका ८ महिनामा ३८ वटा घटनामार्फत ५६ लाख ६० हजार रूपैयाँभन्दा बढी ठगहरूले लगेका छन्।

यसबाहेक अनलाइन किनमेल, फेसबुक आइडी ह्याक गरी पीडितका परिचित व्यक्तिहरूसँग रकम मागेर, विभिन्न डिजिटल वालेटमार्फत, वैदेशिक रोजगारीमा पठाइदिने नाममा, क्रिप्टोकरेन्सी, युनिभर्सल कोइन, विटकोइनलगायत माध्यमबाट साइबर ठगी हुने गरेको महानगरीय प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनले सूचना प्रविधिको विकाससँगै बढेको यो ठगीको प्रवृत्तिमा सर्वसधारणदेखि उच्चपदस्थ व्यक्तिहरूसमेत ठगिने गरेको बताए।

‘सूचना प्रविधिको विकाससँगै साइबर ठगी नयाँ स्वरूपमा देखिएको छ। जुन वर्षेनी बढ्दै गएको देखिन्छ,’ उनले भने, ‘यसमा सोझासिधा त सजिलै फसेका पाइन्छन् नै, अत्यन्त चलाख र सरकारका उच्चपदस्थ अधिकारी, नेता, सामाजिक अगुवासमेत फसेका छन्।’ 

दोषी पत्ता लगाउनै कठिन  

गत आर्थिक वर्षमा परेका २ सय ४४ उजुरीमध्ये महाशाखाले १५ वटा मुद्दामा दोषी पत्ता लगाएर ३ करोड ७३ हजार रकम बिगोसहित कारबाहीका लागि मुद्दा अगाडि बढाएको छ भने एक लाख ४४ हजार रकम बराबरका १७ वटा उजुरीलाई मिलापत्र गराएको छ। बाँकी २ सय ३२ उजुरीका दोषी अझैसम्म पत्ता लाउन सकेको छैन।

यस्तै चालु आर्थिक वर्षका हालसम्म परेका ३ सय १५ उजुरीमध्ये १७ वटा उजुरीमा दोषी पत्ता लगाएर २ करोड ६१ लाख ६२ हजार बिगोसहित मुद्दा अघि बढाएको छ। २५ वटा उजुरीमा २० लाख ८६ हजार रकम बिगो तिराएर मिलापत्र गराइएको छ। २ सय ७३ उजुरीका दोषी अझै पत्ता लागेको छैनन्। यस्ता घटनामा मूल दोषी पत्ता लगाउनै समस्या रहेको महाशाखाका प्रवक्ता एसपी कोइरालाले बताए। उनले भने, ‘अपराधीले अनेक उपाय लगाएर प्रविधिको प्रयोग गरेको हुन्छ। यसकारण अपराधी नै पत्ता लगाउन सकिने अवस्था रहन्न।’

यसमा नेपालमा सेवाप्रदायक संस्थाका कानुन र प्रक्रियाले समेत झन्झट निम्त्याएको उनी बताउँछन्। ‘टेलिकम सेवा प्रदायकले प्रयोगकर्ताको यथेष्ठ जानकारी नै नराखी सिम दिइदिन्छ। अनि त्यही सिमबाट डिजिटल वालेटमा खाता खुल्छ,’ उनले भने, ‘तीनै सिमबाट सामाजिक सञ्जालमा नक्कली खाता नि खुल्छ। त्यसबाट ठगको पहिचान नै गर्न मुस्किल हुन्छ।’

यद्यपि तत्काल दोषी पत्ता लगाउन नसके पनि महाशाखामा परेका उजुरीउपरको अनुसन्धान अझै चलाइरहेको महाशाखाकी प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडालले बताइन्। ‘अनुसन्धान गरिरहेकै छौं। कुनै दिन त भेउ पनि पाइनसक्छ नि,’ उनले भनिन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस