काठमाडौं-इनार वा सेफ्टीक ट्यांकी खन्ने मजदुरले सुरक्षाका सामान्य उपायसमेत नअपनाउँदा ज्यान गुमाउने गरेको चिकित्सकले बताएका छन्। चेतना र सावधानी अपनाए जस्ता जोखिमबाट बच्न सकिने उनीहरूको भनाइ छ।‘लामो समय बन्द रहेको र बाहिरी वातावरणसँग सम्पर्क नभएको ठाउँमा जान हुन्न,' पाटन अस्पतालका वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा.अर्जुन कार्कीले भने, ‘खोँच, इनार वा सेफ्टी ट्यांकीमा अक्सिजन कमी हुन्छ। त्यहाँ कार्बनमोनोअक्साइड र अन्य विषाक्त ग्यास हुने भएकाले बिनासुरक्षा जानु जोखिमयुक्त हुन्छ।'
हेल्थ कन्सर्न नेपालका प्रमुख डा. सुवास प्याकुरेलका अनुसार त्यस्ता स्थानमा मैनबत्ती बालेर परीक्षण गर्दा जोखिम रहे/नरहेको पत्ता लगाउन सकिन्छ। मैनबत्ती झ्याप्पै निभे त्यहाँ आवश्यक अक्सिजन नरहेको बुझ्नुपर्छ। ‘मानिस छिर्नुअघि खाल्डा, ट्यांकी वा इनार कम्तीमा ४ घन्टा खोलेर राखिदिनुपर्छ,' उनले थपे, ‘सुकेको इनारमा २–४ बाल्टिन पानी हालेर १५–२० मिनेटसम्म चलाइदिँदा पनि जोखिम घट्छ।'
उपलब्ध भएसम्म यस्ता स्थानमा अक्सिजन साथमै लिएर जान चिकित्सक सुझाउँछन्। डा. कार्कीका अनुसार सहज श्वासप्रश्वासका लागि हावामा २१ प्रतिशत अक्सिजन हुनुपर्छ। ‘त्यसको मात्रा कम भए श्वास लिन गाह्रो हुन्छ,' उनले भने, ‘त्यस्तो आभास हुनासाथ बाहिर निस्किहाल्नुपर्छ, लामो समय बसिरहन हुँदैन।'
लामो समय बन्द रहेका वा गहिरो स्थानमा क्रमशः जम्मा हुँदै गएका जैविक पदार्थले सुरुमा कार्बनमोनोअक्साइड बनाउने डा. प्याकुरेल बताउँछन्। ‘कार्बनमोनोअक्साइड त्यहाँ भएको थोरै अक्सिजनसँग मिल्दा कार्बनडाइअक्साइड बन्छ,' डा.प्याकुरेलले भने, ‘यो गह्रौं ग्यास भएकाले तल्लो सतहमा जम्मा भई अक्सिजनलाई विस्थापित गरिदिन्छ। यस्ता स्थानमा जानेको हाइपोक्सिया (अक्सिजन कमी) भएर मृत्यु हुन्छ।'
कतिपय स्थानमा भने यीबाहेक अन्य विषाक्त ग्यास पनि हुने भएकाले राम्ररी परीक्षण गरेर मात्र जानुपर्ने डा. कार्कीको भनाइ छ। कार्बनडाइअक्साइड मात्रैले तत्काल मृत्यु हुने सम्भावना कम रहेकाले शुक्रबार कपिलवस्तुमा पाँच जनाको ज्यान जाने गरी भएको घटनामा कार्बनमोनोअक्साइडलगायत अन्य बिसालु ग्यास नै कारण हुन सक्ने उनले जनाए।
रसायनशास्त्री डा. खेम आचार्यका अनुसार इनार, सेफ्टी ट्यांकी, खाल्डा वा गहिरो खोंचमा कार्बनडाइअक्साइड बढी हुन्छ। ‘थुनेर राखेको, लामो समय पानी नआएको वा नखोलेको इनारमा विषाक्त ग्यास जम्मा भएको हुन्छ,' उनले भने, ‘चलिराखेको इनारमा भने पानी निकाल्दा, बाल्टिन चलाउँदा पनि जमिरहेको ग्यास विस्थापित भइरहेको हुन्छ।' प्रयोग गर्न थालिसकेको सेफ्टी ट्यांकीमा भने मिथेन, एमोनियाजस्ता ग्यास फर्मेसन हुने भएकाले कामदारलाई यसबाट बच्ने उपाय सिकाउनुपर्ने उनको भनाइ छ।
डा. कार्की नेपालमा जोखिमयुक्त काम गर्ने कामदारको स्वास्थ्यप्रति संवेदनशीलता नरहेको औंल्याउँछन्। ‘प्रत्येक वर्ष घटना दोहोरिइरहँदा पनि कामदारलाई बिनासुरक्षा यस्ता ठाउँमा पठाउन हुँदो रहेनछ भन्ने चेतना छैन, स्वयं कामदार सचेत देखिएका छैनन्,' उनले भने।