काठमाडौं-औषधि कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायीलाई वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग आफैंले कानुनी कारबाहीबाट जोगाउने प्रयास गरेको खुलेको छ। संयुक्त अनुगमनका क्रममा ४२ प्रतिशतसम्म नाफा लिएर उपचारसम्बन्धी सामग्री बिक्री गरेको आरोपमा पक्राउ परेका पिताम्बर पोखरेललाई आरोपबाट मुक्त गराउन विभागले आफ्नो पहिलो निवेदन सच्याएर मुद्दा कमजोर बनाउने प्रयास गरेको खुलेको हो।घटना हो जेठ ४ को। भूकम्पमा राज्य राहत र उद्धारमा केन्द्रित भएको मौका छोपी व्यापारीहरु कालोबजारीमा सक्रिय भएको हुनसक्ने भन्दै बजार अनुगमनमा निस्किएको वाणिज्यको टोलीले नयाँबानेश्वरमा रहेको भरोसा हस्पिटल फार्मेसीले सय रुपैयाँमा आइभी क्यानोला बिक्री गरेको फेला पार्योा।
विभागका निर्देशक हरिनायारण वेल्बासे नेतृत्वको टोलीले फार्मेसीमा रहेकासँग त्यसको खरिद मूल्य माग्यो। भ्याटसहितको खरिद मूल्य ६९ रुपैयाँ र नाफा राख्दा ८३ रुपैयाँमा बिक्री गर्नुपर्ने क्यानोला सयमा बिक्री गर्दा नाफाको प्रतिशत ४० भन्दा बढी देखिएपछि टोलीले फार्मेसी सञ्चालक पिताम्बर पोखरेललाई नियन्त्रणमा लिएर कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा बुझायो।
बेल्बासेले ‘जेठ ४ मा भरोसा फार्सेमी अनुगमन क्रममा आइभी क्यानलाको ६१ रुपैयाँ भ्याटसहित ६९ रुपैयाँ र अधिकतम नाफा खाँदा ८३ रुपैयाँ बिक्री गर्नुपर्नेमा १ सयमा बिक्री गरेकोमा कारबाही अगाडि बढाइपाऊँ' भन्दै विभागको बजार अनुगमन फारमसहित महानगरीय प्रहरी वृत्त बानेश्वरमा निवेदन दिए।
वाणिज्यको निवेदन आएपछि वृत्तल वाणिज्यको पत्रलाई आधार बनाउँदैे पोखरेललाई कालोबजारी आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट न्यायिक हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढायो।
अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका बेला विभागबाट दोस्रो पत्र आएपछि अनुसन्धान प्रक्रियाले अर्कै मोड लियो। दोस्रो पत्र विभागका निर्देशक बेल्बासेले नै पठाएका थिए जसमा पोखरेलमाथिको कारबाही प्रक्रिया पुनर्विचार गर्न आग्रह गरिएको थियो।
जेठ ६ को पत्रमा भरोसा फार्मेसीको अनुगमन गर्दा अनुचित मूल्यमा सामान बिक्री गरेकोमा विषय उल्लेख गर्दै ‘फार्मेसीका सञ्चालिकाले फार्मेसीका कामदारले भूलवश खरिद बिल वास्तविकभन्दा फरक पेस गरेको कारबाही भागिदार हुनुपरेको भर्न्दै नेपाल सर्जिकल हाउस भक्तपुरको सक्कल बिल पेस गरेको र आफ्नो कमजोरी उल्लेख गरी सक्कल बिलका आधारमा सफाइका लागि विभागमा आग्रह गरेको उल्लेख छ।
विभागले आफूमा आएको नयाँ बिलबारे थप अनुसन्धान नै नगरी ‘अघिल्लो बिल र पत्रसाथ संलग्न बिलमा निवेदकको मागअनुसार कारबाही प्रक्रिया पुनर्विचार गरिदिन' भन्दै वृत्तमा निवेदन पठाएपछि प्रहरी र विभागका अधिकारीबीच विवाद सुरु भएको थियो।
वृत्तले विभाग अधिकारीलाई ‘पहिलो पत्रका आधारमा अनुसन्धान सुरु भइसकेको अवस्थामा प्रहरीको अनुसन्धानक्रममा कालो बजारी नदेखिए मात्र प्रक्रिया बदलिनेे जानकारी गराउँदै अनुसन्धान जारी राख्यो।
विभागले पहिलोपत्रसँगै बुझाएको खरिद र बिक्री विलमा उल्लेख मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा देखिएको र कालोबजारी ऐनको परिभाषाअनुसार सो कालोबजारी हुने भन्दै प्रहरीले जेठ १० गते कालोजारी ऐनअनुसार मुद्दा प्रक्रिया अगाडि बढाउन सरकारी वकिलको कार्यालय काठमाडौंमा रायसुझाव दियो।
प्रहरीले आफ्नो सुझावमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ अनुसार निर्धारित मोलभन्दा बढीमा सामग्री बिक्री गरेको देखिए त्यस्ता वस्तु जफत गरी १० वर्षसम्म कैद हुने' प्रावधान अनुसार मुद्दा प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।
तर सरकारी वकिलको कार्यालयले निवेदक आफैंले निवेदन सच्याएको अवस्थालाई टेक्दै प्रहरी हिरासतमा रहेका पोखरेललाई थप हिरासतमा राख्नु नपर्ने भन्दै हाजिर जमानीमा मुक्त गर्न निर्देशन दियो भने प्रहरीलाई कालोबजारीमा अनुसन्धान प्रक्रिया जारी राख्न अनुमति दियो।
बेल्बासेले पोखरेलमाथिको कारबाही प्रक्रियामा पुनर्विचार गर्न प्रहरीलाई आफूले पत्र पठाएको स्वीकार गरे। प्रारम्भमा जे उपलब्ध भयो, त्यसका आधारमा अनुसन्धान अगाडि बढाउन प्रहरीमा बुझाएको र विभागमा परेको निवेदनमा ८७ रुपैयाँ खरिद मूल्य रहेको भन्दै बिल पेस भएकाले बिल ठिकै हो भने पुनर्विचार गर्न पत्र पठाएको दाबी गरे।
‘निवेदन आएपछि प्रहरीकोमा केस छ त्यतै जानुस् भनेको थिएँ, निवेदकले बिल राखेर पत्र पठाउन आग्रह गरेपछि विभागका अन्य अधिकारीसँग छलफल गरी पत्र पठाएको हुँ,' बेल्बासेले भने, ‘तर पत्रको आशय पक्राउ परेकालाई कारबाहीबाट उन्मुक्ति नै देऊ भन्ने हैन, त्यो त प्रहरीले गर्ने निर्णय हो।'
वृत्त प्रमुख दानबहादुर कार्कीका अनुसार क्यानोलाको कालोबजारीबारे प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मिसिलसहित रायसुझाव बुझाइसकिएको बताए।
‘हाम्रो दायित्व अनुसन्धानक्रममा फेला परेका प्रमाणका आधारमा अभियुक्तको कसुर सम्बन्धमा राय दिने हो, त्यहीअनुसार कालोबजारी गरिएको देखिएको सुझावसहितको मिसिल सरकारी वकिलकोमा बुझायौं।'
यहीबीच विभागमा डेढ वर्षदेखि खटिएका नेपाल प्रहरीका दुई जना प्रहरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले झिकायो। यसलाई विभागका अधिकारीहरुले ‘प्रहरीको हाकिमको आफन्तको फार्मेसीमा अनुगमन गरेको रिस पोखेको' भन्दै असन्तुष्टि जनाइरहेका छन्।
‘बजार अनुगमनमा खटिने अनुभवी २ जना प्रहरीलाई फिर्ता लगेपछि अहिले बजार अनुगमन गर्न नै समस्या आयो,' बेल्बासेले भने।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता नारायणसिंह खड्का प्रहरी फिर्ता आउनु र फार्मेसीमा छापा मार्ने घटनाबीच कुनै सम्बन्ध नभएको दाबी गर्दै विभागमा प्रहरीको दरबन्दी नभएकाले फिर्ता बोलाएको र बजार अनुगमनका लागि विभागले मागे जति प्रहरी जनशक्ति उपलब्ध हुने बताए।
जुन सामग्री बिक्रीमा कालोबजारी भएको भन्दै व्यवसायी पक्राउ परेका हुन्, त्यसको आधिकारिक मूल्य कति हो, त्योबारे वाणिज्य आफैं अन्योलमा देखियो। प्रारम्भमा खरिद मूल्य ६१ रुपैयाँ मान्दै कालोबजारी आरोपमा अनुसन्धान अगाडि बढायो। अनुसन्धान क्रममा व्यवसायीले त्यसको खरिद मूल्य नै ८७ भएको भन्दै नयाँ बिल पेस गरे, औषधि व्यवस्था विभागसँग बुझ्दा अहिले त्यसको खरिद मूल्य नै १ सय २५ रुपैयाँ आयो।
सय रुपैयाँमा बिक्री गरेर ४० प्रतिशतभन्दा बढी नाफा लिएको आरोपको मुद्दा प्रक्रिया अगाडि बढाउन सहायक प्रमाणका रुपमा मागिएको रेट मुद्दा चल्न योग्य मूल्यभन्दा बढी आएपछि अनुसन्धान गर्ने प्रहरी हैरान छन्।
वाणिज्यका बेल्बासे क्यानोलाको खरिद र बिक्री मूल्यमै अन्योल भएको बताउँछन्। दोस्रो बिल आएपछि वाणिज्यले आधिकारिक बिक्रेतासँग मूल्य बुझ्दा १ सय २५ रुपैयाँ पर्छ भन्ने जानकारी आएको र क्रसचेक गर्न गंगालाल अस्पतालको खरिद मूल्य हेर्दा १३ प्रतिशत भ्याट बिलसहित ५७ रुपैयाँमा किन्ने गरेको खुलेको र ग्राहकलाई त्यसमा १६ प्रतिशत नाफा जोडेर बिक्री गर्ने गरेको खुलेको बेल्बासे आफैं बताउँछन्। बेल्बासेका अनुसार नै सरकारी अस्पतालमा क्यानोलाको खुद्रा मूल्य ६६ रुपैयाँभन्दा बढी देखिएन।
विभागले गंगालालबाट संकलन गरेको बिल भने प्रहरीमा पठाएको छैन। किन नपठाउनुभएको भन्ने जिज्ञासामा बेल्बासेले भने, ‘प्रहरीले सोध्यो भने त्यो प्रमाण पनि पठाउँछौं।'
महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्यांक अनुसार भूकम्पपछि काठमाडौं र ललितपुरमा कालोबजारीमा १७ व्यापारी पक्राउ परिसकेका छन्।
यसरी पक्राउ पर्ने व्यापारी अधिकांश त्रिपाल, जस्ता, मास्क, पानी, टिकट र खरबुजाका व्यापारी बढी छन्। अधिकांश घटनामा न्यूनतम ३ हजारदेखि ५५ हजार रुपैयाँसम्म धरौटीमा व्यापारी धरौटीमा छुटेका छन्।

क्यानोलाको मूल्य कति?

भुरा माछामात्रै फन्दामा