कहाँ गए उपत्यकाका १५ प्रतिशत विद्यार्थी?
२३ जेष्ठ २०७२
•
९ मिनेट पाठ
कहाँ गए उपत्यकाका १५ प्रतिशत विद्यार्थी?
काठमाडौं- वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका परकम्पनका कारण सुरक्षित आवासको खोजीमा काठमाडौं छोडेर अभिभावकसँग सप्तरी गएका नितेश भुजेल काठमाडौं फर्किएनन्। डल्लुस्थित दिव्यज्ञान स्कुलमा पढ्दै गरेका उनलाई भूकम्पकै डरले अभिभावकले फत्तेपुर नगरपालिकास्थित त्रियुगा इंगलिस स्कुलमा भर्ना गरिदिए। 'भूकम्पले यसरी हल्लाइरहन्छ कसरी ल्याउनू, उहीँको विद्यालयमा भर्ना गरिदियौं,' ताहचलमा भेटिएकी नितेशकी आमा गोमा भुजेलले भनिन्, 'ट्रान्सफर गर्न मिल्ने भए १० कक्षामा पढ्ने छोरीलाई पनि उतै लगेर पढाउँथ्यौं, हामी पनि उतै बसाईं सर्थ्यौं।'ओखलढुङ्गा घर र रामेछाप माइती भइ डल्लुमा बस्दै आएकी रीता ढल्कोटी पनि वैशाख १२ को महाभूकम्पपछि सुरक्षित आश्रय खोज्दै बालबच्चासहित पोखरा पुगेकी छन्। गाउँको घर भत्किएपछि आफ्नै भाइले उनलाई पोखरा बोलाए। भूकम्पले त्रसित उनी अझै राजधानी फर्किने अवस्थामा छैनन्। 'बसन्तपुरको पश्चिमपट्टि पर्ने ढोकाटोलस्थित अरुणोदय स्कुलबाट सारेर नानीबाबुलाई पोखराकै मालेपाटनमा रहेको वीरेन्द्र सेकेन्डरी स्कुलमा भर्ना गरिदियौं,' पोखराबाट टेलिफोनमा रीताले भनिन्, 'एक-दुई दिनमा सामान लिन काठमाडौं फर्किन्छौं।'

महाभूकम्पले उपत्यका छाडेका धेरै परिवारलाई काठमाडौं फर्किने बाटोमा डरको तगारो लगाइदियो। धक्का रोकिएपछि फर्किने मनसाय बनाएकाहरुले पनि बारम्बारको परकम्पनका कारण 'ज्यानभन्दा ठूलो केही होइन' भन्ने मानसिकता बनाएर काठमाडौंको बास अन्यत्र सार्दैछन्। काठमाडौंमा जेनतेज जीवन गुजारा गर्दै आएका न्यून आयका कतिपय परिवारका लागि त भूकम्पको जोखिम नै काठमाडौंप्रति विकर्षणको कारण बनेको छ। भूकम्पकै कारण कतिपयको रोजीरोटी गुमेको छ। त्यही कारण अभिभावकको बाससँगै हजारौं बालबालिकाको पढाइ पनि काठमाडौंबाट तराई र पहाडाका गाउँतिर सरेको छ।
School come into operation  07

काठमाडौंको श्री सुनतखन सेकेन्डरी स्कुलमा विद्यार्थीको हाजिरी गर्दै शिक्षिका। तस्बिर : दिनेश गोले



कहाँ गए १५ प्रतिशत विद्यार्थी?
'भूकम्पपछि खासगरी तराई फर्किएका १५ प्रतिशत विद्यार्थी अझै विद्यालय नफर्किएको हाम्रो अनुमान छ,' निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले भने, 'भूकम्पपछि उपत्यकाका विद्यालयमा कम्तिमा ५ देखि बढीमा ४० प्रतिशत विद्यार्थी अझै अनुपस्थित छन्।'

पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर र केही पहाडी जिल्लाका कयौं विद्यार्थी काठमाडौं नफर्किएको अध्यक्ष केसीले बताए। 'विद्यालय, जिल्ला शिक्षा कार्यालय र अभिभावकसँगको कुराकानीबाट धेरै विद्यार्थीहरु उपत्यका बाहिरै ट्रान्सफर भएर पढ्ने तयारी गरेको मैले पाएको छु,' अध्यक्ष केसीले भने।

कक्षा १० मा पनि ट्रान्सफर
प्ले ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीले आफूले चाहेको विद्यालयमा ट्रान्सफर भएर पढ्न पाउने व्यवस्था शिक्षा नियमावलीले गरेको छ। तर, कक्षा १० मा स्थानान्तरण हुन पाउने व्यवस्था भने छैन। यस्तो व्यवस्थाका कारण काठमाडौंमा गाँस र आवास नै हराएका अभिभावकहरुले पनि कक्षा १० मा पढ्ने छोराछोरीको पढाइका खातिर पनि अर्को एक वर्ष काठमाडौंमै बस्नुपर्ने बाध्यता देखिन्छ। तर, सरकार भने उपत्यकामा बास हराएका अभिभावकलाई बाध्यतामा पार्ने पक्षमा छैन।

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी लिने तयारीमा रहेका र भूकम्पले प्रभाव पारेका कक्षा १० का विद्यार्थीले वा अभिभावकले चाहेको विद्यालयमा स्थानान्तरण हुन पाउने व्यवस्था गरिदिए आफूलाई मान्य हुने सिफारिस पत्र शिक्षा मन्त्रालयमा पठाइसकेको छ। 'छात्राहरुको विवाह, विद्यार्थीको बसाईंसराई, सरुवामा परेका कर्मचारीका छोराछोरीलाई मात्रै कक्षा १० मा ट्रान्सफर हुन पाउने व्यवस्था वर्तमान शिक्षा नियमावलीमा छ,' परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, 'नियमावली संसोधन गरेर भूकम्प प्रभावितले पनि कक्षा १० मा स्थानान्तरण हुन पाउने व्यवस्था गरिदिए हामीलाई मान्य हुन्छ भन्ने सिफारिस हामीले मन्त्रालयसमक्ष १० दिनअघि नै गरिसकेका छौं।'

कसरी ट्रान्सफर गर्ने?
परीक्षा नियन्त्रण कार्यालयको सिफारिसअनुसार शिक्षा नियमावली संसोधनका लागि शिक्षा मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र मन्त्रिपरिषद्ले नियामावली संसोधन गरेपछि यसै शैक्षिक सत्रका लागि कक्षा १० कै विद्यार्थीले पनि अन्य विद्यालयमा स्थानान्तरण हुने पाउने परीक्षा नियन्त्रक द्वारेले बताए। तर, भूकम्पपीडित हो भनेर स्थानीय प्रशासन (वडा/गाविस/नगरपालिका), जिशिका र विद्यालयले प्रमाणित गरेको कागज आवश्यक हुने परीक्षा नियन्त्रक द्वारेले बताए।

स्थानान्तरण हुन चाहने विद्यार्थीले सम्भव भएसम्म संस्थागत (निजी)बाट संस्थागतमै र सामुदायिकबाट सामुदायिकमै स्थानान्तरण हुन पाउनेछन्। 'विद्यालय उपलब्ध नभए वा विषय नमिले मात्रै अर्को समूहको विद्यालयमा भर्ना हुन पाउँछन्,' उनले भने।
School come into operation  01

स्कुल जाँदै गरेका स्कुले बालबालिका। तस्बिर : दिनेश गोले

प्याब्सनलाई आपत्ती छैन
प्याब्सन अध्यक्ष केसीले विशेष परिस्थितिमा भूकम्पपीडित विद्यार्थीलाई कक्षा १० मै पनि ट्रान्सफर गर्न दिने सरकारी नीतिलाई आफूहरुले सहयोग पुर्याथउने बताए। 'यस्तो विपत्ती सधैं हुँदैन,' उनले भने, 'साँच्चै अप्ठ्यारो पर्ने विद्यार्थीलाई हामीले ट्रान्सफर हुन सघाउँछौं, अझै १०-१५ दिन हेर्छौं, त्यसपछि पनि भर्ना हुन नआउने विद्यार्थीलाई ट्रास्फर हुन सहयोग गर्छौं।'

शिक्षा विभागका निर्देशक खगेन्द्रप्रसाद नेपालले बालबालिकका पढाइ अभिभावकको पेसा, व्यवसाय र रोजीरोटीसँग प्रत्यक्ष गाँसिएको हुने बताए। 'भूकम्पका कारण काठमाडौंका कतिपय अभिभावकले रोजगारी वा रोजीरोटी नै गुमाउनुपरेको अवस्था छ,' उनले भने, 'त्यस्ता अभिभावकलाई आफ्ना बालबालिका आफूले चाहेको ठाउँमा पढाउन सरकारले सघाउनुपर्छ भन्ने मान्यता सबैको छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस