काठमाडौं-जोरपाटी दक्षिणढोकाबाट अपहरणमा परेका १० वर्षीय बालकको अपहरणकारी खोज्दै आइतबार बेलुका बालकोट र कौशलटार पुगेको प्रहरीले दुई आरोपीलाई नियन्त्रणमा लिएलगत्तै सोधे, ‘बालक खै?' दुबैले तर्सिंदै एकै स्वरमा भने, ‘सर, त्यो त मरिसक्यो, जंगलमा छ।'अपहरणकारीको जवाफले डिएसपी रमेश थापाको नेतृत्वमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली कत्ति पनि हड्बडाएन। दक्षिणढोकाको अर्याल गाउँका भीमसेन बन्जाराका १० वर्षीय छोराको अपहरण आरोपमा प्रहरीले भीमबहादुर मगर र रुद्र खत्रीलाई पक्राउ गरेर टेकुस्थित कार्यालयको हिरासतमा राखेको छ।
५० लाख असुल्ने योजनासहित अपहरण गरिएका बालक आरोपीको दाबीझैँ मृत हैन, जीवितै थिए। अपहरणका आरोपी प्रहरीको चिसो खोरमा पुग्दा मृत्युको मुखबाट भाग्यवश जोगिएका ती बालक नेपाल मेडिकल कलेज अत्तरखेलको बेडमा स्वास्थ्यलाभ गरिरहेका थिए।
जेठ २३ गते दिउँसो खत्री र मगरले ५० लाख असुल्ने योजनासहित सिन्धुपाल्चोक, धुवाँचौरका सामान्य आर्थिक अवस्थाका बन्जाराका छोरालाई अपहरण गरी तीन किलोमिटर परको जंगलमा लगेर खाल्डो खनी पुरेका थिए।
महाशाखा प्रमुख पुष्कर कार्कीका अनुसार फुटबल खेल्ने भन्दै यी दुवैले ती बालकलाई फर्काएर जंगलमा लगेर कुटपिट गरे। कुट्ने क्रममा बालक चिच्याउन थालेपछि पोल खुल्ने डरले दुबैले बालकको मुख थुने अनि घाँटी अँठ्याए। केही समयमै बालक लल्याकलुलुक भएपछि ‘लौ मर्योल' भन्दै खाल्डो खनेर पुरे।
ती बालकको भाग्य बलियो रहेछ। उनीहरुले खनेको खाल्डो सानो थियो। बालक पुरिएनन्। हड्बडाएका अपहरणकारीले बालकलाई झिकेर फेरि खाल्डो खन्ने आँट पनि गरेनन्। जति पुरिन्छ, माटोले पुरिदिए अनि वरिपरिको स्याउला र पत्करले बाँकी भाग छोपेर भागे।
टाउको र मुहारमा चोट लागे पनि बालक बेहोसमात्रै भएका थिए। खाल्डोमा पुरिएको करिब २ घन्टापछि बेलुका ५ बजे उनको होस खुल्यो। होसमा आउँदा उनी खाल्डोमा पुरिएका थिए।
हतारमा खाल्डोमा हालेकाको माटो त्यत्ति कसिएको थिएन। बालकले बिस्तारै माटो खोसि्रए अनि घिसि्रँदै अल माइट्ली मोडल स्कुलनजिकै आइपुगे। विद्यालयबाहिर रुँदै गरेको घाइते बालक देखेर स्कुलका एक शिक्षकले अत्तरखेलस्थित अस्पताल पुर्या।ए र अभिभावकको खोजी गरे। बन्जारा परिवार अस्पताल पुगेपछि बल्ल घटनाबारे खुल्यो।
अनुसन्धानमा संलग्न डिएसपी थापाका अनुसार बन्जारा परिवार बस्ने घरमै मगर डेरामा बस्थे। उनले नै खत्रीसँग १० वर्षीय बालकलाई अपहरण गरी बन्जारा परिवारसँग पैसा असुल्ने योजना बनाएका थिए। प्रहरीका अनुसार उनले एक महिनादेखि नै अपहरणको योजना बनाएका थिए।
शनिबार दिउँसो ३ बजे बालक एक्लै देखेपछि मगरले उनलाई फुटबल खेल्न जाने प्रस्ताव गरे। पहिला एउटै घरमा डेरामा बसेकाले बालकले मगरमाथि शंका गरेनन्। मगरले उनलाई फकाउँदै अर्याल गाउँनजिकको पसलसम्म पुर्यााए, त्यहाँ रहेका खत्रीले उनलाई दुईवटा चाउचाउ किनेर नजिकैको कृष्णमन्दिरतिर डोर्यारए। त्यहाँको डाँडामा केही समय बसेपछि दुवैले बालकलाई फकाउँदै जंगलभित्र लगेर दिदीको नम्बर लिए।
बालकको अपहरण गरे पनि राख्ने ठाउँ निश्चित थिएन। मगरको कोठामा ल्याउँदा पोल खुल्ने डर, खत्रीको कोठामा पनि लैजान नसकिने भएपछि दुवैले बालकको हत्या गर्ने योजना बनाए। ‘मार्ने योजना बनाएपछि उनीहरुले छुरी देखाएर बाललाई तर्साए र कुट्न थाले,' डिएसपी थापाले भने, ‘कुट्दा बालक चिच्याएपछि तर्सिएका उनीहरुले घाँटी थिचे।'
आरोपीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार खत्रीले बालकको घाँटी थिचे भने मगरले मुख थुने। केहीबेरमै बालक चल्न छाडेपछि उनीहरुले खाल्डो खनेर नजिकै रहेको बालुवा र माटोले पुरे। नपुरिएको भाग स्याउला र पत्करले छोपेर भागे।
बालकलाई खाल्डोमा पुरेपछि योजनाअनुसार परिवारको मोबाइलमा फोन गरेर ५० लाख माग्न थाले। त्यो बेलासम्म बालक अस्पताल पुगिसकेका थिए भने परिवारले आफ्नो सन्तान भेटिसकेकाले उनीहरुको फोनको वास्तै गरेनन्, न प्रहरीलाई नै जानकारी गराए।
मगर र खत्रीले पुनः आइतबार फोन गरेर सोमबार सिन्धुपाल्चोकको कालापत्थरमा ५० लाख लिएर आउनू भन्दै धम्क्याएपछि महानगरीय प्रहरी वृत्त बौद्धसम्म सो सूचना आइपुग्यो। बालक अपहरणको केस भएकाले गम्भीर अनुसन्धान गर्ने तयारीमा प्रहरी जुट्यो।
घटनाबारे जानकारी आएलगत्तै प्राविधिक अनुसन्धानमा जुटेको प्रहरीले सम्भावित आरोपीबारे खुलायो र बेलुका ८ बजे भक्तपुर गएर दुवैलाई पक्राउ गर्न सफल भयो। प्रहरीले उनीहरुको साथबाट फिरौती माग्न र धक्याउन प्रयोग भएको सिम र छुरी फेला पारेको छ।
दोलखा मार्बु–९ का मगर पहिला सवारीचालक थिए। सवारी दुर्घटनापछि गोकर्णबाट भागेर भक्तपुर डेरा सरेका उनी पछिल्लो समय पेन्टिङको काम गर्दै आएका थिए। दोलखा मार्बु–३ का खत्रीसँग उनको हिमचिम कामकै सिलसिलामा भएको थियो।
अनुसन्धानकर्ता थापाका अनुसार अपहरण गर्योै भने सजिलै पैसा आउँछ भन्दै मगरले नै योजना सुनाएका थिए। गोकर्णमा एक परिवार रहेको र त्यसको बच्चा अपहरण गर्योछ भने ५ लाखसम्म असुल्न सकिने बताएपछि खत्री राजी भएका थिए।
एसएसपी कार्की पक्राउ दुवै अभियुक्तको यसअगाडिको आपराधिक पृष्ठभूमि नदेखिएको र पहिलो योजना नै अपहरण जस्तो गम्भीर अपराधको बनाएको बताए। ‘अहिलेसम्म उनीहरुको गम्भीर प्रकृतिको आपराधिक रेकर्ड देखिएको छैन,' एसएसपी कार्कीले भने, ‘उनीहरुले अपराधको दुनियाँमा प्रवेश नै गम्भीर अपराधबाट गरेका थिए, यसमा सफल भएका भए प्रहरीलाई मुस्किल पार्थे।'

सिकारु अपहरणकारी