काठमाडौं-‘भूकम्प जाँदा जंगलका झारल र घोरल भिरमा लडेर बूढीगण्डकीमा खसे, चरिरहेका गाईबस्तु ब्वाङब्वाङ भीरबाट गुल्टिए,' वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवालीको जिज्ञासामा गोरखा, बारपाकका स्थानीयले सुनाएको भूकम्पीय दृश्यचित्र हो यो। वैशाख १२ को शक्तिशाली भूकम्पले मानवीय र भौतिक क्षति मात्र पुर्याएन, घरपालुवा चौपाया र वन्यजन्तुमा पनि निकै ठूलो क्षति पुर्यायो।
विज्ञको प्रारम्भिक अध्ययनले औंल्याएको छ– भूकम्पले मानवीय जीवनचक्र नै खलबलिएको छ, प्रकृतिको अवस्थिति नै उथलपुथल पारिदिएको छ।
क्षतिको अर्को संस्करण आउँदो बर्खामा भोग्नुपर्ने पनि उनीहरुको आँकलन छ।
केही दिनअघि गोरखा पुगेका ज्ञवालीले स्थानीयलाई सोधेका थिए, ‘त्यस दिन (वैशाख १२) वरपरको वनजंगलमा के भएको थियो? ज्ञवालीले उनीहरुलाई सोधे।

गैंडाविज्ञ ज्ञवाली जैविक विविधता र वन्यजन्तुमा परेको असरबारे अध्ययन गर्न बारपाक पुगेका थिए। डा. शंकर शर्मा नेतृत्वको अनुसन्धान टोलीले पनि प्रारम्भिक अध्ययनबाट मानवीय जीवनचक्र खलबलिएका र बिथोलिएका थुप्रै तथ्य फेला पारेको छ।
उनको टोलीमा कृषि, वन, जलस्रोत, भू–संरक्षण, लैंगिक समानतालगायत क्षेत्रका अनुसन्धानकर्ता सम्मिलित छन्।
‘गाँउलेको भनाइ सुन्दा थुप्रै वन्यजन्तु मरेको पुष्टि हुन्छ,' स्थलगत अध्ययनबाट फर्किएका ज्ञवालीले भने, ‘अबको वर्षायाममा हुने सम्भावित क्षति हेर्न बाँकी नै छ।'

उनले देखे– नदीकिनारका धेरैजसो भिरपाखा कम्पनले फुटाएको छ। कालिगण्डकी, सेती, दरौंदी, त्रिशूली, बूढीगण्डकी र मध्यमर्स्याङ्दीमा यसको बढी असर छ।
‘यी नदीकिनारका भिर वर्षातसँगै नदीमा खस्न थाले भने अझ ठूलो विपत आउन सक्छ,' उनले भने, ‘नदी थुनिँदा तल्लो तटीय बस्ती र जैविक विविधतामा ठूलो विपत्ति आउन सक्छ।' उनको बुझाइमा यसले सबैभन्दा बढी क्षति देवघाट, आरुघाट र त्यसभन्दा पनि तल्लो तटमा गर्छ ।
‘चट्टान, ढुंगा र माटोसहितको पहिरो यी नदीमा खसेर थुनिने र एक्कासि फुट्यो भने नारायणी नदीको तल्लो तट त्यसमा पनि चितवन निकुञ्जका वन्यजन्तु र निकुञ्ज विनाशको सम्भावना देखिन्छ,' उनले भने।

ज्ञवालीका अनुसार नारायणीका दुवै किनार २ सय ५१ गैंडा र झन्डै १५ वटा बाघको बासस्थान मानिन्छ। ‘केही गरी अनुमान गरेअनुसार क्षति भयो भने यी जनावर पनि मासिन्छन्,' ज्ञवालीले भने। उनले वन्यजन्तुको कोरिडोर र गतिविधिसमेत बिथोलिएको बताए।
‘चितुवालगायत वन्यजन्तु त्रसित भएर भत्किएका गाउँबस्तीमा छिर्ने र मानवीय क्षति पुर्या इरहेका घटना पनि बढेको पायौं,' उनले भने।
स्थानीय लापु भिरमा भूकम्पले खसेपछि मनास्लु संरक्षण क्षेत्र पुग्ने बाटो थुनिएको छ। ‘त्यो संरक्षण क्षेत्रमा अत्यधिक वन्यजन्तुको सिकार र गैरकाष्ठ वनपैदावर तस्करी बढेको छ,' ज्ञवालीले भने, ‘यस क्षेत्रमा दुई/तीन सय वर्ष पुरानो जंगल थियो।'
उनका अनुसार गोरखा बजार, लाप्राक र बारपाक वरपर पानीका पुराना मुहान सुकेका छन्। नयाँ ठाउँबाट पानी आउन थालेको छ। ‘जमिन हल्लिएर चर्किएपछि पुराना मुहान थुनिएका ठाउँ धेरै फेला पार्यौं , एक ठाउँ थुनिएर अर्को ठाउँबाट पानी आइरहेका छन्,' ज्ञवालीले भने।
उनका अनुसार गोरखा बजारतल करिब दुई किलोमिटरको मुहान बन्द भएर अर्को ठाउँमा सरेको छ। लाप्राक र बारपाकका तलका पानीका मूल थुनिएर माथि सरेको छ।

यस्तै, काभ्रेपलान्चोक पुगेका अर्का अनुसन्धानकर्ता डा. सुनील रेग्मी अहिले भूकम्पबाट अति प्रभावित जिल्लाका कृषि उत्पादन स्वात्तै घट्ने तर्क गर्छन्। उनका अनुसार स–साना सिँचाइ कुला भत्किएका छन्। सिँचाइका मुहान परिवर्तन भएका छन्।
‘जिल्लाको तथ्यांकअनुसार ९० प्रतिशत पशुचौपाया मरेका छन्। धान खेती गर्ने बेला गोरु मरेका छन्। कृषकसँग खेतबारी खनजोत गर्ने उपाय छैन,' रेग्मीले भने, ‘यसले गर्दा प्रभावित जिल्लामा धान उत्पादन धेरै घट्ने देखिन्छ।'
मकै गोडमेल गर्ने र खेतबारीमा काम गर्ने घरेलु औजार र उपकरण पनि घरसँगै पुरिएकाले कृषकलाई ठूलो समस्या परेको उनले सुनाए। ‘सिँचाइ कुलो भत्किनु, सुक्खापन बढ्नु र औजार–उपकरण नहुँदा मकै उत्पादन पनि कम हुने देखिन्छ,' डा. रेग्मीले भने, ‘त्यसैमा बाँचेका अधिकांश पशुचौपाया अपांग भएका छन्। तिनको उपचार पनि कृषकका लागि चुनौती भएको छ।'
काभ्रेमा २५ वटा पहिरो गएको, सडक, कृषि, वनजंगल र पूर्वाधारमा क्षति पुर्याएको डा. रेग्मीले बताए। काभ्रे र सिन्धुपाल्चोकबाट अहिले बहुमुल्य मानिएका लौठसल्लालगायत जडीबुटी तस्करी भइरहेको तथ्य पनि फेला परेको उने जानकारी दिए। वन्यजन्तु बासस्थान छाडेर बस्तीमा देखिन थालेका छन्। ‘भूकम्पबाट त्रसित वन्यजन्तुको बानीबेहोरासमेत परिवर्तन भएको छ, मान्छेलाई उनीहरुबाट धेरै खतरा छ,' उनले भने।
वन क्षेत्र र नीतिगत अध्ययनमा खटिएका अर्का अनुसन्धानकर्ता सन्तोषमणि नेपालले भत्किएका घरहरुको पुनर्निर्माणका लागि सामुदायिक वनको काठ पर्याप्त हुने बताए। ‘हामी पुगेका जिल्ला र त्यहाँका जिल्ला वन अधिकृतले नै हामीलाई त्यहीँ रिपोर्ट दिनुभयो,' उनले भने।
नेपालको बुझाइमा प्रभावित जिल्लाका प्रायः सर्वसाधारणका पुराना र नयाँ गरी दुइटा घर छन्। ‘दुइटै घर भत्किएका सर्वसाधारणले अब एउटा मात्र बनाउँछन्। यसले गर्दा पनि काठको खपत कम हुने देखिन्छ,' उनी भन्छन्, ‘दुइटा घरको काठले एउटा पक्कै बन्छ।' समग्रमा भूकम्पले प्रभावित वन क्षेत्रको दुई प्रतिशतमा मात्र क्षति पुर्या एको उनले बताए।
टोली सल्लाहकारका रुपमा कार्यरत विश्व वन्यजन्तु कोष, अमेरिकाका ग्रिन रिकभरी एन्ड रिकन्स्ट्रक्सन विज्ञ जोन रेन्डलले विपदलाई अवसरका रुपमा लिनुपर्ने बताए। ‘यो दिगो र वातावरणमैत्री पुनर्निर्माणका निम्ति राम्रो अवसर पनि हो,' उनले भने।
रेन्डलले भूकम्पबाट सबैभन्दा धेरै क्षति भौतिक संरचनामा पुगेको जानकारी दिए। ‘भत्किएका घरका ६० प्रतिशत सामग्री पुनर्निर्माणमा प्रयोग गर्न सकिन्छ। जतिसक्यो धेरै पुरानै वस्तु प्रयोग र दिगो निर्माणमा जोड दिइनुपर्छ,' उनले भने।
अबको निर्माणमा वातावरणीय पक्षमा ध्यान दिन उनले आग्रह गरे। ‘वातावरणीय पक्षलाई भुल्नु हुँदैन, यसलाई भुलेर गरिएको निर्माण बलियो, सुरक्षित र दिगो हुँदैन,' उनले भने।
वातावरण सचिव डा. कृष्णचन्द्र पौडेलको अध्यक्षमा गठन भएको टोलीको नेतृत्व डा. शंकर शर्माले गरेका छन्। टोलीमा १२/१३ जना विज्ञ सहभागी छन्। यी विज्ञले पहिलो खेपमा रसुवा, नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौंका अति प्रभावित क्षेत्र पहिचान गरी स्थलगत अवलोकन गरेका थिए।
‘दोस्रो चरणमा विद्यार्थी अनुसन्धानकर्तालाई तालिम दिएर विस्तृत अध्ययनका लागि पठाउँछौं,' अध्ययनका लागि आर्थिक सहयोग गरिरहेको विश्ववन्यजन्तु कोष नेपाल कार्यक्रमका निर्देशकसमेत रहेका नेपालले भने, ‘दुई महिनामा प्रतिवेदनको मस्यौदा तयार गर्छौं र चार महिनापछि अन्तिम प्रतिवेदन वातावरण मन्त्रालयमा बुझाउँछौं।'