रौतहट– जिल्लाको समनपुर गाविसमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अन्य दुईजना घाइते भएका छन् ।
वुधवार साँझ ५ बजे बीआर ०७ एबी ७२५२ भारतीय नम्बरको मोटरसाइकल समनपुर गाविसको ठाकुर आयल स्टोरनजिक तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा सोही गाविस ४ का ३५ वर्षका शम्भु पासवानको ज्यान गएको छ।
सुन्दरपुरबाट समनपुरतर्फ जाँदै गरेको उक्त मोटरसाईकलमा तीन जना सवार थिए। मोटरसाइकलमा सवार सोही गाविसका विजय पासवान र राकेश गिरी गम्भिर घाइते भएका छन्। शम्भुको घटनास्थलमै ज्यान गएको छ भने घाइतेहरुको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दुर्घटना भएको मोटरसाइकललाई नियनत्रणमा राखेर घटनाको विषयमा अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको प्रहरी निरीक्षक उदयमान दुवेदीले बताए।