नेपाल बार एशोसिएशनको मतगणना आज बिहान ९ बजेदेखि सुरु हुने
२२ चैत्र २०७८
•
१ मिनेट पाठ
नेपाल बार एशोसिएशनको मतगणना आज बिहान ९ बजेदेखि सुरु हुने
नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको छ।




नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९ः०० बजेबाट मतगणना सुरु हुनेछ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए।

नयाँ कार्यसमितिका लागि  प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।

बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ। संसद्मा प्रतिनिधि नभएको साना राजनीतिक सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन्। नेमतिपा कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीले गरेका छन्।

व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिएका छन्। संसद्मा प्रतिनिधि नभएको साना राजनीतिक दलसम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजू श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गरेका छन्। रासस
अर्को समाचार
लुम्बिनी प्रदेशः आगामी सरकार पनि १६८ (२) कै !
०७ वैशाख २०८०
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेशः आगामी सरकार पनि १६८ (२) कै !
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी ११ गते बिश्वासको मत लिँदैछन्। अहिले सम्मको राजनीतिक समिकरणलाई आधार मान्ने हो भने उनले बिश्वासको मत पाउने असम्भव जस्तै छ। कुल ८७ सांसद संख्या रहेको यो प्रदेशमा उनले बिश्वासको मत पाउन ४४ सांसदको साथ पाउनु पर्छ। तर अहिले सम्मको उनको पक्षमा जम्मा ३३ मत मात्रै देखिन्छ।  




११ गते बिश्वासको मत नपाए लुम्बिनीको सत्ता नेतृत्व कसको हातमा जाने? भन्ने प्रश्न अहिले उब्जिएको छ। संविधानको धारा १६८(२) अन्तर्गत वर्तमान गठबन्धनको पक्षमा जाने वा १६८(३) अन्तर्गत पुनः एमालेकै नेतृत्वमा सरकार बन्ने भन्ने अनिश्चितता कायम भएको छ। १६८(३) अन्तर्गत संविधानले गरेको व्यवस्था अनुसार संसदको ठूलो दल एमालेलेनै सरकार बनाउन सक्छ। तर संविधानको धारा १६८ (२) असफल भएमा मात्रै १६८(३) अन्तर्गत सरकार गठन हुने व्यवस्था रहेको कानुनका जानकारहरु बताउँछन्।  

नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसीले लुम्बिनी प्रदेशको सरकार गठनको प्रकृया सुरुमा संविधानको धारा १६८ (२) अनुसार नै हुने बताउँछन्। यो अन्तर्गत कसैले पनि संयुक्त सरकार बनाउन नसकेको खण्डमा मात्रै संविधानको अर्को धारा लागु हुने उनको भनाई छ। ‘संविधानको धारा १६८(२) अन्तर्गतको सरकार कायम रहेको अवस्थामा सुरुमा सोही धारा प्रयोग गरेर सरकार गठन हुन्छ,’ नेपाल बारका पूर्व अध्यक्ष केसीले भने ‘यदि यो धारा अन्तर्गत कसैले पनि सरकार गठन गर्न नसकेको खण्डमा मात्रै अर्को धारामा जाने हो नि।’

वर्तमान सरकार धारा २ अन्तर्गत रहेका कारण अर्को सरकार निर्माण गर्दा स्वतः यो धारा निष्कृय नहुने उनको भनाई छ। ‘अहिले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीले बिश्वासको मत नपाएको खण्डमा प्रदेश प्रमुखले सोही धारा अनुसार नै संयुक्त सरकार गठनका लागि आह्वान गर्नु पर्ने हुन्छ,’ केसी भन्छन् ‘यो बेलामाा जसले बहुमत पुर्याएर सरकार बनाउन सक्छ, उसकै नेतृत्वमा सरकार बन्ने हो, तर कसैले पनि बहुमत पुर्याएर सरकार गठन गर्न सक्ने परिस्थती बनेन भने मात्रै अर्को धारा लागु हुन्छ।’ लुम्बिनी प्रदेशको हकमा मुख्यमन्त्री गिरीले बिश्वासको मत नपाए उनले राजीनामा दिने र बहुमतको संयुक्त सरकार गठनका लागि पुनः आह्वान हुनु पर्ने उनको भनाई छ। ‘प्रदेश प्रमुखको निर्णयमा निर्भर रहने कुरा हो यो,’ उनले भने ‘तर आगामी सरकार निर्माणको संवैधानिक बाटो भनेकै यहि हो।’ संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनका लागि वर्तमान गठबन्धनमा आवद्ध दलहरुले मुख्यमन्त्री समक्ष बहुमत सदस्यको हस्ताक्षर सहित दाबी पेश गरिसकेका छन्। गठबन्धनले कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ।  

यता एमालेले आगामी ११ गते पश्चात कस्तो कदम चाल्ने भन्ने निर्णय गरिसकेको छैन।  ११ गते संसदमा पाउने मतका आधारमा एमालेले आफूले कदम चाल्ने बताउँछ। ‘अहिले नै के गर्ने भनेर एकिन निर्णय भैसकेको छैन, ११ गते संसदमा पाउने मतका आधारमा हामी अगाडी बढ्छौँ,’ एमालेका तर्फबाट स्वास्थ्य मन्त्री बनेका बिष्णु पन्थीले भने ‘त्यसपछि मात्रै हाम्रो आगामी यात्राका बारेमा भनौँला।’ उनका अनुसार आगामी १० गते एमाले संसदीय दलको बैठक बस्दैछ। यो बैठकले पनि सरकारका बारेमा एमालेले आफ्नो दृष्टिकोण बनाउने उनको भनाई छ । एमालेका अर्का सांसद तथा पूर्व सचेतक भुसमिश्वर ढकालले पनि एमालेले आगामी ११ गते पछि एमालेले कुन बाटो अपनाउने भन्ने बारेमा कुनै निर्णय नलिईएको बताए। उनले पनि ११ गते मुख्यमन्त्रीले बिश्वासको मतका लागि प्रस्ताव पेश गरेपछि मात्रै एमालेले आफ्नो आगामी यात्रा तय गर्ने बताए। 
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
यो पनि पढौँ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस