‘कम्पनले कमजोर पहाडमा पहिरो'
२८ जेष्ठ २०७२
•
६ मिनेट पाठ
‘कम्पनले कमजोर पहाडमा पहिरो'
काठमाडौं-भूकम्पको कम्पनले कमजोर बनाएको पहाडमा अत्यधिक वर्षा भएपछि पहिरो गएको विज्ञहरुले औंल्याएका छन्। उनीहरुको अध्ययनमा विगतमा भीषण पहिरो गएका स्थानहरुमै पुनः पहिरो गएको हो।पहिरोविज्ञ रञ्जन दाहालले भने, ‘यो पहिरो जानुका तीन कारण देखिन्छन्। अत्यधिक वर्षा, भूकम्पको धक्काले कमजोर भएको पहाड र पुराना भीषण पहिरो गएको स्थान।' उनका अनुसार नेपालका पहाडमा २४ घन्टामा १४४ मिलिमिटर वर्षा भयो भने पहिरो जान सुरु हुन्छ। ‘यही मात्रामा पानी परेको हुनुपर्छ,' दाहालले भने। उनले यो पहिरोले भुइँचालोले त्यहाँको पहाड पनि कमजोर बनायो भन्ने सन्देश दिएको बताए।
‘त्यसै पनि अहिले पहिरो गएको स्थानमा विगतमा ठूलो पहिरो गएका छन्। त्यही स्थानमा बस्तीहरु बसेका थिए,' दाहालले भने, ‘यस्ता स्थान निकै जोखिमपूर्ण हुन्छन् भन्ने कुरा जान्दाजान्दै पनि त्यहाँ बस्ती बस्यो। धेरै मानवीय क्षति भयो।' उनका अनुसार लिवाङ, खोक्लिङ लगायत ठाउँमा विगतमा पनि भीषण पहिरो गएका थिए। 




दाहालले भूकम्पको केन्द्रबिन्दुबाट दुरीमा रहेको ताप्लेजुङका पहाडसमेत कमजोर भएको सन्देश आइरहेको उल्लेख गर्दै भने, ‘आगामी दिनमा भूकम्पका अति प्रभावित जिल्लामा यो रोग कति सर्ने हो, त्यो विचार गर्नुपर्योभ।' दाहालले वर्षायाम सुरु भएपछि पहिरोको जोखिम धेरै हुने बताए। 

यता, मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठ ताप्लेजुङमा बुधबार साँझ पौने छ बजेदेखि बिहीबार बिहान पौने नौ बजेसम्म १२९ मिलिमिटर वर्षा भएको बताउँछन्। ‘यो सबै पानी बुधबार रातिदेखि बिहीबार बिहानसम्म परेको देखिन्छ,' उनले भने। श्रेष्ठका अनुसार भूउपग्रहबाट प्राप्त तस्बिर हेर्दा रातमा पनि सबैभन्दा बढी वर्षा दुई घन्टाभित्रमा भएको देखिन्छ। ‘राति दुई घन्टा अत्यधिक वर्षा भएपछि बादल पूर्वतिर सरेको देखिन्छ,' उनले भने, ‘त्यहाँ छोटो अवधिमा अत्यधिक पानी परेको हो।' ताप्लेजुङमा अहिलेसम्मकै सबैभन्दा धेरै पानी २०४७ मा परेको थियो। त्यतिबेलाको वर्षायाममा २४ घन्टामा १३४ दशमलव ७ मिलिमिटर वर्षा भएको थियो। ‘यो तथ्यांकले पनि हिजो राति त्यहाँ अत्यधिक वर्षा भएको देखिन्छ,' श्रेष्ठले भने। 
यता दाहाल भने पहिरो गएकै स्थानमा रेकर्ड गरिएको मात्राभन्दा बढी पानी परेको हुनसक्ने बताउँछन्। ‘पहिरो गएको स्थानमै वर्षाको पानी नाप्ने केन्द्र कहाँ हुन्छ र?' उनले भने, ‘त्यहाँ धेरै पानी परेको हुुनुपर्छ।' 
महाशाखाले समुद्री सतहबाट १७ सय ८० मिटर उचाइमा रहेको ताप्लेजुङको लुङथुङ भन्ने स्थानमा वर्षा मापन केन्द्र स्थापना गरेको छ। त्यहाँको केन्द्रले १२९ मिलिमिटर वर्षा रेकर्ड गरेको हो। 
मौमसविद श्रेष्ठका अनुसार बंगालको खाडीबाट आएको जलवाष्फयुक्त बादल र स्थानीय प्रणालीका कारण अत्यधिक वर्षा भएको हो। ‘त्यसै पनि ताप्लेजुङमा तीनचार दिनदेखि हल्का पानी परिरहेको थियो। पूर्वबाट पानी पार्ने बादल नियमित आइरहेको थियो,' उनले भने। 
श्रेष्ठले बिहीबार दिउँसो पनि ताप्लेजुङ क्षेत्रको आकाश सफा नभएको जानकारी दिए। साँझसम्म पूर्वी नेपालको अधिकांश आकाश बादल लागेको देखिन्छ र राति थप पानी पर्ने सम्भावना छ,' उनले भने। यस वर्षको मनसुन भने दुई दिनपछि सुरु हुने उनले जानकारी दिए। 
बिहीबार मौसम प्रतिकूल भएपछि बिहान केहीबेर उद्धार कार्यसमेत प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख बाबुराम भण्डारीले मौसमका कारण समयमै उद्धार टोली पठाउन नसकिएको बताए।
‘पौने दस बजे काठमाडौंबाट हेलिकप्टर पठाएका थियौं। सिधै घटनास्थल जान नसकेर विराटनगर विमानस्थलमा गएर रोकियो। त्यहाँबाट झन्डै एघार बजे उड्यो,' उनले भने। भण्डारीले दोस्रो हेलिकप्टर पठाउने तयारी गरिए पनि मौसमका कारण जान नसकेको बताए। ‘पहिलो हेलिकप्टर पनि ठ्याक्कै घटनास्थलमा बस्न नसकेर अलि वर सशस्त्रको क्याम्पमा बसेर उद्धार कार्य सुरु गरेको थियो,' उनले भने। 
भण्डारीका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिसँग समन्वय गरेर उद्धार कार्य गरिएको छ। ‘हामीले राष्ट्रिय विपद प्रतिकार्य ढाँचा अनुसार काम गरिरहेका छौं,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस