धनुषामा पिकअपले ठक्कर दिदाँ मोटरसाईकल चालकको घटनास्थल मै मृत्यु भएको छ।
मंलवार विहान ८ बजे मिथिला नगरपालिका–११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना.५२ प.५१३० नम्बरको मोटरसाईकल र सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ प ५२६३ पिकअप एकआपसमा ठोकिदाँ मोटरसाईकल चालकको मृत्यु भएकोे हो।
दुर्घटनामा परी रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेरबहादुर रायको मृत्यु भएको इलाका प्रहरी कार्यलय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जनाए।
प्रहरीका अनुसार पिकअप चालक सुनसरी बरहा नगरपालिका–७ बस्ने २४ वर्षीय मनिष खत्री प्रहरीको नियन्त्रणमा छ। मोटरसाइकल चालक रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।