सामुदायिक वन उपभोक्ता समूहमा शुसासन र प्रभावकारी अनुगमनका लागि सरोकारवालाको भूमिमा बिषयक कार्यशाला मंगलबार ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न भएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघको पाथीभरा याङ्वरक गाउँपालिका समितिको समन्वयमा कार्यशाला सम्पन्न भएको हो। कार्यशालामा सामुदायिक वनमा सुशासन अनुगमन र सुदृढीकरणका लागि उपभोक्ता समूह र सरोकारवालाको भूमिका बिषयमा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गरेका थिए।
सामुदायिक वन उपभोक्ता महासंघको पाथीभरा याङ्वरक गाउँपालिका कार्य समिति सचिव शिव अधिकारीका अनुसार सुशासनको अवधारणा, सुशासनका मुख्य तत्व, सुशासनका अनुगमनका सूचकहरु, वन सम्वन्धी कानुनमा सुशासनका लागि गरिएका व्यवस्था,सामुदायिक वनमा सुशासन सुदृढीकरणका लागि सरोकारवालाको भूमिका तथा सुशासन आंकलन तथा मापन विधिका बारेमा छलफल केन्द्रित थियो।
कार्यशालापछि वन उपभोक्ता समूहमा शुसासन सुदृढीकरणका लागि पालिका वन महासंघका आवद्ध वन उपभोक्ता समूहकातर्फबाट कार्ययोजना समेत तयार भएको पालिका स्तरीय सामुदायिक वन उपभोक्ता महासंघका सचिव अधिकारीले जानकारी दिए। वन उपभोक्ता समूहकोतर्फबाट बिजयकुमार डाँगी र हस्तबहादुर भण्डारीले आफ्नो धारणा राख्दै वन क्षेत्रमा बिद्यमान समस्या, निवारणका लागि गरिएका प्रयास र अबका चुनौती र समाधानका उपायबारे बताएका थिए।
कार्यक्रमको उद्घाटन गर्दै पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले वन संरक्षणको अभियानमा सामुदायिक वन उपभोक्ता समूहको भूमिकाको प्रशंसा गर्दै वन संरक्षणका अभियानमा स्थानीय सरकारकोतर्फबाट अधिकतम् पहल लिने विश्वास दिलाए। उपाध्यक्ष रनमाया गुरुङले सामुदायिक वन क्षेत्रमा शुसासन प्रवर्द्धनका लागि आवद्ध समूह र महासंघबाट पहल लिइनु सकारात्मक भएको प्रतिक्रिया दिइन्।
पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले हरेक संगठित संस्थामा सुशासन कायम भएमा संस्थागत उन्नतीका लागि राम्रो सुरुवात हुने बताए। कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिकाका जर्नादन निरौलाको समेत उपस्थिती रहेको थियो। सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार वन समूह भित्र आर्थिक, कानुनी, सामाजिक र सहभागितात्मक सुशासन प्रवर्द्धनका लागि महासंघले अभियान थालेको बताए।