यशोधरा गाउँपालिकाकाले स्वास्थ्य सेवामा पहुँच बढाउन १ सय ५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई साईकल बाँडेको छ। गाउँपालिका भित्र रहेका ८ वटै वडाका सबै महिला स्वयंसेविकाहरूलाई मंगलबार एक कार्यक्रमका बीच साईकल बाँडिएको हो।
गाउँपालिकाका प्रमुख गिरिजेशकुमार पाण्डेय, उपप्रमुख कन्यावती उपाध्याय र वडाध्यक्षहरुले महिला स्वयंसेविकाहरूलाई साईकल हस्तान्तरण गरेका थिए। गाउँपालिकाको स्वास्थ्य अवस्थामा सुधार गरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन साईकल बाँडिएको गाउँपालिका प्रमुख पाण्डेयले बताए। गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उनले साईकल पाएपछि महिला स्वयंसेविकामा काम गर्न उत्साह थप हुने विश्वास ब्यक्त गरे।
आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम समयमा आफूले बाल बिकास केन्द्रका सहजकर्ता र कक्षा ८ मा पढ्ने छात्रालाई समते साईकल बाँड्ने योजना रहेको बताए। आफू अर्को कार्यकालका लागि प्रमुखमा चुनिए सबै महिला स्वयंसेविकालाई स्कुटर समेत प्रदान गर्ने आश्वासन दिए। सो अवसरमा गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष श्याम नारायण उपाध्यायले महिला स्वयंसेविकालाई काम गर्न सहजताका लागि साईकल उपलब्ध गराइएको बताए। यसले महिला स्वयंसेविकाको उत्साह बढाउने उनले बताए।
सो अवसरमा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र मिश्राले महिला स्वयंसेविकालाई कार्यक्षेत्रमा आउँजाउँ गर्न सहजताका लागि कार्य योजना अनुसार साईकल दिइएको बताए। साईकल पाएपछि महिला स्वयंसेविकाहरु दंग छन्। साईकल पाएर खुशी भएकी गाउँपालिका वडा नम्बर ५ की गीता गुप्ताले कार्यक्षेत्रमा खटिन आफूहरुलाई निकै सहज हुने बताइन्। ‘साईकल नहुँदा कार्यक्षेत्रमा पैदल जानु पर्थ्याे तर अब भने साईकलमा आउँजाउँ गर्दा निकै सजिलो हुनेछ,’ उनले भनिन्।
प्रमुख पाण्डेयको अध्यक्षता र चन्द्रकुमार तिवारीको संचालनमा भएको कार्यक्रममा उपप्रमुख उपाध्याय, वडा नम्बर १ का अध्यक्ष शिवपुजन पासी, २ का अध्यक्ष अब्दुल रसिद मुसलमान, ३ की अध्यक्ष सरिता त्रिपाठी, वडा नम्बर ७ का अध्यक्ष चन्द्र प्रकाश दुबे, सल्लाहकार माधव पराजुली लगायतको सहभागिता थियो।