ट्युसन हिँडेकी किशोरीको हत्या
२३ चैत्र २०७८
•
३ मिनेट पाठ
ट्युसन हिँडेकी किशोरीको हत्या
मृतक कविता सुनुवारको फाइल फोटो।
बेलका नगरपालिका ६ किराँत चोककी १६ वर्षीया कविता सुनुवार मंगलबार पनि अरु दिन झैँ झिस्मिसेमै व्यूँझिन्। हातमुख धोएर नित्य कर्म सकेपछि आमालाई सामान्य घरको काम सघाउँदै गर्दा छिमेकी सँगी सरिता ढकाल खत्री उनकै घर आईपुगिन्।




स्थानीय कोशी जनता माद्यमिक विद्यालयमा कक्षा १० सँगै पढ्ने उनीहरू विहान दिउँसो सँगै ट्युसन र कक्षा जाने–आउने गर्थे। एसईई तयारीमा रहेका उनीहरू स्कुल हिँड्दा विहानको ५ बज्दै थियो। तर, ६ बजेदेखि सुरु हुने कक्षामा सामेल हुन पुग्नुपर्ने कविता सँधा झैँ स्कुल पुग्न पाइनन्। घरदेखि केही पर बेलका ३ डंगटोलस्थित यशोदा खोलामा उनको रहस्यमय तरिकाले हत्या भयो।

स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताले धर्ती छाडिसकेकी थिइन्।

कृष्ण सुनुवारकी छोरी कविता पढ्ने कोशी जनता माविको प्रांगणै भएर मदन भण्डारी लोकमार्गमा रातदिन बाक्लो सवारी यातायात चल्छन्। सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने विद्यालय पुग्न इलाका प्रहरी कार्यालय रामपुरदेखि मुस्किलले ५ मिनेटको सडक दूरी र गाडीमा आधा घण्टा खर्चनुपर्ने हुन्छ। कविताको घर भने स्कुलदेखि आधाघण्टा पैदल दूरी लाग्ने गाउँमा छ। कच्ची बाटो, पैदल हिडाई र एकान्त ठाउँ पारेर अपराधीले उनको ज्यान लिने आँट गरेको अनुमान प्रहरीले गरेको छ। 

हत्या हुनुको रहस्यको पर्दा अहिल्यै नखुलिहाले पनि घटनामा संलग्न आशंकामा प्रहरीले सरिता र उनकै नातामा दाजु पर्ने विनोद ढकाल खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

बिनोद भारतको सिक्कीम राज्य वियुङ स्थायी घर भई बेलका ३ स्थित काका जितबहादुर ढकाल खत्रीको घरमा बस्दै आएको प्रहरी भनाई छ। सँगै स्कुल गएका उनीहरुमध्ये कविताको हत्या हुनुले सरितातर्फ पनि शंकाको सुई घुमेको प्रहरीले जनाएको छ। उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालेको जनाइएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराका अनुसार किशोरीको टाउको पछाडि ढुंगाले हिर्काएर हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनको भनाई छ। विस्तृत सत्यतथ्य खुल्न भने पोष्टमार्टम रिपोर्ट नै पर्खनुपर्ने एसपी बोहराले बताए।

मृतकको शव पोष्टमार्टमका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट आउन बाँकी रहेकाले अहिल्यै सबै कुरा नखुल्ने उनी बताउँछन्। घट्नामा संलग्न भएको आशंकामा पक्राउ दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु भएको प्रहरी भनाई छ।

स्थानीयका अनुसार भारत घर भए पनि बेलाबेलामा काकाको घर आएर खेती किसान र घाँस गोठालो गर्न सघाउने विनोदले कवितालाई एकतर्फी प्रेम गरेको अनुमान छ। तर, नजिकै पर्न नमान्ने कवितालाई उनकै साथी (सरिता) मार्फत नजिकिन खोज्दा पनि पार नलागेपछि उनकै सहयोगमा सँगै हिडाएर हत्या गरेको हुन नसक्ने अनुमान स्थानीयको छ।

कविताको हत्या घट्नाले बेलकाबासीमा त्रास छाएको छ भने विद्यालय परिवार र पुरै गाउँमा शोक छाएको छ। धेरैले छोरी बचाउने सुरक्षा चुनौती बढेको भन्दै हत्यारालाई तत्काल खोजी गरी हदैसम्मको सजाय दिनुपर्ने माग गरिरहेका छन्।

विद्यालयले मंगलबारै एक विज्ञप्ती प्रकाशित गरी कक्षा १० मा अध्यनरत सुशील छात्रा कविताको हत्यालाई क्रुर र अमानवीय भन्दै भत्र्सना गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण साहद्वारा जारी विज्ञप्तीमा स्कुल पढ्न आउदै गरेकी छात्रामाथि भएको यस्तो क्रुर, अमानवीय र हिंसक घट्नामा संलग्नलाई तत्काल पत्ता लगाएर हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

यस्ता घट्नाले बेलका नगरबासीको सुरक्षा चुनौती बढेको र खासगरी बालिका र महिलामाथि अझ गम्भीर असुरक्षा बढेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन सरोकारवालाहरुलाई आग्रह गरिएको छ।

त्यसैगरी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बेलका नगर समिति, बेलका नगरपालिका शिक्षा विकास समिति, बेलका शैक्षिक संस्था संघलगायत बिभिन्न दलनिकट तथा सामाजिक र पेशागत संघसंस्थाहरुले  विज्ञप्ती प्रकाशित गरी घट्नाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

यसअघि समाचारमा भएका केही त्रुटीहरू सच्चाइएकाे छ। 
अर्को समाचार
डढेलोले बाख्रा फार्म ध्वस्त
१२ वैशाख २०८१
•
४ मिनेट पाठ
डढेलोले बाख्रा फार्म ध्वस्त
लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।  




प्रहरीका अनुसार डढेलोबाट उम्केको आगोले अघिल्लो दिउँसो बेलका नगरपालिका– ५ घुम्नेस्थित सन्तोष मगरको बाख्रा फार्म जलेर नष्ट भएको थियो। बेलका तरी जंगलमा लागेको डढेलोबाट उम्केको आगोले घुम्नेस्थित मगरको काठ र टाटी बेराले बारेको बाख्रा फार्ममा आगलागी हुँदा तीन लाख रूपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।  

एसपी थापाका अनुसार आगलागीबाट चौपाया र मानवीय क्षति भने हुन पाएन। दिउँसो १ः३० बजे सुरु भएको आगलागीबाट मगरको तीन लाख रूपैयाँबराबर क्षति भएको छ। स्थानीय प्रहरी चौकी लालबजारबाट खटेको टोलीले स्थानीय तथा दमकलको सहयोगमा दिउँसो २ः५० बजे आगो नियन्त्रणमा लिएको उनले बताए।  

उता डढेलोकै आगो सल्केर दुई घर, दुई मतान र तीन गोठ जलेर ध्वस्त भएका र पहाडी गाउँपालिका लिमचुङबुङ–५ मा तीन गाउँ जोखिममा पर्नेगरी डढेलो फैलिएको छ।

स्थानीयका अनुसार चार दिनअघि सुरु भएको हुरुङ्मा सामुदायिक वन उपभोक्ता समूहको जंगलको डढेलोबाट सल्केको आगोबाट साविक जाँते गाविस– ५ को चौलानेस्थित अशोक राई र बयानसिंह राईको घर, मतान र गोठ तथा कुमार राईको गोठ जलेर नष्ट भइसकेको छ।  

उनीहरूको उद्धार र राहत वितरण गर्न नभ्याउँदै सोही डढेलो फैलिएर टोड्के, चौतारे र खोस्टुङका २५ घरधुरी परिवार उच्च जोखिममा परेका छन्।

डढेलोले टोड्केस्थित जनता मावि (१–१२) रसुवा जाँते र आसपासका २५ भन्दा बढी घरधुरी जोखिममा परेको विद्यालयका शिक्षक कुम्भराज राईले बताए। त्यस्तै चौतारे र तल्लो चौतारेका ५ घर र खोस्टुङका २९ घरधुरी परिवार आगलागीको उच्च जोखिममा परेको पनि शिक्षक राईले बताएका छन्।

उनका अनुसार डढेलोको लप्काको ठूलो ज्वाला विद्यालयमुनिको जङ्गलमा लपेटिरहेको छ। आगलागीको जोखिमबाट सतर्क रहन शिक्षक, विद्यार्थी र अभिभावक सबैतिर परिचालन भएको पनि राईले बताए। अघिल्लो दिन पुरै नियन्त्रणमा आइसकेको डढेलो मंगलबार बिहान एक्कासि विद्यालय र गाउँ नै जोखिममा पार्नेगरी फैलिएपछि पुरै स्थानीय त्रसित हुन पुगेका छन्।  

आगो नियन्त्रणका लागि स्थानीय समुदाय प्रत्येक घरधुरीबाट कम्तीमा एकजना खटेर डढेलो नियन्त्रणको प्रयासमा लागेका छन्।  

आगलागीको जोखिममा परेपछि स्थानीयले सदरमुकामबाट प्रहरी र वन कर्मचारीको सुरक्षा माग गरेका छन्। स्थानीयको मागअनुसार इलाका प्रहरी कार्यालय लिमचुङबुङबाट टोली पठाएर आगो नियन्त्रणको प्रयासमा सहयोग गरिरहेको एसपी थापाले बताएका छन्।

गाउँलेको आग्रहअनुसार इप्रकाबाट टोली पठाएर आगो नियन्त्रणमा सहयोग गरिरहेको थापाले बताए। एसपी थापाका अनुसार सदरमुकामदेखि टोली पठाउँदा समय लाग्ने तथा पर्याप्त जनशक्ति नभएकाले गाउँकै प्रहरीमार्फत स्थानीय उपभोक्तालाई परिचालन गरी आगो नियन्त्रण गर्न लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आगो नियन्त्रणका लागि स्थानीयले प्रहरी र वन कर्मचारीको माग गरेको पुष्टि गरेका छन्। उनले भौगोलिक रूपमा टाढा र विकट भएकाले सुरक्षाकर्मी परिचालन गर्न समस्या भएकाले स्थानीय प्रहरी चौकी र उपभोक्ताबाटै नियन्त्रण गर्न निर्देशन दिइएको सिडिओ घिमिरेले बताए।

‘टाढा र विकट भूगोल भएकाले सदरमुकामबाट पठाइएको प्रहरी टोली घटनास्थल पुग्दासम्म घटना भइसक्ने हुनसक्छ,’ सिडिओ घिमिरेले भने, ‘त्यसैले स्थानीय प्रहरी र गाउँलेकै पहलमा आगो नियन्त्रण गर्न प्रयास जारी राख्न उपयुक्त हुन्छ भन्ने लाग्छ।’

लिमचुङबुङ गाउँपालिका डिभिजन वन कार्यालय कटारीमातहत पर्छ। तर, डिभिजन कार्यालयले भने आगो नियन्त्रणको कुनै पहल नगरेको स्थानीयको गुनासो छ। चार दिनअघि डढेलो लागेदेखि नै नियन्त्रणमा सहयोग गर्न डिभिजनमा सम्पर्क गर्दा डिभिजन प्रमुख अनिरुद्धप्रसाद साहसँग फोन सम्पर्क हुन नसकेको उनीहरूको गुनासो छ।

डढेलो नियन्त्रणका लागि वन कर्मचारी मगाउन पटकपटक सम्पर्क गर्दा डिएफओले साहले सरकारी मोबाइल नम्बर नउठाएको उनीहरूको गुनासो छ। फोन नउठेको भन्दै सिडिओमार्फत डिएफओ साहलाई वन कर्मचारी पठाएर डढेलो नियन्त्रण गर्न निर्देशन दिनका लागि स्थानीयले आग्रह गरेको बताएका छन्।

व्यापक स्थानीयको सहभागितामा हाललाई डढेलो केही मत्थर हुनेगरी नियन्त्रणमा आएको तर चर्को हावाहुरी चलिरहेकाले कुनै पनि बेला उर्लेर गाउँमा क्षति गर्न सक्ने सम्भावना बाँकी नै रहेको स्थानीयले बताएका छन्। ३–४ दिनयता दिनरात लगातार डढेलो नियन्त्रण गर्ने काममा व्यस्त हुनुपर्दा मकै छर्ने समय नै भड्किन लागेको स्थानीयको गुनासो छ।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस