सङ्खुवासभा–नुम–५, फ्याक्सिन्दा दोभानमा शुक्रबार राति ९ बजे गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। पहिरोमा परी ३२ वर्षीय रोशन तामाङ, उनकी श्रीमती २८ वर्षीया उर्मिला र १९ महिनाकीछोरी सुनिता बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पावाखोला–३ घर भएका उनीहरु कोशी राजमार्गमा पर्ने फ्याक्सिन्दा दोभानमा पसल गर्दथे।पहिरो आएको थाहा पाएपछि बच्चा च्यापेर घरबाहिर निस्किएका उनीहरु पहिरोमा बेपत्ता भएको स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। सोही स्थानका १९ परिवारका ८१ जना पनि बिस्थापित भएका छन्। उनीहरु सुरक्षित स्थानको खोजीमा नुम–४ तर्फ आउँदै गरेको डिएसपी कमल थापाले बताए। बेपत्ता तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बुधबार बेलुकी नै मकालु–८, तल्लो वालुङमा तीन घर पहिरोले बगाएको छ। पहिरोले घर ढलाएपछि भित्र थुनिएका तीन जनालाई भने स्थानीयले तत्काल उद्दार गरेका थिए। बाँकीले भने भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन्।माथिको खेतबारीमा पहिरो गएपछि त्यसले गाउँसमेत बगाएको स्थानीय निकेश राईले नागरिकन्युजलाई बताए। 'जमीन पुरै फाटेको छ। पानी परे अझै पहिरो जाने पक्का छ। उद्दारका लागि कोही आएका छैनन्', उनले फोनमा भने। उनका अनुसार, तल्लो वालुङका २४ घर पहिरोको जोखिममा परेका छन्।
मकालु प्रहरी चौकीबाट त्यसतर्फ गएको प्रहरी टोली भने बिचबाटोबाटै फर्किएको छ। स्थानीय ईसुवाखोलामा गएको पहिरो छिचोल्न नसकेपछि टोली फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।मकालु–५ को लुम्दुसामा पनि पहिरोले गाई, बाख्रालगायतका चौपाय बगाएको प्रहरीले जनाएको छ।