काठमाडौं-मानव तस्कर समूहले भूकम्प प्रभावित जिल्लाका युवतीलाई स्थलमार्ग हुँदै भारत पुर्याकएर बिक्री गर्ने क्रम वृद्धि भएपछि प्रहरीले नेपाल–भारत सीमामा निगरानी बढाउन चेकपोस्ट थपेको छ।युवतीलाई भारतका यौन बजार र भारत हुँदै हवाईमार्गबाट खाडी तथा अफ्रिकी मुलुक लैजान मानव तस्करीमा संलग्न समूहको सक्रियता बढेपछि ११ जिल्लाका १४ सीमावर्ती क्षेत्रमा चेकपोस्ट बढाएको प्रहरीले जनाएको छ।
यस अगाडि सीमावती क्षेत्रका ८ स्थानमा चेकपोस्ट थिए। तर, मानव तस्करहरूले चेकपोस्ट नरहेका जिल्लाको सीमा हुँदै युवती र बालबालिकालाई भारत पुर्यारउने गरेको निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले चेकपोस्ट बढाएको हो।
प्रहरीका अनुसार भूकम्प प्रभावित जिल्लामा गई घरबारविहीन भएका युवतीलाई कामको प्रलोभन देखाई भारत हुँदै तेस्रो देश लैजाने र भारतका विभिन्न सहर पुर्याभएर बिक्री गरेको र बिक्री गर्न लैजाँदै गर्दा फेला पर्ने घटना बढेको छ।
पछिल्लो समय मुम्बई र उत्तर प्रदेशको कोठीमा भूकम्प प्रभावित सिन्धुपाल्चोक र नुवाकोटका १५ युवती फेला परेका थिए। यस्तै, मेघालय पुर्या एकी एक युवतीको उद्धार भएको थियो। भारतीय युवाको पछि लागेर पञ्जाब जान हिँडेका ४ युवती महेन्द्रनगरको वनबासामा फेला परेका थिए भने कुवेत हिँडेका ५ जना नेपाली युवती जोगबनीको भन्सार गेटमा भेटिएर बेचिनबाट जोगिए।
युवती र बालबालिकाको ओसारपसार रोक्न स्रोत, ट्रान्जिट अनि गन्तव्य पहिल्याउँदै नियन्त्रणका लागि सीमामा प्रहरी परिचालन बढाइएको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी सुरेन्द्रबहादुर शाहले बताए। उनले पहिल्यैदेखि सञ्चालित ८ नाकाका चेकपोस्टलाई सुदृढीकण गर्दै थप १४ स्थानमा चेकपोस्ट स्थापना गरी चौबीसै घन्टा निगरानी सुरु गरिएको जानकारी दिए।
‘भूकम्पपछि युवती र बालबालिकाको ओसारपसार बढ्न सक्ने भएकाले प्रभावित जिल्ला र त्यस आसपासका प्रभावित क्षेत्रमा प्रहरीले निगरानी बढाइसकेको थियो,' शाहले नागरिकसँग भने, ‘सीमामा जाँच कडाइ गरे पनि युवती भारत पुग्न थालेको देखिएपछि थप १४ स्थानमा चेकपोस्ट राखेर निगरानी सुरु गरेका छौं।'
कहाँ थपिए चेकपोस्ट
अपराध अनुसन्धान विभागका अनुसार इलामको पशुपतिनगर, झापाको भद्रपुर, सिरहाको ढाडी, सर्लाही, खजुरी, सिरहाको भिट्टामोड, रौतहटको गौर, सुनसरीको इनरुवा, त्रिवेणी, नवलपरासीको महेशपुर, दाङको बेलहिया, बर्दियाको गुलरिया, धनगढी र बेलौरीमा नयाँ चेकपोस्ट राखिएको हो।
झापाको काँकडभिट्टा, विराटनगरको रानी, सिन्धुपाल्चोकको तातोपानी, कञ्चनपुरको ग•ाचौकी, रुपन्देहीको सुनौली, नेपालगन्जको जमुनाह र कैलालीको त्रिनगरको नेपाल–भारत सीमा तथा काठमाडौंको थानकोटमा प्रहरी चेकपोस्ट यसअघिदेखि नै सञ्चालित छन्।
शाहका अनुसार अहिले सामान्य रूपमा प्रहरी बसेर सीमा क्षेत्रमा आवतजावत गर्नेहरूमाथि निगरानी, शंका लागेकाहरूको सोधपुछ र जाँचको काम सुरु भइसकेको छ। कम्प्युटर र क्लोज सर्किट टेलिभिजनसहित राष्ट्रिय तथ्यांकसँग जोडेर सुविधासम्पन्न चेकपोस्ट बनाउने प्रयास भइरहेको शाहले जानकारी दिए।
‘पुरानो ८ र नयाँ १४ गरी २२ नाकामा जाँचपड्तालको काम सुरु भइसक्यो,' शाहले भने, ‘सिसिटिभी र डिजिटल नेटवर्किङको तयारी भइरहेको छ।'
प्रहरी प्रवक्ता कमलसिंह बम नेपाल–भारत सीमामा खुला स्थान बढी हुँदा नियन्त्रण चुनौतीपूर्ण रहेको बताए। चेकपोस्टमा आवश्यकताअनुसार प्रहरी निरीक्षक, सइ र असइको कमान्डमा खटिएका कर्मचारीले ती सीमा हुँदै आवतजावत गर्नेहरूमाथि निगरानी राख्ने, मानवबेचबिखनमा संलग्न हुन सक्नेहरूको पहिचान गरी पक्राउ गर्ने लगायतका कामलाई पहिलो प्राथमिकतामा राखिएको छ।
सीमाका चेकपोस्टले भारत जान हिँडेकाहरू कहाँ जाने, किन जाने र साथमा रहेका व्यक्तिको सम्बन्ध र उसको पृष्ठभूमि अध्ययन गरी मानवतस्कर हो या हैन भन्ने पहिल्याउने बमले बताए।
‘लामो खुला सीमाका कारण नियन्त्रणमा केही जटिलता देखिए पनि प्रयास भइरहेको छ,' बमले भने, ‘स्रोत स्थान हुन सक्ने प्रभावित र त्यस आसपासका जिल्लाका प्रमुखलाई समेत निगरानी र अनुगमनमा सक्रिय हुन निर्देशन गइसकेको छ।
ओसारपसार नियन्त्रण र यस्ता गतिविधिमा सक्रिय समूहको पहिचान र कारबाहीका लागि भारतमा रहेको नेपाली दूतावासमा रहेका प्रहरी सहचरीलाई भारतीय सुरक्षा अधिकारीसँगको समन्वय र खोजीका लागि निर्देशन दिइएको र हवाईमार्ग हुँदै नेपाली युवती पुग्न सक्ने अफ्रिकी र खाडी मुलुकका सुरक्षा निकायसँग प्रधान कार्यालयबाट समन्वय भइरहेको प्रवक्ता बमले जानकारी दिए।
आन्तरिक ओसारपसार रोक्न १० रणनीतिक पोस्ट
पछिल्लो समयमा भूकम्प प्रभावित जिल्लाबाट विभिन्न आवरणमा बालबालिकाको आन्तरिक ओसारपसारका घटनासमेत बढेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांकमा अनाथालयमा लगेर राख्ने र विद्यालयमा पढाइदिने बहानामा भारत लैजान लागेको अवस्थामा वैशाखयता ८७ जना बालबालिकाको उद्धार भइसकेको छ। धादिङबाट ललितपुर ल्याउन लागिएका ४६, दोलखाका १९ र रुकुमका २२ बालबालिकाको प्रहरीले उद्धार गरेको हो।
प्रहरी प्रवक्ता बमका अनुसार आन्तरिक ओसारपसारको क्रम बढेपछि नियन्त्रणका लागि प्रभावित १४ जिल्ला र आसपासका अन्य जिल्लाको रणनीतिक स्थान पहिल्याएर प्रहरी सक्रियता बढाइएको छ।
भूकम्प प्रभावित सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा, ओखलढुंगा, मकवानपुर र रामेछापबाट आवतजावत हुने स्थानलाई रणनीतिक स्थानमा पारिएको छ।
प्रधान कार्यालयले बिर्तामोड, इटहरी, बर्दिबास, मिर्चैया, पथलैया, मुग्लिन, बुटवल, लमही, भालुवाङ, कोहलपुर र अत्तरियालाई रणनीतिक स्थानको रूपमा चयन गरेको छ।
तराई जान सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, नुवाकोट, धादिङ, काभ्रे रसुवाको रणनीतिक स्थान मुग्लिन हो। काभ्रे, सिन्धुली, दोलखा र रामेछाप बर्दिबास हुँदै भारतीय सीमामा पुग्न सकिन्छ।