इलाम- १२ करोड रुपैया"भन्दा धेरै बजेटको वातावरणसम्बन्धी एउटा विवादित परियोजना थाम्न सरोकारवाला इलाममा हारगुहार गर्दै छन्। युरोपेली युनियनको आर्थिक सहयोगमा इलाम नगरपालिकाको 'फोहरमैला व्यवस्थापन गर्न' बनेको परियोजना सुरुबाटै विवादमा परेर इलाम नगरबासीले आपत्ति जनाएपछि हारगुहार सुरु भएको हो।
काम अपारदर्शी र एकतर्फी भएको भन्दै सम्झौतालगत्तैदेखि विवादमा परेको परियोजना कार्यान्वयन गर्न युरोपेली युनियन, विनरक इन्टरनेसनल, प्लानेट फाइनान्स, एनसिडिसी र इलाम नगरपालिकालाई चुनौती थियो। पछिल्लोपल्ट परियोजनाको समीक्षा गर्न सोमबार आयोजित कार्यक्रम बिथोलिएपछि सरोकारवालाले बिहीबार इलाममै अर्को जमघट गरेका छन्।
दिउ"सोको जमघटमा दलका नेता रिझाउने कोसिस गरेका साझेदार संस्थाका प्रतिनिधिले सा"झ स्थानीय विकास अधिकारी मदन कोइरालासहित केही अन्य निकायका प्रमुखलाई पनि परियोजनाको महत्व बताउ"दै कार्यान्वयननिम्ति हारगुहार गरेका थिए। अघिल्लो दिन बुधबार साझेदारकै तर्फबाट केही व्यक्तिलाई उसैगरी हारगुहार गरिएको थियो।
'हरितनगर' अवधारणाअन्तर्गत नगरक्षेत्रमा निकै काम भइसकेको अवस्थामा केही संघ–संस्थाले अपारदर्शी परियोजना ल्याएको आरोप चुलिएपछि साझेदार निकाय इलाम नगरपालिकाले दलका नेतालाई फेरि हारगुहार गरेको हो। परियोजना सञ्चालनार्थ बनेको समन्वय समितिका पदाधिकारीको उपस्थिति रहेको जमघटमा धेरैलाई बोलाइएको थिएन।
युनियनले १२ करोड २२ लाख रुपैया"भन्दा धेरै खर्चिने परियोजनामाथि अघिल्लोपल्ट आपत्ति जनाएका नेतासमेत पछिल्लो जमघटमा सहभागी थिए। उनीहरूले चारवर्षे परियोजनालाई निजी क्षेत्रबीच सार्वजनिक–निजी साझेदारीको सुरुआत गरी फोहरमैला व्यवस्थापन चक्रको व्यवसायीकरण गर्न सहमत भएको विनरकका कार्यक्रम अधिकृत बद्रीनाथ बरालले बताए।
'पहिल्यैदेखि उठेका गुनासा सम्बोधन गर्ने र पारदर्शितामा प्रश्न उठ्न नदिने सहमतिपछि समितिका पदाधिकारी परियोजनाप्रति सकारात्मक छन्,' बरालले नागरिकलाई भने, 'अब हुने सबै काम चुस्तदुरुस्त हुनेछन्।'
परियोजनाअन्तर्गत नगरमा उत्पादन हुने फोहरमैला मापन गर्ने जिम्मेवारी लिएको एनसिडिसीका तर्फबाट अघिल्लोपल्ट प्रस्तुत तथ्यांक धेरैबाट आलोचित भएपछि पुनः सर्वेक्षण गर्ने सहमति भएको छ। चार महिना लगाएर नगरका ५ हजार ४ सय ७५ परिवारबाट संकलन गरिएको भनिएको तथ्यांकमा प्रश्नचिह्न उठेपछि छुटेका ठाउ"मा पुनः सर्वेक्षण गरिने भएको हो।
सम्झौतापत्रको प्रतिलिपि माग्दा युरोपेली युनियन र विनरक इन्टरनेसनलका जिम्मेवार व्यक्ति नै पन्छिएको गुनासोबारे बरालले 'उपलब्ध सबै दस्तावेज सार्वजनिक गरिने' बताए। सम्झौता पत्रबारे भने उनी बोल्न चाहेनन्। 'नगरक्षेत्रमा गरिने सबै गतिविधि र कार्यक्रमबारे माथिल्लो निकायस"गै जनसाधारणलाई पनि महिनैपिच्छे सुसूचित गरिनेछ,' बरालले भने।
प्रशासनिक काममा ५२ लाख २६ हजार रुपैया" खर्च हुने भनिएको परियोजनामा कुल बजेटको आठ प्रतिशत रकम खर्च भइसकेको देखाइएको छ। परियोजनाअन्तर्गत, हरित साना तथा मझौला उद्यम, हरित नगर, हरित कृषि उत्पादन र हरित रोजगारी प्रवर्द्धन गर्ने लक्ष्य छन्। कम्पोस्ट प्लान्ट सञ्चालन गर्दै तरकारी तथा चियाखेतीमा जैविक मल प्रयोग गर्ने अर्को लक्ष्य छ।
कमी–कमजोरी सच्याउ"दै परियोजना पारदर्शी किसिमले कार्यान्वयन गर्नेमा सरोकारवाला प्रतिबद्ध भएपछि आफ्नो दलका तर्फबाट सहमति जनाएको कांग्रेसका राजेन्द्र शर्माले बताए। 'हरितनगर' अवधारणाअन्तर्गतको परियोजना आफैंमा नराम्रो नभए पनि कार्यान्वयन शैली चित्तबुझ्दो नभएकाले नगरवासीबाट गुनासो आउनु स्वाभाविक रहेको उनी बताउ"छन्।
सन् २०१३ को अन्तिममा युरोपेली युनियन र विनरक इन्टरनेसनलबीच सम्झौता भई लगत्तै अरू साझेदार थपिएको परियोजना फिर्ता जान नदिन आफ्नो दल सहमत भएको तर सबै काम पारदर्शी हुनुपर्ने एमालेका बद्री खड्काले बताए। 'हचुवाका भरमा १२ करोड पैसा सकिनु हु"दैन,' जमघटमा सहभागी खड्काले भने, 'नगरको फोहरमैला व्यवस्थापनमा दरिलो काम गर्नुपर्नेछ।'