काठमाडौं- भूकम्पपछि घरबास गुमाएर अलपत्र परेका बालबालिका अवैध ओसारपसारको आरोपमा पक्राउ परेका दुई समूहले कानुनी कारबाहीबाट उन्मुक्ति पाएको देखिएको छ। एक जिल्लाका बालबालिका अर्को जिल्लामा लैजान जिल्ला बाल कल्याण समिति, वा जिल्ला प्रशासन कार्यालय वा स्थानीय प्रहरीमध्ये एकको पूर्वअनुमति आवश्यक पर्ने कानुनी प्रावधान मिचेर बालबालिका ओसारपसार गर्ने दुई वटा समूहले कारबाहीबाट उन्मुक्ति पाएका हुन्।अनुमति नै नलिई धादिङको भूकम्प प्रभावित गाउँबाट ललितपुरमा बालबालिका ल्याउने घटना सार्वजनिक भएको एक महिना बित्दासमेत अनुसन्धान निष्कर्षमा पुगेको छैन।
दोलखाको भूकम्प प्रभावित जिल्लाका बालबालिका देहरादुन लैजान अनुमति नलिई काठमाडौं र ललितपुरमा ल्याएर राख्ने संस्थाका प्रतिनिधिमाथि प्रहरीले अवैध ओसारपसारमा अनुसन्धान सकाएर मुद्दा प्रक्रियाका लागि सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो। तर, त्यहाँबाट मुद्दा नचल्ने निर्णय भयो।
वैशाख २३ मा धादिङको भूकम्प प्रभावित गाउँ झार्लाङ र रीका ४६ बालबालिकालाई बिनाअनुमति ललितपुर ल्याउन लागेको अवस्थामा ललितपुरको निर्मल सेकेन्डरी विद्यालयका प्रतिनिधि फेला परेका थिए।
काठमाडौं आइपुगेका बालबालिका फर्काएर अभिभावकलाई जिम्मा लगाइए पनि बदनियतपूर्ण रुपमा बालबालिका ल्याउने सो विद्यालयका प्रतिनिधि कानुनी कारबाहीको दायरामा आएका छैनन्।
विद्यालयकी प्रिन्सिपल सिपोरा अधिकारी लामा र उनका सहयोगी एनिजर तामाङसहित ५ जना घटनामा संलग्न देखिए पनि उनीहरु पक्राउ परेका छैनन्।
धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बालबालिका अभिभावकको जिम्मा लगाएर प्रहरीलाई अनुसन्धान अगाडि बढाउनू भनेको बताउँदै अहिले के भइरहेको छ, त्यो भने थाहा नभएको दाबी गरे।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रकाश मल्लले बालबालिकालाई परिवारसँग पुनर्मिलन गरिएको बताउँदे अवैध ओसारपसारबारेको अनुसन्धान प्रारम्भिक चरणमा रहेको बताए।
छात्रवृत्ति दिएर देहरादुन लैजान भूकम्प प्रभावित दोलखाको लिपिलाङका ११ बालक र ८ बालिकालाई काठमाडौं र ललितपुरमा ल्याएर राख्ने भारतीय संस्था पेस्तालोजी चिल्ड्रेन भिलेजका प्रमुख र सहयोगीसहित ७ जनामाथि प्रहरीले अनुसन्धान त गर्योर। तर, काठमाडौं र ललितपुरका सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा प्रक्रियालाई अगाडि नबढाई सबैलाई मुक्त गरिदियो।
महानगरीय प्रहरी वृत्त बानेश्वरले सो संस्थाका २ र सहयोगी ३ नेपाली र महानगरीय प्रहरी परिसर ललितपुरले २ नेपाली सहयोगीलाई हिरासतमा राखेर बिनाअनुमति बालबालिकालाई एक जिल्लाबाट अर्को जिल्लामा ल्याएको अभियोगमा अनुसन्धान गरेको थियो।
सात जनाविरुद्ध अभियोगको अनुसन्धान सकाएर अवैध ओसारपसारमा मुद्दा प्रक्रिया अगाडि बढाउन दुवै प्रहरी कार्यालयले आआफ्ना जिल्ला न्यायाधीवक्ताको कार्यालयमा प्रस्तावित राय पठाएका थिए। तर, दुवै कार्यालयले मुद्दा नचल्ने निर्णय गर्दै ३ दिनअगाडि उनीहरुलाई उन्मुक्ति दियो।
जेठ ७ मा बानेश्वर वृत्तले कोटेश्वरको एसओएस युवाग्राममा ल्याएर राखेका ११ बालकको उद्धार गरेको थियो भने ललितपुर प्रहरीले लुभुको मेरिवार्ड स्कुलबाट ८ बालिकाको उद्धार गरेको थियो।
दुवै प्रहरीले संस्थाका प्रतिनिधिलाई बालबालिका ल्याउने अनुमति लिएको प्रमाण ल्याउन एक दिनको समय तोक्दै उनीहरुलाई हिरासतमा नराखी होटलमा राखे पनि उनीहरुले बिनाअनुमति बालबालिका ल्याएको खुलेपछि न्यायिक हिरासतमा राख्न अनुमति लिएर पेस्तालोजीका प्रतिनिधि लोप्साङ दाबा र फुन्चोक टासीसहित ७ जनामाथि अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धान क्रममा बालबालिकाका अभिभावकले आफूहरुसँग अनुमति लिएर बालबालिका लगेको बताए पनि अभिभावकको अनुमतिसँगै प्रमुख जिल्ला अधिकारी वा प्रहरीको अनुमति अनिवार्य भएकाले प्रहरीले अनुसन्धान रोकेन।
स्रोतका अनुसार बानेश्वर वृत्तले एक साताअगाडि सो संस्थाका प्रतिनिधिले दोलखाका बालबालिका काठमाडौं ल्याउन अनुमति नलिएकाले ओसारपसारमा मुद्दा प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझायो।
स्रोतका अनुसार सरकारी वकिलको कार्यालयले ४ दिनसम्म फाइल अड्काउँदै ३ दिनअगाडि प्रहरीलाई 'मुद्दा नचल्ने निर्णयको जानकारी दिँदै भारतीय नागरिकका हकमा भारतीय दूतावासका प्रतिनिधि र नेपाली नागरिकका हकमा अभिभावकलाई बुझाउन' निर्देशन दिएपछि प्रहरीले त्यसै गर्योत।
जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौंका प्रमुख कृष्णजंग शाह आफू बिदामा रहेकाले यसबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिए। निर्णय कसले गरेको हो भन्ने जिज्ञासामा उनले भने, 'निर्णय गर्ने व्यक्ति अहिले बिदामा छन्, पछि बुझेर मै भनांैला।'
ललितपुर प्रहरीले भने बानेश्वर वृत्तले फाइल बुझाएको तीन दिनपछि जिल्ला न्यायाधीवक्ताको कार्यालय ललितपुरमा उस्तै प्रकृतिको प्रस्तावित रायसहितको मिसिल बुझायो। ललितपुरले पनि काठमाडौंकै झैं मुद्दा नचल्ने निर्णय गर्दै हिरासतमा रहेका २ नेपालीलाई मुक्त गरायो।
ललितपुरका जिल्ला न्यायाधीवक्ता घनश्याम ओझाले अवैध ओसारपसार र बेचबिखनको प्रमाण नपुगेकाले मुद्दा प्रक्रिया अगाडि नबढाएको दाबी गरे। अभिभावकले आफ्नो अनुमतिमा बालबालिका ल्याएको बताएको र काठमाडौंमै परीक्षामा सामेल गरी उत्तीर्ण भएपछि मात्र देहरादुन लैजाने तयारी रहेकाले मुद्दा अगाडि नबढाउने निर्णय भएको उनले बताए।
'इन्टरपोल र भारतीय दूतावासबाट आएको जानकारीमा संस्था वैध नै देखियो,' ओझाले भने, 'बालबालिका अभिभावकको सहमतिमै काठमाडौं आएको र उद्धेश्य छात्रवृत्तिको परीक्षा मात्र देखिएपछि मुद्दा प्रक्रिया अगाडि नबढाएका हौं।'
जिल्ला न्यायाधीवक्ताको कार्यालयले मुद्दा फिर्ताको निर्णय गरे पनि पुनरावेदन अदालत पाटनबाट त्यसलाई सदर गर्नुपर्ने कानुनी प्रावधान छ। पुनरावेदन अदालत पाटनका सहन्यायाधीवक्ता नारायणप्रसाद पौडेलले सोसम्बन्धी फाइल अदालत आइनसकेको जानकारी दिए।
केन्द्रीय बालकल्याण समितिका निर्देशक तारक धितालले मुद्दा फिर्ता भएको सुने पनि फिर्ताको आधार भने थाहा नभएको बताए। धादिङको घटनाबारे प्रहरीलाई अनुसन्धान प्रक्रिया अगाडि बढाउन भनेको तर, त्यसपछि जानकारी नभएको धितालले जानकारी दिए।