काठमाडौं-सरकारले भूकम्पबाट भत्किएका संरचनाको कन्क्रिटलाई चोभार लैजाने र सकभर पुनःप्रयोग गर्ने गरी व्यवस्थापन गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कन्त्रि्कट व्यवस्थापनबारे अध्ययन गर्न थालिएको जनाएको छ।‘यस्ता घरबाट निस्किने कन्त्रि्कट अहिले स्थानीय निकायले नजिकको खाली क्षेत्रमा थुपारिइरहेका छन्,' मन्त्रालय प्रवक्ता पूर्णचन्द्र भट्टराईले नागरिकसँग भने, ‘यसको दीर्घकालीन व्यवस्थापनका लागि पुनःप्रयोग र सही व्यवस्थापनका लागि अध्ययन भइरहेको छ।' गृह मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा भूकम्पले ६४ हजार २ सय ४४ घर पूर्ण रुपमा क्षतिग्रस्त छन्। पूर्ण क्षतिग्रस्त घरमध्ये अत्यधिक जोखिममा रहेकालाई सरकारी टोलीले भत्काइरहेको छ भने अन्यलाई घरमालिकले नै घरको लगत वडामा राखी भत्काइरहेका छन्।
स्थानीय मन्त्रालयले वैशाख २४ गते नै स्थानीय निकायलाई यस्ता सामग्री हटाउन पत्राचार गरिसकेको थियो। एकै ठाउँमा राख्नका लागि आवश्यक ट्रक सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका साथै नगरपालिकाहरुले व्यवस्था गर्ने व्यवस्था पनि गरिसकेको छ। प्रवक्ता भट्टराईका अनुसार अहिले काठमाडौं दरबार क्षेत्र र धरहराबाट जम्मा भएका भग्नावशेष टुँडिखेलमा राखिएको छ। साथै, महानगरपालिकाले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको जग्गामा कतिपय भग्नावशेष थुपारिरहेको छ।
तर यसको दीर्घकालीन व्यवस्थापन चोभारस्थित सिमेन्ट कारखानाको खाली क्षेत्रमा गर्ने तयारी भइरहेको उनले बताए। ‘चोभारमा अन्तिममा लैजाने कुरो आएको छ,' उनले भने, ‘तर त्यसअघि भग्नावशेषबाट बाँकी सामानलाई पुनःप्रयोग गर्न पनि अध्ययन गरिरहेका छौं।' तर त्यसलाई कुन ठाउँमा पुनःप्रयोगका लागि काम गर्ने भन्नेबारे पनि मन्त्रालय छलफलकै चरणमा रहेको उनले बताए। महानगरपालिकाका इन्जिनियर उत्तरकुमार रेग्मीले सकेसम्म पुनःप्रयोग गर्न मिल्नेलाई छुट्ट्याएरै व्यवस्थित गर्ने तयार भइरहेको बताए। ‘पुनः उत्पादित बस्तुलाई सडकको ग्राभेल (सब बेस) मा प्रयोग गर्न र ब्रिक बनाउन सकिन्छ,' उनले भने, ‘यसले कन्त्रि्कटको व्यवस्थापन पनि हुन्छ।'
यसबाहेक प्लान्ट नै निर्माण गरेर पुनःप्रयोग गर्न सकिने बस्तु छुट्ट्याउन सकिने पनि उनले जानकारी दिए। त्यसैले अहिले अध्ययनको चरणमा रहेको उनले बताए। महानगरपालिकाले अहिलेसम्म ५१ वटा जोखिमयुक्त भवन भत्काइसकेको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताए। ‘अझै पनि १५ सय महानगरपालिका क्षेत्रमै भत्काउनुपर्ने घर बाँकी छन्,' उनले भने, ‘यसबाट निस्किने कन्त्रि्कट दैनिक बढिरहेकाले व्यवस्थापनका लागि खाली ठाउँ पहिचान भइरहेका छन्।'
कन्त्रि्कट इन्जिनियरिङमा विद्यावारिधि गरेका नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक टेकराज ज्ञवालीले कन्त्रि्कट डम्प गर्दैमा त्यसको समाधान नहुने बताए। ‘सरकारले चोभारमा कन्त्रि्कट राख्ने कुरा अत्यन्तै गलत हो,' उनले नागरिकसँग भने, ‘किनकि त्यसले दीर्घकालीन असर निम्त्याउँछ।' उनका अनुसार कन्त्रि्कट थुपारेमा त्यसले मुनिको माटोलाई खलबल बनाइदिन्छ। जसले गर्दा भविष्यमा पहिरो जान सक्ने अवस्था आउने उनले दाबी गरे। ‘थुपार्नाले अर्को समस्या निम्त्याउँछ,' उनले भने, ‘प्रविधि प्रयोग गरे बालुवा र गिटी नै उत्पादन गर्न सकिनेछ।'