भक्तपुर महालक्ष्मीका सुमन दुवाल पेशाले इन्जिनियर हुन्। क्रिमसन कन्सट्रक्सनका प्रवन्ध निर्देशक उनले आफनै टोलमा भएको लालाखिं (एक प्रजारको स्थानीय बाजा) सिके। इन्जिनियर भएर पनि आफनो बाबुबाजेदखि चल्दै आएको लालाखिं सिक्न उनलाई जागर चल्यो र ६ महिना लगाएर सिके उनले।
‘हाम्रो पुरानो बाजालाई पनि बचाउनुपर्छ, यसलाई मर्न दिनुहुन्न भनेर मैले पनि बाजा सिंके, बाजा प्रशिक्षणको अन्तिम दिन बिहीबार बाजा बजाउँंदै हँंसिलो मुहारमा इन्जिनियर दुवालले थपे, ‘मैले मात्रै होइन, यो प्रशिक्षणमा टोलका आठ वर्षदेखि ३२ वर्षसम्मका युवा सहभागी छन्।’
भक्तपुर नगरपालिका वडा नं १० महालक्ष्मीको स्थानीय महालक्ष्मी भजन दाफाको आयोजनामा लालाखिं तथा म्ये पिदानेगू ज्याझव (स्थानीय गीत गाउने प्रशिक्षण) कार्यक्रम विहीबार सम्पन्न भएको हो।
स्थानीयस्तरमा बाजागाजाको प्रशिक्षण सम्पन्न भएपछि पिदानेगू (समापन अर्थात् एक हिसावले दिक्षान्त समारोह जस्तै) गरिएको थियो। यो बेला प्रशिक्षार्थीलाई देवतास्थानमा लगेर बाजा प्रदर्शन गर्न लगाउने हुन्छ। यस अनुसार विहीबार स्थानीय नासद्य (देवता घर) मा पुगेर प्रशिक्षार्थीहरुलाई बाजा बजाउन लगाएर प्रदर्शन गराइएको थियो। साथसाथै नेवार संस्कृति अनुसार त्यो बेला प्रशिक्षार्थीका आफन्तहरु आएर प्रशिक्षार्थीलाई सम्मान गर्ने गरिएको थियो। त्यस अवसरमा उनीहरु सामूहिक पैसा हालेर भोज पनि खाने गर्दछन्।
कार्यक्रमका संयोजक पुन्यराम दुवालका अनुसार लालाखिंमा १३ जना र म्येमा ४ जना प्रशिक्षार्थी रहेका थिए । उनीहरु सवै आठवर्षदेखि ३२ वर्षसम्मका युवाहरु रहेको उनले बताए।
प्रशिक्षण ६ महिना भएको थियो । लालाखिंको प्रशिक्षण कृष्णराम देउपाला, म्ये शंकर सुवालले सिकाएका थिए।
कार्यक्रममा विष्णुभक्त दुवाललगायतलाई सम्मान गरिएको थियो । साथै स्वगं वियगू ज्या (सगुन दिने कार्यक्रम) पनि भएको थियो।
नेपालको पहिचान भक्तपुर नगरपालिका क्षेत्रमा रहेका नेवार समुदायका चिनारी बनेको दाफा भजनलाई जोगाउन प्रशिक्षण गरिएको आयोजकले जनाएको छ । यसले नयाँं पुस्तामा शीप हस्तान्तरण हुने विश्वास गरिएको छ।
प्रशिक्षणमा उत्कृष्ट ठहरिएका भक्तपुरको ख्वप कलेजमा वीवीएसमा अध्ययनरत रोनिस सुवालले मन आफूलगायतका साथीहरुले मन लगाएर बाजा सिकेको बताए। यसले नयाँं पुस्तामा स्थानीय पहिचान बनेको बाजागाजाले जीवन पाइरहने विश्वास उनले गरे।
समापनको अवसरमा पुराना गुरु विष्णुभक्त दुवाललगायतलाई विशेष सम्मान गरिएको थियो । पुराना गुरुहरुलाई नयाँं प्रशिक्षार्थीहरुले शीरमा विशेष प्रकारको कपडाले वेरिदिएर (दोसल्ला जस्तै नेपालभाषामा बेताली दिएर) सम्मान गरेका थिए।
लालाखिंका ज्ञाता एवं चर्चित प्रशिक्षक इन्दिरा लाछिमस्यूका अनुसार लालाखि बाजाको प्रयोग विशेष गरेर दाफाभजनमा हुन्छ। साथै गाईगात्रा, विस्केट जात्रा, देवताको जात्रालगायतका यो बाजा बजाइन्छ । यो बाजाको साथमा विशेष गरेर तँं, झयाली, पँंमा (बाजाहरु) बजाइने गरिन्छ । आकारले मादल भन्दा ठूलो देखिने यसको आवाज सुमधुर हुने गर्दछ।