काठमाडौं- संयुक्त राष्ट्रसंघका विभिन्न निकायलगायत विश्वका ९५ अन्तर्राष्ट्रिय संघसंस्थाले नेपालका भूकम्प पीडितलाई पठाएको राहत सामग्री बुझ्ने र बाँड्ने जिम्मेवारी सम्हालेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले के कति सामग्री बुझ्यो र वितरण गर्योो भन्नेमा सरकार बेखबर छ। सरकारले सरोकारवाला सरकारी निकायले यी संस्थामार्फत आउने सामग्रीको न रेकर्ड राख्नै सकेका छन् न संस्थामाथि नियन्त्रण।भूकम्प पीडितलाई एकद्वार प्रणालीअनुरूप राहत वितरण गर्ने नीति लिएको भए पनि यी संस्थाहरुले के कस्ता र कति परिमाणमा राहत सामग्री नेपाल पठाए/ल्याए र ती सामग्री कहाँ वितरण गरे भन्ने जानकारी सरोकारवाला निकायसँगै छैन। विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने र वितरणमा समन्वय गर्ने जिम्मेवारी पाएको गृह, परराष्ट्र, अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालय कसैसँग पनि उनीहरुले ल्याएको राहत सामग्री र वितरण गरेको कार्यको विवरण छैन।
‘विदेशी संघसंस्था हामीअर्न्तगत रहेर काम गर्न गाह्रो मान्छन्। कति राहत सामग्री ल्याए, कति खर्च भयो, प्रशासनिक खर्च कति गरे हामीलाई बताउँदैनन्,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने, ‘डब्लुएफपी लगायत अन्य विदेशी संघसंस्थाले के कति राहत सामग्री नेपाल ल्याए, त्यो विवरण हामीलाई दिएका छैनन्।'
नेपालस्थित डब्लुएफपीकी सञ्चार अधिकृत इयोलान्डा ज्याकमेन्टका अनुसार वैशाख १२ गते ७.६ म्याग्निच्युड स्केलको भूकम्प गएपछि राष्ट्रसंघका विभिन्न निकायलगायत विश्वका ९५ अन्तर्राष्ट्रिय संघसंस्थामार्फत डब्लुएफपीले ५ हजार ६ सय ४२ मेटि्रक टन (५६ लाख ४२ हजार केजी) खाद्य राहत सामग्री प्राप्त गरेको छ। यसबाहेक ६ हजार ६ सय ५३ मेटि्रक टन (६६ लाख ५३ हजार केजी) खाद्य सामग्री डब्लुएफपी आफैंले खरिद गरी वितरण गरेको छ।
विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त र आफैंले खरिद गरी वितरण गरेको समेत जोड्दा डब्लुएफपीले १२ हजार २ सय ९५ मेटि्रक टन (१ करोड २२ लाख ९५ केजी) राहत सामग्री बुझ्ने र वितरण गर्ने कार्य गरेको छ। राहत सामग्रीमा सरकारले भन्सार छुटको व्यवस्था समेत गरेको थियो। अन्तर्राष्ट्रिय संघसंस्था लगायत विदेशी सरकारले दिने राहत सामग्रीको केन्द्रिय तथ्याङ्क राख्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ, तर यति ठूलो मात्रामा आएको राहत सामग्रीमा के के थियो, के केले राजस्व छुट पाए, राजस्व छुट भएका ती सामग्री कहाँ पुगे भन्नेबारे भने सरकारसँग तथ्यांक छैन।
‘भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पठाएँ त भन्छन्, तर कति पठाए त्यो जानकारी हामीसम्म आइपुगेको छैन। उनीहरु आफ्नै किसिमले राहत सामग्री बुझ्छन्, आफ्नै संयन्त्रमार्फत विभिन्न ठाउँमा पठाउँछन्। उनीहरु हामीसँग काम गर्न मान्दैनन्,' गृह प्रवक्ता ढकालले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन नजिक नेपाल सरकार र डब्लुएफपीको आफ्ना अलग अलग खाद्य भण्डार रहेका छन्। सरकारलाई भनि पठाएका सामग्री गृहले बुझेर रेकर्ड राख्ने गरेको छ भने राष्ट्रसंघिय निकाय लगायत बिभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले पठाएको सामग्री डब्लुएफपीले बुझी आफ्नो गोदाममा राख्ने गरेको छ।
‘डब्लुएफपीले पाउने राहतको मनिटर गर्ने संयन्त्रमा सरकारी निकायको प्रतिनिधि छैन। विमानस्थल आडको खाद्य भण्डार पुग्दा डब्लुएफपीले समानान्तर सरकार चलाए जस्तो देखिन्छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘विदेशी संघसंस्थाले पठाएको सामग्री डब्लुएफपीले बुझ्छ, उसैले स्टिकर टाँस्छ। हाम्रो सुरक्षाकर्मीले उनीहरुको स्टिकर हेरेर बाहिर जान दिन्छ। हाम्रो केही चल्दैन।'
अन्तर्राष्ट्रिय संघसंस्थाले पठाएका राहत सामगी भन्सार नाकामा बुझ्दा कुन जिल्लाको, कुन गाविसमा लगेर वितरण गर्ने सो खुलाउनुपर्ने प्रावधान छ तर यस्ता संस्थाले पठाएका सामग्री बुझ्ने अधिकांशले वितरण गर्ने स्थान उल्लेख गरेका छैनन्। यस्ता सामग्री वितरण गरेको प्रमाणीकरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट एक महिनाभित्र नगरे सरकारलाई राजस्व बुझाउनुपर्ने नियम छ। तर सरकारलाई भने न त कति सामान आए भन्ने नै थाहा छ न ती कहाँ वितरण भए/नभएको।
विभिन्न मुलुकबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै जिल्ला सदरमुकाममा पठाउने व्यवस्था मिलाउन सरकारले विभिन्न संयन्त्र बनाएको छ र तिनले काम पनि गरिरहेका छन्। तर एउटा संयन्त्रले पनि अन्तर्राष्ट्रिय संघसंस्थाले पठाएका राहत सामग्रीको विवरण संकलन गर्ने आँट देखाएका छैनन्।
प्राप्त राहत सामग्रीहरू विमानस्थलको आपत्कालीन गोदाम घरमा, थापाथलीस्थित खाद्य संस्थानको गोदाम घरमा र नेशनल ट्रडिङ लिमिटेडको गोदाम घरमा भण्डारणको व्यवस्था मिलाईएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै डब्लुएफपीको बन्दोबस्ती र खाद्य दुई क्लस्टर छन्।
राहत माग भएका जिल्लामा नेपाली सेनालगायत सुरक्षा निकायको संयन्त्र र विश्व खाद्य कार्यक्रमको संयन्त्र प्रयोग गरी पठाउने व्यवस्था छ। केन्द्रीय स्तरमा राहत बाँडफाँट गर्न गृहसचिवको नेतृत्वमा सहरी विकास सचिव र वाणिंज्य तथा आपूर्ति सचिव रहेको समितिले कार्य गरिरहेको छ। केन्द्रमा गृहमन्त्रीको नेतृत्वको केन्द्रीय दैवी प्रकोप उद्धार समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वको जिल्ला दैवी प्रकोप उद्धार समितिको संयन्त्रले विपद् व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
यस्तै, राहत सामग्रीको सहजीकरणका लागि विभिन्न मुलुक एवं अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले पठाउने राहत सामग्री भन्सार नाकाबाट जाँचपास गरी शीघ्र प्रवेशको व्यवस्था मिलाइएको थियो। त्यस्ता सामग्रीमा लाग्ने भन्सार महसूल लगायतका दै–दस्तुर छूट दिन तथा केन्द्रीयस्तरमा राहत सामग्रीहरूको समन्वय गर्न गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयका सह–सचिव सम्मिलित टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपत्कालीन गोदाम घरमा रहने व्यवस्था गरिएको थियो। केन्द्रमा प्राप्त हुने र जिल्लाहरूमा पठाइने राहत सामग्री वितरणको नेतृत्व र समन्वय यीनै टोलीहरुले गरेका छन्। तर यी कुनै टोलीसँग पनि डब्लुएफपी र अन्तर्राष्ट्रिय संघसंस्था र राष्ट्रसंघले ल्याएको राहत सामग्रीको विवरण छैन।
‘हरेक जिल्लामा एनजिओको समानान्तर संयन्त्र छ, त्यसको नेतृत्व कुनै एक एनजिओले गर्छ। यिनै एनजिओको मागअनुसार डब्लुएफपीले राहत सामग्री पठाउँछ। जिल्लाको एनजिओले जहाँ बाँड्ने हो, सिडिओलाई अतिथि बनाएर डाक्छ, सरकार यसरी निरीह बनिरहेको छ,' अर्थ स्रोतले भन्यो।
गृहले हालै तयार पारेको ‘गोरखा भूकम्प, २०७२ : खोज, उद्वार तथा राहतको एक महिनाको प्रारम्भिक प्रतिवेदन' समेत राष्ट्रसंघिय निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको राहत वितरणप्रति असन्तुष्टि व्यक्त गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय संघसंस्थाका कारण राहत वितरणमा सरकारले अवलम्वन गरेको एकद्वार नीति विफल भएको ठहर गृहको छ। डब्लुएफपी लगायत अन्तर्राष्ट्रिय संघसंस्थाले केन्द्रिय र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय नगरिकन वितरण गरेका राहत सामग्री कुहिएको पाइएको थियो। त्यति मात्र होइन एनजिओ तथा आइएनजिओले सुगम र यातायातको सुविधा भएका स्थानमा मात्र राहत बाडिदिंदा एकै व्यत्तिले धेरै पटक पाउने र दुर्गम स्थानका जनता सरकारी राहतमा मात्र भर पर्नु परेको प्रतिवेदनमा उल्लेख छ।
‘अधिकांश दातृ संघ–संस्थाले सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा नगरी आफैले राहत सामग्री खरिद गरी वितरण गरेको पाइयो। दातृ संघ–संस्थाले सरकारको एकद्वार नीति समेत पालना नगरी सिधै राहत सामग्री वितरण गर्नाले राहत वितरणमा असमानता तथा दोहोरो परेको समेत अवस्था रह्यो,' गृहले प्रतिवेदनमा भनेको छ।
नेपालस्थित डब्लुएफपीकी संचार अधिकृत ज्याकमेन्टले भने सरकारसँग समन्वय गरेरै डब्लुएफपीले राहत वितरण गरेको बताईन्। उनले भनिन्, ‘हाम्रो क्रियाकलाप बारे सम्पूर्ण जानकारी नेपाल सरकारलाई दिने गरेका छौं। यो कार्य हप्ताको दुई पटक हुन्छ। नेपाल सरकारसँगको सहमति अनुसार नै हामीले काम गरेका छौं।'
डब्लुएफपीले चामल, तेल, उच्च शत्ति वर्दक बिस्कुट र तेल लगायतका खाद्य सामग्री आफै खरिद गरी वितरण गर्ने गरेको उनले बताईन्। ज्याकमेन्टका अनुसार वैशाख १२ गते यता डब्लुएफपीले धादिङ, दोलखा, काभ्रे, गोर्खा, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी ७ जिल्लामा ६ हजार ६ सय ५३ मेटि्रक टन खाद्य सामग्री वितरण गरेको छ। अब यो सेवा ओखलढुंगा र रामेछापमा विस्तार गर्न लागिएको उनले जनाईन्। नेपाल सरकारले अनुरोध गरेकोले सोलुखुम्बु जिल्लामा पनि राहत वितरण गर्ने योजना डब्लुएफपीको छ।
‘अप्रिल २५ (वैशाख १२) यता २० लाख जति मानीसलाई हामीले खाद्य सामग्री (चामल र उच्च शक्ति वर्दक बिस्कुट) दिएका छौं। अहिले दोस्रो चरण अर्न्तगत राहत वितरण भइरहेको छ,' ज्याकमेन्टले भनिन्।