इलाम— भारत र चीन दुवैले उत्तिकै महत्व दिएको नाथुला–कैलाश तीर्थयात्रा बिहीबारदेखि सुरु भएको छ। शिव पार्वतीले तपस्या गरेको पवित्र तीर्थस्थलका रुपमा विश्वास गरिँदै आएको तिब्बतको कैलाश जान चाहने भारतीय यात्रुले सिक्किमको नाका प्रयोग गरेपछि बिहिवारदेखि नाथुला–कैलाश मार्ग विधिवत् सञ्चालनमा आएको हो। पहिलो चरणमा ४० भारतीय तीर्थयात्री नाथुलाबाट कैलाशतर्फ लागेका छन्।
दिल्लीबाट बागडुग्रा विमानस्थल आइपुगेका तीर्थयात्रीलाई बुधवार सिक्किम सरकारको पर्यटन विभागका अधिकारीले स्वागत गर्दै गान्तोक लगेका थिए। त्यहाँ बिहिवार सिक्किम सरकारका मुख्यमन्त्री पवन चाम्लिङ र राज्यपाल श्रीनिवास दादासाहेवले हरियो झण्डा देखाई उनीहरुलाई नाथुलातर्फ विदाइ गरेका हुन्। नाथुला नाका व्यापारिक उद्देश्यले पहिल्यै खुले पनि तीर्थयात्रीका लागि पहिलोपल्ट खुलेको हो।
'नाथुला नाकाबाट चीनतर्फ लागेका तीर्थयात्री पहिलो दिन तिब्बतको १५ माइल भन्ने ठाउँ बस्नेछन्' भारतीय सञ्चारमाध्यममा उल्लेख छ, 'त्यहाँ दुई दिन बसेपछि शेरेथाङ्मा दुई दिन बस्नेछन्।' १३ हजार फिटभन्दा बढीको उचाईको मार्ग भएकाले हिमाली मौसमस"ग घुलमिल हुन तीर्थयात्रीलाई दुई-दुई दिन बिश्राम गराउ"दै लाने व्यवस्था मिलाइएको हो। सोमवारदेखि तीर्थयात्री चीन सरकारको जिम्मामा हुनेछन्।
'६ हजार ६ सय ३८ मिटर अग्लो कैलाश पर्वतको काखमा पुग्न हिन्दु धर्मावलम्वीलाई जति हुटहुटी हुन्छ, आसपासको मानसरोवर तालमा रम्न जाने चाहना पनि उत्तिकै हुन्छ' तीर्थयात्रीले प्रतिक्रिया दिएका छन्, 'तीर्थयात्रीका लागि पहिलोपल्ट खुल्दै गरेको नाकाबाट पहिलोपल्टै यात्रा गर्न पाउनु सौभाग्यको कुरा हो ।' तीर्थयात्रामा विभिन्न राज्यका सन्त महन्तको बाहुल्य छ। यात्रीको टोलीमा १२ जना महिला छन्।
लाखौं हिन्दु धर्मावलम्वी बसोबास गर्ने भारतबाट बर्षेनी कैलाश घुम्न जाने परम्परालाई मध्यनजर गर्दै छोटो बाटोका रुपमा यसै बर्षदेखि नाथुला नाका खोलिएको हो। यो नाकाबाट आठ दिनमै कैलाश यात्रा पूरा हुने बताईंदै आएको छ। भारतीयले यसअघि स्थल मार्गका रुपमा उत्तराखण्डको लिपुलेक नाका हुँदै कैलाश यात्रा गर्ने गरेका थिए । पहिलो यात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने सहभागी हुन सकेनन्।
'कैलाश जाने तीर्थयात्रीका लागि उत्तराखण्डको लिपुलेक जस्तै अब सिक्किमको नाथुला नाका पनि खोलिएको छ' भारतीय विदेश मन्त्रालयको वेवसाइटमा भनिएको छ, 'नाथुला नाका खुलेपछि कैलाश घुम्ने भारतीय तीर्थयात्रीलाई समयदेखि धेरै कुरामा फाइदा पुग्नेछ।' यसबर्ष लिपुलेक र नाथुला नाकाबाट १ हजार ३ सय ३० भारतीय कैलाश पुग्ने मन्त्रालयले जनाएको छ।
पहिलो बर्ष नाथुला नाकाबाट ५० जना तीर्थयात्रीको समूह कैलाश जाने पूर्वनिर्धारित कार्यक्रम भएपनि १० जना बिरामी भएकाले टोलीमा नपरेको जनाइएको छ । टोलीमा सपोर्टिङ स्टाफ र एक जना नोडल अफिसर रहने व्यवस्था मिलाइएको छ । तीर्थयात्रीको सुविधालाई मध्यनजर गर्दै सिक्किम र तिब्बत सरकारले नाथुलादेखि सिगात्सेसम्मै ठाउँ–ठाउँमा विश्रामस्थल बनाएका छन् ।
तीर्थयात्रीलाई आरामदायी बसमा खानाको समेत प्रवन्ध मिलाइएको सिक्किम सरकारका पर्यटन विभाग सचिव सी चाङ्गपोले जनाएका छन् । 'नाथुला–कैलाश नाका खुल्ने भएपछि भारतीय तीर्थयात्रीको सुविधा मध्यनजर गर्दै सबै किसिमको तयारी गरिएको छ' चाङ्गपोले भनेका छन् । उत्तराखण्डबाट भारतीयलाई कठिन मानिएको कैलाश तीर्थयात्रा नाथुलाबाट छोटो र सजिलो हुने चाङ्गपोको विश्वास छ ।
उत्तराखण्डबाट प्रतिव्यक्ति एक लाख ५० हजार भारतीय रुपैयाँमा गर्न सकिने कैलाश यात्रा नाथुलाबाट २० हजार बढी अर्थात् एक लाख ७० हजार रुपैयाँमा गर्न सकिन्छ। आर्थिक रुपले थोरै महँगो परे पनि दूरी र भूगोलका हिसावले नाथुलाबाट गरेको यात्रा अर्थपूर्ण हुने चाङगपोको दावी छ। साढे १९ हजार फिटसम्म अग्लो भूभाग छिचोलेर नाथुलादेखि सिगात्से पुग्न १ हजार ५ सय ६६ किमी दूरी पार गर्नुपर्छ।
पवित्र ताल मानसरोवरप्रति आकर्षित हुँदै त्यहाँ पुग्ने भारतीयलाई ब्रम्हपुत्र, सिन्धु, सतलज जस्ता नदीका मुहानले झनै तान्नेछन्। ती नदीका उद्गमस्थल कैलाशमै छन्। सिगात्सेसम्मको बस यात्रापछि तीर्थयात्रीले रोजेका सवारी साधनमा कैलाशका विभिन्न तीर्थस्थलको भ्रमण गर्न सक्नेछन् । बेइजिङमा गत ३१ जनवरीमा सम्पन्न भारत–चीनका उच्च अधिकारीको भेटवार्तापछि तीर्थयात्रीका लागि नाथुला नाका खोलिएको हो।
'शक्ति राष्ट्र'का रुपमा चिनिने चीन र 'शक्ति राष्ट्र'कै रुपमा उदाउँदै गरेको भारतले नाथुलालाई महत्वपूर्ण नाकाका रुपमा मान्दै आएका छन्। नेपाल, भुटान, म्यान्मार र बंगलादेशसँग नजिक पर्ने उक्त नाका व्यापारिक प्रयोजनका लागि भने २००६ मै खुलिसकेको छ। बौद्धिक अगुवा महेन्द्र पी लामाले भनेका छन्, 'नाथुला व्यापारिक हिसावले त महत्पूर्ण हुँदै हो, तीर्थयात्राका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ।'