काठमाडौं-आश्रयको आवरणमा भूकम्प प्रभावित जिल्लाबाट अनधिकृत रूपमा काठमाडौं भित्र्याइएका २ सय ३४ बालबालिका फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं र केन्द्रीय बालकल्याण समितिले अनुमतिबिना काठमाडौं भित्र्याइएका भूकम्प प्रभावित बालबालिका खोजी गर्दा थानकोट, स्वयम्भू र धर्मस्थलीमा ती बालबालिका फेला परेका हुन्।धर्मस्थलीमा राखिएका ८ बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको भन्दै समितिले उनीहरूको उद्धार गरेको छ भने जिल्ला प्रशासन कार्यालयले थानकोट र स्वयम्भूमा राखिएका २ सय २६ जना बालबालिकाको लगत लिएर जोखिममा नरहेको भन्दै त्यहीँ छाडेर अनुसन्धान अगाडि बढाएको छ।
बुधबार केन्द्रीय बालकल्याण समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रूपमा बालबालिका ओसारपसार नगर्न निर्देशन दिए पनि व्यक्तिगत र संस्थागत रूपमा ओसारपसार नरोकिएको भन्दै गोरखाको ल्हो र ओखलढुंगाबाट ल्याइएका बालबालिकाको संख्या खुले पनि अवस्था नखुलेको सार्वजनिक गरेको थियो। उसले केन्द्रीय बालकल्याण समितिको निर्देशन अटेर गर्ने व्यक्ति र संस्थालाई कारबाहीको दायरामा ल्याउने दाबी गरेको थियो।
अनुमतिबिना एक जिल्लाका बालबालिका अर्को जिल्लामा लैजान सरकारले रोके पनि भूकम्प प्रभावित १४ र त्यस आसपास जिल्लाका बालबालिकालाई आश्रय, शिक्षा र उज्ज्वल भविष्यको प्रलोभन देखाएर काठमाडौं भित्र्याउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय र बालकल्याण समिति अनधिकृत रूपमा भित्र्याइएका बालबालिकाको खोजीमा सक्रिय भएका थिए।
धादिङ, धर्मस्थली, काठमाडौं, ललितपुर र काभ्रेबाट अनधिकृत रूपमा ल्याइएका बालबालिकाको उद्धार भए पनि व्यक्तिगत र संस्थागत रूपमा उपत्यकामा भित्र्याइएका बालबालिकाको खोजी सफल भएको थिएन।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालका अनुसार बिहीबार काठमाडौंमा ल्याइएका बालबालिका खोज्ने क्रममा गोरखाबाट ल्याइएका २ सय २६ जना बालबालिका थानकोटमा र २० जना स्वम्भयूमा फेला परेका हुन्।
थानकोट र स्वयम्भूमा फेला परेका बालबालिका भूकम्प प्रभावित विभिन्न जिल्लाका समेत देखिएपछि प्रशासनको टोलीले ती बालबालिकाको लगत लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अर्यालले जानकारी दिए।
‘भूकम्प प्रभावित जिल्लाबाट काठमाडौं ल्याएर राखिएका बालबालिकाको खोजी गर्दा २ स्थानमा फेला परेका छन्,' अर्यालले नागरिकसँग भने, ‘उनीहरू तत्काल जोखिममा नदेखिएकाले लगत लिएर थप प्रक्रिया शुक्रबार अगाडि बढाउँछौं।'
केन्द्रीय बालकल्याण समितिले काठमाडौंमा खोजीका क्रममा भूकम्प प्रभावित जिल्लाका बालबालिका भन्दै भूकम्पको न्यून प्रभाव परेको रुकुमबाट ल्याइएका ८ बालबालिका धर्मस्थलीमा फेला पार्यो ।
धर्मस्थलीको एक निजी घरमा जोखिमपूर्ण अवस्थामा राखिएका बालबालिकालाई समितिका अधिकारीले बिहीबार उद्धार गरेको बालकल्याण समितिकी नमुना भुसालले जानकारी दिइन्।
भुसालका अुनसार गोठजस्तो स्थानमा बालबालिका ल्याएर जोखिपूर्ण अवस्थामा राखिएको सूचनाका आधारमा बिहीबार समितिको टोली धर्मस्थलीमा पुगेको थियो। जानकारीअनुसारको स्थानमा पुग्दा गोठजस्तो साँघुरो स्थानमा एक वृद्धाको भरमा बालबालिकालाई राखिएको फेला परेपछि आठै बालबालिकाको उद्धार गरिएको हो।
वैशाख १२ को शक्तिशाली भूकम्पपछि राहत बाँड्न सिन्धुपाल्चोक र दोलखामा पुगेको पतञ्जली योगपिठले त्यस क्षेत्रका ५० बालबालिका काठमाडौं ल्याएर मन्डिखाटारमा राखेको खुलेको छ। उसले प्रस्तावित विद्यालयमा पढाउने गरी सिन्धुपाल्चोकको शिखरपुर, नवलपुर र दोलखाबाट बालबालिका ल्याएर राखेको थियो।
अनुमति नलिई बालबालिका ल्याउने संस्थाविरुद्ध समिति कारबाहीमा उत्रिएपछि ती बालबालिकालाई अभिभावकको जिम्मा लगाएर पठाएको संस्थाका लवदेव मिश्रले दाबी गरे।
‘हामीले अभिभावकसहित बालबालिकालाई केही समय आश्रय दिएका हौं,' मिश्रले भने, ‘अहिले ती सबै बालबालिका अभिभावकको जिम्मा लगाएर पठाइसकेका छौं।'