काठमाडौं- एसएलसी परीक्षा २०७१ मा सबैभन्दा बढी केटी सहभागी थिए। उत्तीर्ण प्रतिशतचाहिँ केटाहरुको बढी देखिएको छ। यो वर्षको एसएलसी परीक्षाको नियमिततर्फ २ लाख ३ हजार १ सय ७५ केटी सहभागी थिए।
शुक्रबार दिउँसो सार्वजनिक भएको एसएसली परिणामअनुसार यीमध्ये ४० दशमवलव ९६ प्रतिशत मात्र केटीहरु उत्तीर्ण भए।
यो वर्षको एसएलसीमा २ लाख २ हजार १ सय ६३ केटाहरु सभागी थिए। यीमध्ये ५३ दशमवलव ९४ प्रतिशत उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी एसएलसीको संक्षिप्त परिणाममा उल्लेख छ।
यसैगरी एक्जाम्टेडतर्फ सहभागी ५४ हजार ७८५ केटाहरु सहभागी भएका थिए। तीमध्ये ८ हजार ७ सय जना उत्तीर्ण भए। केटीहरुतर्फ भने ८१ हजार २ सय ६६ परीक्षामा सहभागी भएका थिए। तीमध्ये १० हजार ७८ जनामात्र उत्तीर्ण भएका छन्।
शुक्रबार सार्वजनिक परीक्षाफलमा कूल ४७ दशमवलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।