भूकम्पको पूर्वसूचना उपकरण जडान सुरु
०४ असार २०७२
•
४ मिनेट पाठ
भूकम्पको पूर्वसूचना उपकरण जडान सुरु
काठमाडौं-नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चिनियाँ कम्पनीको सहयोगमा बिहीबारदेखि भूकम्पको पूर्वसूचना उपकरण जडान सुरु गरेको छ। यस्ता उपकरण देशभर गरी २ सय ४० वटा जडान गरिनेछ।‘भूकम्पको पहिलो कम्पन आउनेबित्तिकै आवाज दिएर आमनागरिकलाई सचेत गराउन सेन्सर संयन्त्र जडान गर्ने काम बिहीबारबाट सुरु भएको छ,' प्रतिष्ठानका उपकुलपति प्रा डा. जीवराज पोखरेलले नागरिकसँग भने, ‘नेपालमा पहिलोपटक यो प्रविधि प्रयोग गर्न लागिएको हो।' 
उनका अनुसार १५ देखि २० किलोमिटर दुरीमा नेपालभर (उत्तर–दक्षिण/पूर्व–पश्चिम) मा सेन्सर संयन्त्र जडान गरिनेछ। शुक्रबारसम्म दुई स्थानमा यस्ता संयन्त्र जडान भएको छ। बिहीबार खुमलटारस्थित नास्टको कार्यालय परिसर र शुक्रबार काभ्रेमा जडान गरिएको हो।
‘आइतबार धादिङमा राख्ने कार्यक्रम छ,' पोखरेलले भने, ‘यो अहिलेको आवश्यकता हो। हाम्रो योजनाअनुसार अघि बढ्यो भने ६ महिना भित्र सबै ठाउँमा जडान भइसक्छन्।' उनले यस कार्यलाई प्रभावकारी रुपमा सफल पार्न सरकार, निजी क्षेत्र र आमनागरिकलाई अपिल पनि गरे।' पोखरेलका अनुसार कुनै पनि भूकम्पमा चार किसिमका वेभ (तरंग) आउने गर्छन्–
प्राइमरी, सेकेन्डरी, रेलिग र लभ वेभ। ‘प्राइमरी वेभ आउनेबित्तिकै सर्वसाधारणलाई सूचना दिन सक्यौं भने धेरै मानवीय क्षतिबाट बच्न सकिन्छ,' उनले भने, ‘सुरुमै आउने प्राइमरी वेभले क्षति गर्दैन। त्यसैले दोस्रो वेभ आउने आउनुअघि नै सूचना दिनुपर्छ।'
पोखरेलले नजिक भूकम्प गयो भने १० सेकेन्डअगाडि र गोरखा जति दुरीमा गयो भयो २० सेकेन्डअघि आमनागरिकलाई पूर्वसूचना दिन सकिने बताए। 
उनका अनुसार देशभर जडान भएका उपकरणमार्फत आएको प्रारम्भिक वेभको सूचनालाई आमनागरिकको मोबाइल, स्थानीय एफएम रेडियो, टेलिभिजनमार्फत प्रसारण गर्न सकिन्छ। ‘यसभन्दा पहिले अस्पताल, सुरक्षा निकाय र सार्वजनिक भवनमा भएका कार्यालयमा यो सूचना दिने व्यवस्था गरिनेछ,' उनले भने। कति म्याग्निच्युडमाथिको सूचना दिने भन्नेबारे निर्क्याेल हुन बाँकी रहेको उनले बताए। ती उपकरणले सानाठूला सबै किसिमका भूकम्पका तरंगको सूचना दिने भए पनि मानवीय क्षति पुर्याहउने म्याग्निच्युडका सूचना मात्र सार्वजनिक गरिनेछ। 
‘तिनमा साढे पाँचमाथिका पनि हुन सक्छन्। ६ माथिका पनि हुन सक्छन्,' पोखरेलले भने। 
उनका अनुसार एक ठाउँका लागि २० लाख रुपैयाँ खर्च हुन्छ। ‘चिनियाँ कम्पनीले यस्ता उपकरण ८० ठाउँमा जडान गरिदिने भएको छ। बाँकी स्थानमा अन्य दाता वा सरकारको पैसाले जोड्न सकिन्छ,' पोखरेलले भने।
नाष्टले दुई साताअघि चीनको ‘इन्स्टिच्युट अफ केयरलाइफ' संस्थासँग सम्झौता गरेर यो कार्य अघि बढाएको हो। करिब ६ महिनाभित्र यस्तो सूचना दिने २ सय ४० वटा केन्द्र स्थापना हुँदैछन्। 
पोखरेलका अनुसार यो संस्थाले चीन, जापान, मेक्सिकोमा पनि यस्ता उपकरण जडान गरेर परीक्षणमा ल्याइसकेको छ भने इन्डोनेसियामा जडानसुरु गरेको छ।
यसरी आएको सूचना अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि पनि अध्ययनको विषय हुने उनले बताए।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस