काठमाडौं–सर्वोच्च अदालतले पूर्व राजा ज्ञानेन्द्र शासकी छोरी प्रेरणाराज्यलक्ष्मी सिंह साहले दाइजो स्वरुप बक्समा पाएको जग्गा नेपाल ट्रस्टमार्फत सरकारी गैरकानुनी रुपमा स्थानन्तरण गरेको ठहर गर्दै तत्काल फिर्ता गराउनु पर्ने फैसला गरेको छ।प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्र शमसेर राणाको संयुक्त इजलाशले सिंहको घर जग्गा सरकारको नाममा ल्याउने तत्कालीन निर्णय उत्प्रेषणको आदेशले बदर हुने फैसला आइतबार सुनाएको हो।नेपाल ट्रस्टको ऐन २०६४ को दफा ३ र ४ बमोजिम स्वर्गीय राजा वीरेन्द्र,रानी ऐश्वर्या,पूर्व स्वर्गीय राजा दिपेन्द्रं र राजकुमार निराजनको नाममा रहेको सम्पत्ति नेपाल ट्रस्टको नाममा ल्याउने व्यवस्था भएकोमा प्रेरणाको पनि विना सोधपुछ ल्याइएको सर्वोच्चको फैसलामा उल्लेख छ।
सो बाहेक अन्य सदस्यको सम्पत्ति ट्रस्टको नाममा जाने भन्ने कानुनी व्यवस्था नभएको अवस्थामा सरकारले गैरकानुनी रुपमा प्रेरणाले दाइजो बक्समा पाएको जग्गा अधिकरण गरेको सर्वोच्चको फैसलामा उल्लेख छ। 'काठमाडौको छाउनीमा रहेको २५ रोपनी १ आनामा निर्माण भएको घर जग्गा प्रेरणाले आफ्ना पिता ज्ञानेन्द्रवाट दाइजो स्वरुप पाएको देखिएको अवस्थामा सरकारले २०६४ पुस १ गते आफ्नो नाममा ल्याउने निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठर्हछ ' सर्वोच्चको फैसलामा भनिएको छ, 'निजको अध्यावधिक भोगचलनको घर जग्गा सोध्दै नसोधी ,सुनुवाईको मौका समेत नदिई सारिएको मिलेको देखिएन।'
सर्वोच्चको यो फैसला पछि कामनपा वडा नम्वर १३ मा रहेको घर जग्गामा अव प्रेरणाले नै भोगचलन गर्न पाउने भएकी छन्।निवेदकको दाबी बमोजिम कित्ता नम्बर २५को घर जग्गामा निवेदक वस्न पाउने देखिन्छ,' फैसलामा भनिएको छ, 'आफ्नो हक लाग्ने उक्त जमिनमा वस्न दिनका लागि तत्काल प्रयोजनमा रहेको कानुन बमोजिम जो जे गर्नुपर्ने हो गर्नु। ' सर्वोच्चले ट्रस्टमा लैजाने सरकारको निर्णय खारेज भई प्रेरणाको नाममा तत्काल पुर्जा उपलव्ध गराउन परमादेश जारी गरेको छ।
२०६२ जेठ १० र २०६३ असार १९ ज्ञानेन्द्रले आफ्नी छोरी प्रेरणाको नाममा उक्त जग्गा बक्स दिएका थिए। स्वर्गीय राजा वीरेन्द्रको परिवारकै दरवार हत्याकाण्डमा वंश नाश भएपछि राजा भएका ज्ञानेन्द्रले उनको नाममा घरजग्गा बक्स गरिदिएका थिए। बक्स दिएको भएपनि वीरेन्द्रकै परिवारको जग्गा भएको भन्दै सरकारले आफ्नो नाममा ल्याएको थियो। तर सर्वोच्चको यो आदेशपछि ट्रस्टको निर्णय खारेज हुने भएको छ।
दरवार हत्याकाण्डपछि सत्तामा आएका ज्ञानेन्द्रले जनताको भावना अनुसार काम नसकेको भनि आन्दोलन भएपछि उनी सत्तावाट स्वतः बाहिरिएका थिए।सत्तावाट बाहिरिएको लामो समयपछि सरकारले पूर्व राजपरिबारको नाममा रहेको सम्पत्ति सार्वजनिक गर्दै ट्रस्टको नाममा ल्याएको थियो। तर सरकारको निर्णयले आफूले दाइजोमा पाएको घरजग्गा समेत सार्वजनीकिकरण गरेको भन्दै पूर्व राजकुमारी प्रेरणाले २०७१ माघ २५ गते सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्।