कपिलवस्तुको बुद्धुभुमी नगरपालिका-४ गेलवार गाउँका स्थानीय गाउँलेहरु यति बेला घरखर्च जुटाउन भन्दै गाउँ कै किनारमा रहेको वनमा महुवा संकलनमा व्यस्त छन्। गाउँ कै छेउमा रहेको वनमा रहेका महुवाको रुख मुनी सामुहिक महुवा संकलन गर्ने गरेका छन्। महुवा वनमा पाईने एक प्रकारको जडिबुटी हो।
खास गरी यो रक्सी बनाउन प्रयोग गरिने स्थानीय बताउँछन्। महुवाको रुखमा फुलेका फुल पाके पछि आफै झर्ने गर्दछ। त्यही काँचो फुल नै संकलन गर्ने गरिन्छ। सामुहिक महुवा संकलनमा जुटेका स्थानीय तिलकराम खनालले चैत दोश्रो सातादेखि नै गाउका १ सय ३० जनाको समूहले महुवाको संकलन गर्दै आएको बताए।
महुवाको फुल चैत र वैशाखमा आँफै रुखबाट झर्ने गर्दछ। त्यही झरेको फुल नै आफू नै आफूहरुले संकलन गर्ने गरेको खनाल बताउँछन्। गेलवार नजिक रहेको महुवाको रुख मुनी बिहानको समयमा एकै साथ महुवा संकलन गर्ने गरिएको छ। स्थानीय रुपमा घर मै बनाईने महुवाको रक्सीको माग गाउँ बजारमा उच्च रहेकोले ठेकेदारहरुले महुवा किन्न घर मै आउने गरको खनालले बताए। ‘महुवा संकलन गर्न मात्र गाह्रो छ, बेच्न भने निकै सजिलो छ’ उनले भने, ‘ठेकेदारहरुले घर मै आएर महुवा किनेर लागने गर्छन। झरेको महुवाको फूललाई घाममा सुकाएपछि बेच्ने गरिन्छ।
खनालका अनुसार सुकेका महुवा प्रति किलो सयका दरले बिक्री हुने गरेको छ। स्थानीय सम्झना थारुले सामुहिक महुवा संकलनमा अधिकांश थारु समुदाय छन् भने पहाडिया समुदायमा पनि समूहमा रहेको बताईन्। घर खर्चकालागि आफूहरुले प्रत्येक वर्ष चैत र वैैशाख महिनामा महुवा सकलन गर्ने गरेको बताईन्। संकलन गरको महुवालाई एक ठाउँमा जम्मा गरिन्छ। संकलन भएको महुवा १ सय ३० जना लाईन नै भाग लगाएर बाँडने गरिन्छ।
एक दिनमा ३० देखि ५० किलोसम्म काँचो महुवा संकलन हुने गरेको उनले बताईन्। एक महिनामा संकलन मिहिनेतबाट प्रत्येकले ४ देखि पाँच हजार आम्दानी गर्ने गरेको सम्झनाले बताईन्। ‘ महुवा बेचर आएको कमाईले तेल नुन मसला लागयतका घर खर्च जुटाउछौँ’ उनले भनिन्। घर खर्च जुटाउन महुवा आफूहरुका लागि सहयोगी भएको उनले बताईन्। वनमा महुवा संकलन गरे बापत आफूहरुले गाउँमा गठन भएको टोल सुधार समितलाई दुई सय रुपैयाँ चन्दा समेत दिने गरेका गाउँलेहरु बताउँछन्।
अध्ययन खर्च जुटाउन महुवा संकलन
गेलवार मै बिद्यालयमा अध्ययनरत बालबालिकाहरुले पढाई खर्च जुटाउन महुवा संकलन गर्ने गरेका छन्। गाउँकै आर्दश बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययरत रोशन थारुले आफूहरुले पढाई खर्च जुटाउन महुवाको फल संकलन गर्ने गरेको बताए। आफूहरु जस्तै थुप्रै बाल बालिकाहरुले पढाई खर्चका लागि २ सातादेखि महुवा संकलन गरीहरको उनले बताए। ‘पन्द्र बीस दिन बिहान गरेका मिहीनेतल तीन चार हजार कमाईन्छ ’ रोशनले भने ‘ त्यही पैसाले कापी कलम, ड्रेस किन्ने गरेका छौं’ उनले भने। आफूहरुले गरेका यो सानो मिहिनेत बुवा आमाालई सघाउने गरेको उनले बताए। मोर्मा स्थित सनसाईन सामुदायिक नेपाल राष्ट्रिय माविमा कक्षा ७ मा अध्ययनरत कीपल भरले वैैशाख पहिलो सातादेखि नै बिहानको समयमा आफूहरुले महुवा संकलन गर्दै आएको बताए। उनले संकलन गरको महुवालाई सुकाएरु बेच्ने गरेका बताए। त्यही महुवा बचेर आएको पैसाले कापी कलम लागतयका चिजहरु किन्ने गरेको उनले बताए।
महुवा बहुउपयोगी जडीबुटी
आयुर्वेदिक औषधि बनाउन महुवा बहुउयोगी जडीबुटी रहेको जिल्ला आयुर्वेद अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख डाक्टर प्रबेश श्रीवास्तवले महुवाको पात, फुल र फल निकै उपयोगी रहेको बताए। बैज्ञानिक भाषामा महुवा ईन्डीका भनिने महुवा पात छालाको रोग, फुलले पोषण दिने र फलले जोर्नीको दुखाई कम गर्न मद्दत मिल्ने उनले बताए।
महुवाको फल आशव बरिष्ठका रुपमा प्रयोग गरिने गरिएको छ। बाथ रोगी, गठियाका बिरामीका साथै पूरुषहरुको शुक्रकिट बढाउन पनि यो उपयोगी हुन्छ। यस्तै दम खोकी र क्षयरोगीहरुका लागि समेत यसको उपयोग गरिन्छ। थारु लगायत अन्यले भने महुवाको रक्सी बनाउने गर्छन्। महुवाबाट बनेका रक्सीीलाई सुद्ध मानिन्छ। रक्सी प्रति बोतल ३ सय रुपैयाँमा बिक्री हुने गरेको छ। महुवाको रक्सीले हाडजोर्नीको दुखाई क मगर्ने गरेको थारु समुदायका अगुवाहरु बताउँछन्।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्धता गरेका छन्।
शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापनमा एकरूपता, शिक्षकको पेसागत क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता-पत्र जारी गरिएको हो।
प्रतिबद्धता-पत्रमा सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक महासंघलगायत सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
जिल्लास्तरमा परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गरिनेछ। एउटा तहको शिक्षा शाखा प्रमुखले अर्को पालिकामा परीक्षा अनुगमन गर्ने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा एकैपटक एउटै समयमा सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था गरिनेछ। त्यस्तै, जिल्लाका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा दरबन्दी मिलानको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ।
माध्यमिक तहका विषयगत शिक्षकबिच सिकाइ आदानप्रदानका लागि जिल्लास्तरीय विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको पेसागत तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने र शिक्षकको व्यावसायिकता, नैतिकता, अनुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्ने योजना पनि बनाइएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन पालिकास्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास तथा विद्यालयमा बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक गतिविधि सञ्चालन गर्ने सहमति भएको सामाजिक विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख अविराज शाहीले जानकारी दिए।
त्यसैगरी, विद्यालयका भौतिक संरचनाको गुणस्तर कायम गर्न अनुगमन गर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार कार्यविधि निर्माण गरी आर्थिक वर्षभित्र विद्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी काम अनिवार्य रूपमा अघि बढाउने बताए।
स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलबबाहेक १० प्रतिशत बजेट सुनिश्चित गर्ने, पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा एकरूपता कायम गर्ने र न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त स्केल निर्धारण गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्डलगायत जिल्लास्तरीय प्रतियोगिता सम्बन्धित पालिका र खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गर्ने, सामुदायिक बालविकास केन्द्रलाई मातृ विद्यालयबाट सञ्चालन तथा व्यवस्थापन गर्ने र जिल्लास्तरमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी बृहत् तालिम सञ्चालन गर्ने सहमति भएको छ।
जिल्लाका नौ वटै पालिकाको लागत साझेदारीमा शैक्षिक रूपान्तरण, शैक्षिक समस्या तथा पहिचानका विषयमा अन्तरपालिका स्तरीय शैक्षिक सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। पहिलो सम्मेलन महावै गाउँपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।
यसका साथै बालविवाह, सामाजिक कुरीति, लागुऔषध दुरुपयोग तथा डिजिटल प्रविधिको दुरुपयोग रोक्न सरोकारवालाहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्ने सहमति गरेका छन्।
सामूहिक प्रतिबद्धता-पत्रमा उल्लेखित १९ बुँदालाई कार्यान्वयन गर्दै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायबिच समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...