भारतबाट प्याज, नेपालबाट चरेस
०७ असार २०७२
•
६ मिनेट पाठ
भारतबाट प्याज, नेपालबाट चरेस
काठमाडौं-भारतको उत्तरप्रदेशबाट ल्याएको प्याज झारेर फर्कंदै गरेको युपी ७७ टी ४८१३ नम्बरको जिपबाट सोमबार बिहान प्रहरीले १ सय ७० किलो चरेस बरामद गरेको छ। शनिबार प्याज लिएर नेपाल प्रवेश गरेको उक्त जिप कालिमाटीमा प्याज झारेर फर्किएको थियो। धादिङको बैरेनीस्थित खोस्टेखोलामा रोकेर जाँच गर्दा जिपभित्र गोप्य रूपमा बनाइएको बक्सामा खैरो टेपले बेरिएको चरेस फेला परेको थियो। इँटा आकारमा राखिएका एक किलो र आधा किलो तौलका सबै चरेस जोख्दा १ सय ७० किलो तौल पुगेको प्रहरीले जनाएको छ।‘गाडीभित्र हत्तपत्त थाहा पाउन मुस्किल हुने गरी गोप्य बक्सा आकारको ठाउँ बनाइएको रहेछ,' अप्रेसनमा संलग्न इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले नागरिकसँग भने, ‘बल्लबल्ल बक्साको भेउ पाएपछि खोलेर हेर्दा चरेसै चरेस रहेछ।'
सोमबार बिहान ६ बजे उक्त गाडी राजमार्गमा विपरीत दिशातिर फर्काएर पार्किङ गरेको देखेपछि गस्तीमा हिँडेको प्रहरी टोलीले शंका गरी जाँच गरेका थिए। त्यतिबेला गाडीमा तीन जना भारतीय नागरिक मात्रै थिए। गाडीमा रहेका भारत कानपुरका राजेश कुमार, विवेक कुमार र भारत बिहार थानाका शम्भु प्रसादसँग सोधपुछ गर्दा उनीहरुले प्याज लिएर नेपाल आएको र भारत फर्कन लागेको बताएका थिए। 
उनीहरुले गाडी रित्तै भएको बताए पनि व्यवहार अनौठो देखेपछि प्रहरीले सूक्ष्म जाँच सुरु गरेको थियो। धेरैबेरको खोजीपछि गाडीको भित्रीभागमा केही राखिएको फेलापर्योे। नटबोल्ट खोलेर हेर्दा त्यहाँ चरेस फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रकाश मल्लका अनुसार प्रारम्भिक अनुसन्धानमा बरामद गरिएको चरेस धादिङकै कोइलीखर्कमा उत्पादित गाँजाबाट बनाइएको खुले पनि उनीहरुका नेपाली सहयोगी र उनीहरुले भारत लगेर दिने तस्कर समूहबारे खुल्न सकेको छैन।
उनीहरु शनिबार प्याज बोकेर नेपाल भित्रिएपछि काठमाडौं आएर थानकोटबाट रित्तै धादिङ हिँडेका थिए। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार धादिङको एक्लेफाँट पुगेपछि नेपालमा रहेका तस्कर समूहका सदस्यले उनीहरुको गाडीमा रहेको गोप्य बक्सामा चरेस हालेका थिए।
नेपाली कारोबारीले लैजान सहज बनाउन चरेसलाई एक किलो र आधा किलो तौल राखेर इँटा आकारको बनाएका थिए। चरेसको ढिक्का फुट्नबाट जोगाउन उनीहरुले खैरो रंगको टेपले बेरेका थिए।
प्रहरी हिरासतमा रहेका तीनैजना भारतीयले उनीहरुलाई भारतबाट पठाउने र नेपालमा चरेस दिनेको नाम खुलाएका छैनन्। उनीहरुले आफू पहिलोपटक नेपाल आएको र उताबाट पठाउँदा ‘रित्तै नआउनू, एउटा सामान छ लिएर आउनू' भनेकाले सो सामान हालेको बताएका छन्।
उनीहरुको साथबाट ८७ हजार रुपैयाँसमेत फेला परेकाले उनीहरु चरेस तस्करीको योजनासहित नेपाल आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको दाबी छ। नेपालमा उत्पादित गाँजाबाट बनेको चरेस भारत हुँदै तेस्रो देश पुर्याधउन स्थल र हवाईमार्गमा तस्कर समूहका सदस्य सक्रिय हुने गरे पनि पछिल्लो समय चरेस कारोबारी पक्राउ पर्ने क्रम घटेको थियो।
लागुऔषध नियन्त्रण ब्युरोले व्यावसायिक गाँजा उत्पादन हुने क्षेत्रमै गएर गाँजाका बोट नष्ट गरेकाले उत्पादन घट्दा कारोबारी निस्त्रि्कय भएको अनुमान प्रहरी अधिकारीको थियो। तर, सोमबारको घटनाले तस्कर समूह निस्त्रि्कय नभई उनीहरुले तस्करीको शैली बदलेको खुल्यो।
सो गाडीमा रहेको गोप्य स्थानको बनोट हेर्दा चरेसलगायत अवैध सामान ओसारपसारका उद्देश्यले नै बनाइएको खुल्यो। उनीहरुले सामान लोड हुने तल्लो भागमा बक्सा बनाएर बीचमा मुख बनाएका थिए। मुख बन्द गर्न पेचको प्रयोग गरिएकाले हत्तपत्त सो स्थान देखिँदैनथ्यो। 
‘उनीहरुले गाडीमा बनाएको गोप्य स्थान हेर्दा गाडी बारम्बार तस्करीमा उपयोग हुने गरेको देखिन्छ,' भण्डारीले भने, ‘अहिले तीनैजना भारतीयलाई हिरासतमा राखेर नेपालमा रहेका उनीहरुको सहयोगी खोजिरहेका छौं।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस