काठमाडौं– ६ वर्षे बालिकादेखि ७० वर्षीया बृद्धासमेत बलात्कृत भएको घटना सार्वजनिक हुन थालेपछि बलात्कारीलाई हुने कारबाहीबारे बहस बढ्दै गएको छ। इन्टरनेटको खुला समाजमा बाँच्ने एउटा तप्का बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने बताइरहेको छ। कोही लिङ्ग काट्ने कानुन अावश्यक रहेको बताइरहेका छन्।
हुन पनि आफ्नै बाबुद्वारा छोरी बलात्कृत भएका जस्ता क्रूर घटना बाहिर आइरहँदा उनीहरुलाई कडा सजाय हुनुपर्ने आवाज ठूलो हुँदै गएको छ। चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्रै ८७ वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। महानगरी प्रहरीको आयुक्तको कार्यालय रानीपोखरीका अनुसार चालू आर्थिक वर्षमा बलात्कारका ८७ वटा मुद्दा दर्ता भए।
नपुंसक बनाउने पक्षमा महिला सभासद
व्यवस्थापिका संसदअन्तर्गतको महिला बालिबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिका महिला सभासदहरुले बलात्कारी पुरुषलाई नपुंसक बनाउनुपर्ने धारणा राख्छन्। समिति सभापति रञ्जुकुमारी झाले विश्वका ८० प्रतिशत देशमा बलात्कारीको नपुंशक बनाउने कानुन रहेको दाबी गर्छिन् । नेपालमा पनि त्यस्तै कानुन बनाउनुपर्ने उनको धारणा छ। 'बलात्कारसँगै हुने क्रूरतालाई अन्त्य गर्न र फेरि त्यस्तो घटना दोहोरिन नदिन यस्तो कानुन आवश्यक छ भनेर हामीले समितिको बैठकमा वहश चलाएका हौं,' उनले भनिन्, '२० वर्ष जेल सजाय भुक्तान गरेर निस्केको व्यक्तिले पुनः यस्तै जघन्य अपराध गरेको हामीले देखेका छौं। त्यस प्रकारका अपराध निरुत्साही पार्न बलात्कारीलाई नपुंसक बनाउने कानुन उचित हुनसक्छ।'
सभा राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेषचाँद तारा नेपालमा मानव अधिकार विश्वका कतिपय देशको तुलनामा राम्रो भएका कारण बलात्कारीलाई मृत्युदण्ड वा नपुंसकता बनाउन उचित नहुने धारणा राख्छिन्। 'बलात्कार जघन्य अपराध हुँदाहुँदै पनि मृत्युदण्ड वा नपुंसकता बनाउने कुरासँग म सहमत छैन,' उनले नागरिकन्युजसँग भनिन्, 'बलात्कार वा जघन्य अपराध गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ।' नयाँ संविधानमा बलात्कारजस्ता जघन्य अपराधीका दोषीलाई कडा कारबाहीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमासमेत बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरेको भन्दै सभासदहरुले नै बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने धारणा राख्न थालेका हुन्।
लिङ्ग काट्नु समाधान हैन
महिला अधिकावादी एवं पूर्व सभासद सपना प्रधान मल्ल पीडकले गल्तीको महसुस गर्ने र पीडितले न्यायको अनुभूति गर्नेगरी कानुन तर्जुमा गर्नुपर्ने बताउँछिन्। नेपालजस्तो देशमा मृत्युदण्ड दिन उचित नहुने भन्दै उनले बलात्कारीको लिङ्ग काटेर समस्याको समाधान नहुने बताउँछिन्।
बलात्कारीलाई आजीवन कारवासको सजाय उचित भए पनि पीडितलाई क्षतिपूर्ति र सम्भाव्य पीडकलाई हतोत्साही पार्ने कानुन आवश्यक रहेको उनको बुझाइ छ। नेपाली समाजमा बलात्कार गर्नेको भन्दा पनि बलात्कृत हुनेको बेइजतको रुपमा लिने प्रचलनका कारण बलात्कारीले बेइजत भएको अनुभूति गर्ने कानुन आवश्यक रहेको उल्लेख गर्छिन्।
३५ दिने हद म्याद: पीडितलाई पीडा
बलात्कारीविरुद्ध उजुरी गर्ने समय अवधिलाई अधिकारकर्मीहरु समस्या मान्छन्। विद्यमान कानुनअनुसार ३५ दिनभित्र उजुरी दिनुपर्ने प्रावधान छ। '३५ दिने हदम्यादले बलात्कारीले भन्दा धेरै पीडा दिएको छ,' पूर्व सभासद मल्ल भन्छिन्, 'यसले गर्दा पीडितको उजुरी नै पर्न नसक्ने अवस्था छ।' मुलुकी ऐनको जबर्जस्ती करणी महलको ११ नम्बरमा 'जबर्जस्ती करणी भएको मितिले ३५ दिनभित्र नालिस नदिए लाग्न सक्दैन' भन्ने उल्लेख छ। संशोधनको प्रक्रियामा रहेको नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा बलात्कारीविरुद्ध ६० दिनभित्र उजुरी दिनसक्ने प्रावधान राखिएको विधायन समिति सभापति गंगा थारुले जानकारी दिइन्।
पीडितले न्याय पाओस्, दोषीले गल्ती अनुभव गरोस्
बलात्कारीलाई मृत्युदण्डको सजाय दिनु अगाडि बढेको मुलुक पछाडि फर्किनुजस्तै भएको टिप्पणी नेपाल बारका उपाध्यक्ष टिकाराम भट्टराईको छ। 'नेपाल अब मृत्युदण्डमा फर्किन सक्दैन', उनी भन्छन्, 'नेपाल पक्ष भएका अभिसन्धि लगायतका कारणले नेपालमा मृत्युदण्ड असम्भव छ।' उपाध्यक्ष भट्टराईले असुन्धान गर्ने प्रहरी र मुद्दा चलाउने सरकारी वकिलले प्रभावकारी रुपका काम गर्न नसकेका कारण ८० प्रतिशत अनुसन्धानमा त्रुटि देखिएको बताए। बलात्कारीको लिङ्ग काट्ने वा नपुंसक बनाउनु 'जस्तालाई त्यस्तै' गर्ने परम्परावादी सोचको उपज भएको उनको बुझाइ छ।
पूर्व सभासद मल्ल बलात्कारीलाई मृत्युदण्डभन्दा गल्तीको अनुभूति गराउनुपर्नेमा जोड दिन्छिन्। 'मृत्युदण्ड वा लिङ्ग काट्नु पनि समाधान हैन। पीडिकलाई गल्ती अनुभव होस्। पीडितले न्याय पाएको अनुभूति गरोस्।'