धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद
२८ चैत्र २०७८
•
१ मिनेट पाठ
धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद
भारतबाट नेपालतिर अवैध रुपमा भित्र्याउन थालिएको दुई सय बोरा चिनी बरामद भएको छ। भारतको बिहार राज्यको राजधानी पटनाबाट आएका दुई ओटा भारतीय नम्बरको कन्टेनरबाट सर्लाहीको मलंगवा भन्सारले दुई सय बोरा चिनी बरामद गरेको छ।  




रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी हरिवन सर्लाहीले भारतमा पाँच सय बोरा धान खरिद गरेको थियो। धानको बोरा लोड गरेर ल्याएको युपि ६५ जेटि ७६०४ र युपि ६७ एपि ३९७२ नम्बर भएको दुई वटा कन्टेनर गत विहीवार मलंगवा भन्सारमा आएका थिए।

भन्सार कार्यालयमा जाँच पास गर्ने क्रममा भन्सारका कर्मचारीलाई दुवै कन्टेनरमा धानकै बोरा हो भन्नेमा शंका लागेपछि चेकजाँच गरिएको हो। चेक जाँचको क्रममा दुवै कन्टेनरबाट धानको बोरा बाहिर निकालिएको थियो।

धानको बोरा बाहिर निकाल्दै जाँदा दुवै कन्टेनरबाट एक/एक सय बोरा चिनी बरामद भएको मलंगवा भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी गराएका छन्। शंका लागेपछि दुवै कन्टेनरलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पुरा गरी धानको बोरालाई बाहिर निकालेपछि चिनीको बोरा फेला परेको भन्सार प्रमुख काफ्लेको भनाइ छ।  

भारतमा उत्पादन भएको चिनी अवैध रुपमा नेपाल भित्र्याउन खोजेको र भन्सार कार्यालयलाई ढाँटेर चिनी अवैध रुपमा नेपालमा ल्याउन खोजेको भन्दै नियमानुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।  

भारतको भन्दा नेपालमा चिनी महँगोमा बिक्री हुने भएको र भन्सार कार्यालय भएर पनि एलसि खोलेर चिनी ल्याउने प्रावधान रहेकोले अवैध रुपमा नेपालमा चिनी भित्र्याउने गरिएको छ। मलंगवा भन्सारले अवैध रुपमा ठूलो परिमाणमा अवैध चिनी फेला परेको पहिलो घटना हो।

सर्लाही प्रहरी प्रमुखको एसपि प्रवीण पोखरेल आएपछि तस्करी नियन्त्रणको अभियान नै चलाएका छन्।
अर्को समाचार
सर्लाहीमा धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद
२८ चैत्र २०७८
•
१ मिनेट पाठ
सर्लाहीमा धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद
सर्लाहीको मलङवामा धान लोड भएको भारतिय नम्बरको कन्टेनरबाट दुई सय बोरा अवैध चिनी बरामद भएको छ। भारतबाट धान लोड गरेर सर्लाहीको मलङगवा भन्सारमा आएका भारतिय नम्बरको कन्टेनर बाट दुइ सय बोरा चिनी बरामद भएको हो। 




बिहारको राजधानी पटनाबाट युपि६५ जेटि ७६०४ र युपि ६७ एपि ३९७२ नम्बर कन्टेनरमा करिब पाँच सय बोरा धान लोड गरेर गत बिहीवार दुबै कन्टेनर मलङगवा भन्सार कार्यालयमा आएको थियो। 

रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी हरिवन सर्लाहीले भारतबाट खरिद गरेर ल्याएको दुई कन्टेनर धानको शुक्रबार भन्सार जाच पास गर्ने क्रममा कार्यालय प्रमुख मुरारी प्रसाद काफ्लेलाई शङ्का लागेपछि धान लोड भएको दुबै कन्टेनरलाई नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो।

सोमबार कन्टेनरमा लोड भएर आएको करिब पाँच सय बोरा धान बाहिर निकालेर चेकजाँच गर्ने क्रममा दुबै कन्टेनर भित्र फल्स बटम ९फिक्स बक्सा० बनाएर लुकाइ राखेको अवस्थामा भन्सार प्रमुख काफ्ले नेतृत्वको टोलिले सय रसय बोराको दरले दुई सय बोरा अवैध भारतीय बजारमा उत्पादन भएको चिनी बरामद गरेको भन्सार प्रमुख काफ्लेले नागरिकन्युजलाई बताएका छन्।

भारत बिहारको राजधानी पटनाबाट धान बोकेर आएका दुबै कन्टेनरलाई खोलेर हेर्दा धान देखिने तर चिनी नदेखिने भएपछि सङ्का लागेर चेक जाच गर्दा अबैध चिनी भेटाए पछि कन्टेनर सहित चिनिलाइ नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको भन्सार प्रमुख काफ्लेको तर्क छ।  

धान खरिद गरेर ल्याएका रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी हरिवनका सन्चालक पुरुषोत्तम घिमिरेलाइ नौ लाख रुपैया जरिवाना गरेको समेत भन्सार प्रमुख काफ्ले ले बताए। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस