सेनाको उडान खर्च महँगो
०८ असार २०७२
•
८ मिनेट पाठ
सेनाको उडान खर्च महँगो
काठमाडौं-नेपाली सेनाले भूकम्प पीडितको उद्धार तथा राहतमा आफ्ना हेलिकप्टर प्रयोग हुँदा १७ करोड रुपैयाँभन्दा बढी इन्धनमा खर्च भएको दाबी गरेको छ। उद्धार तथा राहत वितरणमा वैशाख १२ गते नै हवाई इन्धनका लागि १० करोड रुपैयाँ बुझेको सेनाले जेठ ३२ गतेसम्म १ हजार ८ सय ६ उडान भरेको जनाउँदै थप ७ करोड रुपैयाँ गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय दैविक प्रकोप उद्धार समितिसँग मागेको हो।




त्यति मात्र होइन, सरकारले आफ्ना हेलिकप्टर तथा सवारीसाधन चुस्त राख्न भन्दै अर्थ मन्त्रालयसँग यो आर्थिक वर्षको बजेटभन्दा बाहिरबाट थप २ अर्ब रुपैयाँ समेत मागेको छ।

'भूकम्प गएकै दिन सेनालाई हवाई इन्धनका लागि १० करोड रुपैयाँ दिइएको हो। भूकम्प पीडितको उद्धार तथा राहतमा अहिले सेनाले थप ७ करोड रुपैयाँ मागेको छ,' गृह मन्त्रालय प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने।

गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर वैशाख १२ गते ७.६ म्याग्निच्युड स्केलको भूकम्प गएपछि सोही दिन सेनालाई १० करोड रुपैयाँ दिइएको थियो। आर्थिक वर्ष २०७१/७२ मा छुट्याएको बजेटबाट खर्च गर्दा समेत अपुग भएको भन्दै सेनाले अहिले विपद व्यस्थापन हेर्ने जिम्मेवारी पाएको गृहसँग थप ७ करोड रुपैयाँ मागेको हो।

'वैशाख १२ गतेदेखि जेठ ३२ गतेसम्म उद्धार तथा राहत वितरणमा सेनाको एक दर्जन हेलिकप्टरले १ हजार ८ सय ६ उडान भरेका छन्,' सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने, 'यो अवधिमा सेनाको हेलिकप्टरले २ लाख २६ हजार ३ सय ७७ केजी राहत सामग्री वितरण गरेको छ भने २ हजार ९ सय ६ जना घाइतेको उद्धार।'

भूकम्प गएपछि सेनाको १२ वटा, भारतका १३ वटा, अमेरिकाको ७ वटा, चीनका तीनवटा र केही निजी क्षेत्रका हेलिकप्टर उद्धार र राहतमा उडेका थिए। भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा उडेका २३ वटा हेलिकप्टरमा चीनका तीनवटा एमआई १७, भारतका ८ वटा एमआई १७ र ५ वटा एएलएच, अमेरिकाको ४ वटा अस्प्रे र ३ वटा युएच १ थिए।

गृह मन्त्रालयका अनुसार वैशाख १२ गते भूकम्प गएपछि उद्धार र राहतमा सेनाको हेलिकप्टरले १ हजार ८ सय ६, भारतीय हेलिकप्टरले १ हजार १ सय ७७, अमेरिकी हेलिकप्टरले २ सय ८७, चिनियाँ हेलिकप्टरले ७४ र निजी हेलिकप्टरले ७ सय ४५ उडान भरेका थिए। यसबाहेक पोखराबाट विभिन्न हेलिकप्टरले ४ सय ५८ उडान भरेका थिए। सबै हेलिकप्टरले कुल ४ हजार ५ सय ४२ उडान भरेका थिए।

काठमाडौं र पोखरालाई आधार बनाएर उद्धार तथा राहतमा खटिएका सबै हेलिकप्टरले कुल १२ हजार २ सय ९५ जनाको उद्धार र ११ लाख १६ हजार ५ सय ५३ राहत सामग्री वितरण गरेका थिए।

विपदका बेला उद्धार र राहतमा आउने विदेशी हेलिकप्टरले लाग्ने इन्धनलगायत सम्पूर्ण खर्च आफैं बेहोर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। निजी हेलिकप्टरले भने प्रतिघन्टा दरले भाडा लिने गर्छन्। नेपालमा उडान भर्ने प्राय हेलिकप्टरले नेपालीलाई प्रतिघन्टा औसत १ हजार २ सय अमेरिकी डलर (करिब १ लाख २० हजार रुपैयाँ) भाडा लिने गर्छन्। सोही बमोजिम उद्धार र राहत कार्यका लागि उडान भन्ने विदेशी हेलिकप्टरले सम्पूर्ण खर्च आफैं बेहोरेका भए पनि निजी हेलिकप्टरले प्रतिघन्टाका दरले भाडा लिएका छन्।

गृह मन्त्रालय उच्चस्रोतका अनुसार सेनालाई भने हेलिकप्टर उडाएबापत इन्धन खर्च मात्र उपलब्ध गराउने निर्णय भएको थियो, सोही अनुसार सेनालाई वैशाख १२ गते नै १० करोड रुपैयाँ रकम उपलब्ध गरिएको थियो। सेनाले हेलिकप्टर इन्धन खर्च भन्दै थप ७ करोड रुपैयाँ माग गरेपछि भने गृहका अधिकारी आश्चर्यमा परेका छन्।

काठमाडौंमा उडान भर्ने निजी हेलिकप्टरले नेपालीलाई औसत प्रतिघन्टा १ हजार २ सय (करिब १ लाख २० हजार रुपैयाँ) भाडा लिने गर्छन्। स्रोतका अनुसार उद्धार तथा राहत वितरणको लामो उडान ४५ मिनेटसम्मको हुने गर्थे। यसैलाई आधार मान्ने हो भने पनि सेनाले जेठ ३२ गतेसम्म भरेको १ हजार ८ सय ६ उडान भर्दा १ हजार ३ सय ५४ दशमलव ५ घण्टा उडान भरेको देखिन्छ। प्रतिघन्टा १ हजार २ सय अमेरिकी डलरका दरले त्यति समय उडान भर्दा १६ लाख २५ हजार ४ सय अमेरिकी डलर (करिब १६ करोड ५७ लाख ९० हजार ८ सय रुपैयाँ) हुन आउँछ।

'यो इन्धनलगायत सम्पूर्ण खर्च जोडेर उडान भर्दा निस्कने भाडा हो तर सेनालाई भने इन्धन खर्च मात्र दिने भनिएको थियो। इन्धनको मात्र खर्च निकाल्ने हो भने यसको आधा पनि निस्कँदैन,' गृहस्रोतले भन्यो।

अहिले बजारमा हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ रहेको छ। सेनाले १ हजार ८ सय ६ हेलिकप्टर उडान भरेको इन्धन खर्च १७ करोड रुपैयाँ दाबी गर्दै मागेको छ। यसैलाई आधार मान्दा प्रतिउडान ९४ हजार १ सय ३० रुपैयाँ हेलिकप्टरको इन्धन खर्च मात्र देखिन्छ। प्रतिउडान सेनाले ७ सय ७ लिटर हवाई इन्धन खर्च गरेको देखाएको छ। अर्थात् सेनाले उद्धार तथा राहत वितरण गर्दा १२ लाख ७६ हजार ८ सय ४२ लिटर हवाई इन्धन खर्च गरेको छ। यो तथ्यांकले सेनाको हेलिकप्टरले प्रतिघन्टा ९७ दशमलव ९१ लिटर हवाई इन्धन खर्च गरेका छन्। यस हिसाबले सेनाको हेलिकप्टरको प्रतिउडान करिब साढे ७ घन्टा लामो हुने गरेको देखिन्छ, जब कि सबैभन्दा लामो उडान भनेको ४५ मिनेट मात्रको थिए।

'सेनाको हेलिकप्टरले गरेको उडान, मागेको इन्धन खर्च सबैको हिसाबकिताब गर्दा अमिल्दो देखिन्छ। त्यसैले सेनालाई हेलिकप्टरको इन्धन खर्च कति दिने भन्ने विषयमा निर्णय हुन सकेको छैन,' गृहस्रोतले भन्यो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस